Feature
एलजीको नयाँ स्मार्ट डुअल कुल एसी नेपालमा
नेपाली बजारमा अत्याधुनिक स्मार्ट एयर कन्डिसनर सार्वजनिक भएको छ।
एलजी ईलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्स संगको सहकार्यमा यो डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक हो।
मंगलबार ललितपुरस्थित भिभान्ता होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको उक्त स्मार्ट एसीमा ऊर्जा बचत, छिटो कुलिङ तथा स्मार्ट कन्ट्रोल सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
नयाँ डुअलकुल एसीमा रहेको “किलोवाट म्यानेजर” प्रविधिमार्फत उपभोक्ताले बिजुली खपत आफैं नियन्त्रण गर्न सक्नेछन्। साथै एलजी थिनक्यु एपमार्फत वास्तविक समयमै बिजुली खपत अनुगमन गर्न र अत्यधिक खपत भए सूचना प्राप्त गर्न सकिने सुविधा रहेको बताइएको छ।
कम्पनीका अनुसार डुअल इन्भर्टर कम्प्रेसर प्रविधिले ७० प्रतिशतसम्म बिजुली बचत गर्नुका साथै ४० प्रतिशत छिटो कुलिङ प्रदान गर्छ। त्यस्तै “फ्रिज क्लिन” प्रविधिले एसीभित्र बरफको तह बनाएर धुलो तथा ब्याक्टेरिया हटाउने भएकाले स्वच्छ हावा प्रवाहमा सहयोग पुग्ने दाबी गरिएको छ।
नेपालको मौसम र भोल्टेज अवस्थालाई ध्यानमा राखेर एसीमा गोल्ड फिन एन्टि-कोरोसन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर-फ्री अपरेसन सुविधा पनि दिइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा निर्भाना चौधरी ले उत्पादनको औपचारिक अनावरण गरेका थिए। कार्यक्रममा सीजी इलेक्ट्रोनिक्स मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले नयाँ प्रविधिले नेपाली उपभोक्तालाई ऊर्जा दक्षता र लागत बचतमा लाभ पुग्ने बताए।






entertainment
दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६
दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी छन्। ललितपुरस्थित द प्लाजा पुल्चोकमा शनिबार आयोजित ग्रान्ड फिनालेमा उनले मिस नेपाल २०२६ को मुख्य उपाधि जितेकी हुन्।
यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल २०२६ र कशिश सुब्बा मिस नेपाल कोस्मो २०२६ घोषित भए। विजेताहरूले अब सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यस वर्षको प्रतियोगितामा देशभरबाट छनोट भएका प्रतिस्पर्धीहरूबीच विभिन्न चरणको प्रतिस्पर्धापछि विजेताको घोषणा गरिएको हो।






entertainment
काठमाडौँको ऐतिहासिक र आधुनिक पहिचान दरबारमार्ग
काठमाडौँको केन्द्रभागमा अवस्थित नारायणहिटी दरबार सङ्ग्रहालय र दरबारमार्ग राजधानीका ऐतिहासिक, सांस्कृतिक तथा आधुनिक जीवनशैली झल्काउने प्रमुख क्षेत्र हुन्।
ड्रोनबाट कैद गरिएको ३६० डिग्री एरियल दृश्यमा नारायणहिटी दरबार सङ्ग्रहालय, दरबारमार्ग, वरपरका व्यावसायिक भवन, हरियाली र व्यवस्थित सहरी संरचना स्पष्ट रूपमा देख्न सकिन्छ।
तत्कालीन राजपरिवारको मुख्य निवास रहेको नारायणहिटी दरबार २०६५ सालमा गणतन्त्र स्थापना भएपछि सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो।
हाल यहाँ दरबारका विभिन्न कक्ष, ऐतिहासिक सामग्री तथा राजसंस्थासँग सम्बन्धित वस्तुहरू सर्वसाधारणका लागि खुला छन्, जसले स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालको राजनीतिक इतिहाससँग परिचित गराउँदै आएको छ।
दरबार सङ्ग्रहालयसँगै रहेको दरबारमार्ग राजधानीको प्रमुख व्यापारिक र पर्यटकीय क्षेत्र हो। यहाँ पाँचतारे होटल, अन्तर्राष्ट्रिय ब्रान्डका शोरुम, रेस्टुरेन्ट, क्याफे तथा विभिन्न व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन्।
दिनभरि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल रहने यो क्षेत्र काठमाडौँको आधुनिक जीवनशैलीको प्रतिनिधि मानिन्छ।
ऐतिहासिक सम्पदा र आधुनिक पूर्वाधारको सुन्दर संगम प्रस्तुत गर्ने यो ३६०° एरियल दृश्यले काठमाडौँलाई नयाँ दृष्टिकोणबाट नियाल्ने अवसर प्रदान गर्दछ।



Feature
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन
नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ।
आइतबार आयोजित विशेष समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे।
त्यसपछि उहाँहरूले सुरुङभित्र गाडी चलाएर पहिलो सवारी आवागमनको शुभारम्भ पनि गरेको थियो ।
करिब २ हजार ६८८ मिटर लामो यो सुरुङमार्ग केही दिनभित्र सर्वसाधारणका लागि खुला हुनेछ। प्रारम्भिक परीक्षण अवधिभर भने कुनै पनि टोल शुल्क लाग्ने छैन।
नियमित सञ्चालनपछि कार र भ्यानले रु. ६० देखि ६५, मिनीबस तथा साना ट्रकले रु. ८० देखि ११५, र ठूला बस तथा ट्रकले रु. २०० देखि २६० सम्म तिर्नुपर्नेछ।
तर पैदलयात्री, मोटरसाइकल र तीनपाङ्ग्रे सवारीलाई भने सुरुङमार्गमा प्रवेश अनुमति हुनेछैन।
सिलान्यास भएको सात बर्ष पछि सुरुंगमार्ग संचालनमा आएको छ।









-
entertainment4 weeks agoपरम्परागत बत्तीले झिलिमिली बन्यो न्युरोड
-
entertainment4 weeks agoलोभलाग्दो माइतीघर–बानेश्वर खण्ड
-
Auto4 weeks agoअब ट्राफिक नियम तोड्न सजिलो छैन!
-
entertainment2 weeks ago‘केसामी–नाम्सामी’ नाटकको पोस्टर र प्रदर्शन मिति सार्वजनिक
-
entertainment2 weeks agoनिर्माणको अन्तिम चरणमा पेप्सीकोला फुटबल ग्राउण्ड
-
entertainment3 weeks agoपोखराको पुरानो विमानस्थल
-
Auto2 weeks agoपोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु
-
entertainment3 weeks agoकाठमाडौंबाट बाहिरिने बाटो खुले


You must be logged in to post a comment Login