Feature
MAHA SHIVARATRI/ARMY DAY
Today is Maha Shivaratri, the Day of the Lord Shiva and Nepal Army Day. Hindu people celebrate this day as a special day when they visit the nearest Shiva Temple and offer offerings. Nepali Army celebrated this day as Army Day in Nepal. They hold a special ceremony at Tundikhel Ground in presence of President Bidhya Devi Bhandari, Army officers and many other notable personnel.
entertainment
वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित
वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन द्वारा नेपाली वरिष्ठ फेसन कोरियोग्राफर रोजिन शाक्यलाई “सर्टिफिकेट अफ एक्सिलेन्स” प्रदान गर्दै सम्मानित गरिएको छ।
यो सम्मान २०२६ अप्रिल ३० मा काठमाडौंमा सम्पन्न २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहमा प्रदान गरिएको हो। नेपालमा फेसन, प्याजेन्ट्री र मोडलिङ क्षेत्रमा उनले पुर्याएको दीर्घकालीन योगदानलाई उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
विशेषतः मञ्चीय अभिव्यक्ति, रनवे कोरियोग्राफी र प्रभावकारी प्रस्तुतिमार्फत “प्रदर्शन” र “प्रस्तुति” बीचको दूरी घटाउने उनको क्षमता—“आर्ट अफ मुभमेन्ट” र “पावर अफ स्पिच” को संयोजन—लाई विशेष प्रशंसा गरिएको छ।

दुई दशकभन्दा बढी समयदेखि सक्रिय शाक्य बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी फेसन कोरियोग्राफर, कार्यक्रम सञ्चालक, मिडिया व्यक्तित्व, भ्वाइस–ओभर कलाकार, पत्रकार तथा प्रशिक्षकका रूपमा स्थापित छन्। हालसम्म उनले झण्डै १,४०० कार्यक्रमहरूको कोरियोग्राफी तथा समन्वय गरिसकेका छन्, जसमा ३०० भन्दा बढी फेसन शो र विभिन्न सौन्दर्य प्रतियोगिताहरू समावेश छन्। स्थानीयदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म उनले मञ्च व्यवस्थापन, रनवे प्रस्तुति र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।
उनका अन्तर्राष्ट्रिय संलग्नतामा मिस मरमेड सिङ्गापुर, हेरिटेज प्याजेन्ट्स, मोडल सुपरस्टार र मिस तामाङ वर्ल्ड जस्ता प्रतियोगिताहरू पर्छन्। साथै, उनले मिसेस नेपाल अष्ट्रेलिया २०२५ का आधिकारिक कोरियोग्राफरका रूपमा पनि काम गरेका छन्।
उनको योगदानलाई विभिन्न अवार्डहरूले पनि सम्मानित गरेका छन्। सन् २०१८ को इन्टरनेशनल प्रेसटिज ब्रान्ड अवार्ड, २०१९ को नेशनल युथ लिड अवार्ड, इन्टरनेशनल एक्सिलेन्स अवार्ड लगायतका पुरस्कारहरू उनले प्राप्त गरिसकेका छन्।

मिडिया क्षेत्रमा पनि उनको लामो अनुभव छ। उनले च्यानल नेपाल र एनटिभी प्लसबाट करियर सुरु गरी पछिल्लो १७ वर्षदेखि इमेज च्यानल टेलिभिजनसँग आबद्ध छन्, जहाँ उनले नेपाल भाषा समाचारमार्फत भाषाको संरक्षणमा योगदान दिएका छन्। साथै, उनले झण्डै १,७०० कार्यक्रम सञ्चालन गरिसकेका छन्।
यसरी, वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनबाट प्राप्त यो सम्मान शाक्यको सिर्जनशीलता, नेतृत्व र समर्पणको प्रतीकका रूपमा लिइएको छ।

Auto
नेपाली सडकमा रोयल इन्फिल्ड ‘गोवन क्लासिक ३५०’ को आगमन (तस्विरहरु)
नेपाली सडकमा रोयल इन्फिल्डको उपस्थिति केवल दुई पाङ्ग्रे सवारीको सीमामा अडिँदैन, यसले समयसँगै निर्माण भएको एउटा जीवनशैली र पहिचान बोकेको छ।
यही विरासतलाई निरन्तरता दिँदै आधुनिकताको नयाँ स्वाद थप्ने प्रयासस्वरूप भर्खरै नेपाली बजारमा आएको रोयल इन्फिल्ड गोवन क्लासिक ३५० अहिले विशेषगरी युवा पुस्तामाझ आकर्षणको केन्द्र बन्दै गएको छ।
परम्परागत डिजाइनलाई आधुनिक सौन्दर्यसँग मिसाउने प्रयास यसको पहिलो विशेषता हो। ‘बबर’ शैलीमा तयार गरिएको यो बाइकले गोवाको स्वतन्त्र र रंगीन जीवनशैलीलाई झल्काउने गरी बनावट पाएको छ। एल्युमिनियम फिनिशको ‘ह्वाइट वाल टायर’, आकर्षक कलर स्किम र फरक देखिने प्रोफाइलले यसलाई भीडबाट अलग पहिचान दिन्छ।
स्पोक ह्विलमा ट्युबलेस टायरको प्रयोगले परम्परागत संरचनाभित्रै आधुनिक सुविधा समेटिएको संकेत गर्छ। नेपालजस्तो भौगोलिक विविधता भएको देशमा बाइकको मूल्यांकन केवल लुक्सले मात्र हुँदैन, यसको प्रदर्शन र व्यवहारिकताले पनि उत्तिकै अर्थ राख्छ। यही सन्दर्भमा हेर्दा, बीएस ६ एफआई इन्जिनले दिने स्थिर शक्ति र इन्धन दक्षता, उबडखाबड तथा घुमाउरा सडकका लागि उपयुक्त देखिन्छ। अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस जडान हुनु सुरक्षा पक्षमा गरिएको गम्भीर तयारी हो।
आरामदायी यात्राका लागि ७५० एमएम सिट हाइट र १७० एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषताले दैनिक आवागमनदेखि लामो दूरीका यात्रासम्म सहजता दिन्छन्। विशेषगरी, नेपाली सडकको असमान सतहमा बाइक नियन्त्रण र स्थायित्व कायम राख्न यी पक्ष महत्वपूर्ण मानिन्छन्।
प्रविधिको प्रयोगमा पनि यो बाइक पछाडि परेको छैन।
एलईडी हेडलाइट, डिजिटल–एनालग डिस्प्ले र ट्रिपर नेभिगेसन जस्ता सुविधाले परम्परागत लुक्सभित्र आधुनिक अनुभव दिने प्रयास गरिएको छ। साथै, युवापुस्ताको रोजाइलाई ध्यानमा राख्दै विभिन्न आकर्षक रंग विकल्प उपलब्ध गराइनु बजार रणनीतिको अर्को संकेत हो। मूल्यका हिसाबले हेर्दा, सिंगल टोन र डुअल टोन भेरियन्टबीचको सानो अन्तरले ग्राहकलाई रोजाइको स्वतन्त्रता दिन्छ।
यो सेग्मेन्टमा फरक शैली र पहिचान खोज्ने राइडरका लागि यो मोडल प्रतिस्पर्धात्मक विकल्प बन्न सक्ने देखिन्छ। यसरी हेर्दा, रोयल इन्फिल्ड गोवन क्लासिक ३५० केवल नयाँ उत्पादन मात्र नभई, परम्परा र आधुनिकताको संगमको एउटा प्रयास हो—जहाँ शैली, प्रदर्शन र पहिचान एकैसाथ अघि बढ्न खोजिरहेका छन्।









Feature
इतिहास बन्दै गरेको बल्खुको सुकुम्बासी बस्ती
काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा अहिले बेग्लै दृश्य देखिएको छ। वर्षौँदेखि बागमतीको तिरमा सानो संसार बसाएका सुकुम्बासीहरू आज आफ्नै हातले आफ्नो आश्रय भत्काउन र सरसामान पोको पार्न विवश छन्।
सरकारले नदी किनार खाली गर्न माइकिङ गरेपछि यहाँका बासिन्दाहरू आफ्ना सरसामान सुरक्षित राख्न र उचित ठाउँको खोजीमा दौडधुप गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालयको सूचना र महानगरको सक्रियतापछि बिहीबार बिहानैदेखि बल्खु क्षेत्रमा सामान ओसार्नेको लर्को लागेको छ। कतै टहरा भत्काउँदै गरेको आवाज सुनिन्छ त कतै भविष्यको चिन्ताले भरिएका अनुहारहरू देखिन्छन्। नदी किनारलाई स्वच्छ र सुन्दर बनाउने सरकारी लक्ष्य भए पनि, आफ्नै थातथलो नभएकाहरूका लागि यो विस्थापन निकै चुनौतीपूर्ण बनेको छ।
बल्खुदेखि वंशीघाटसम्म फैलिएको यो अभियानले नदी किनारका अनधिकृत बस्तीहरू अब बिस्तारै इतिहास बन्ने संकेत दिएको छ। महानगरको यो कदमसँगै वर्षौँदेखिको बस्ती रित्तिँदै जाँदा त्यहाँका बासिन्दाहरू भने ‘अबको रात कहाँ बिताउने’ भन्ने अन्योल र पिरलोमा छन्।





-
Auto3 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat4 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
entertainment4 weeks agoशोले निर्माण कथा निफमा
-
Art4 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Auto2 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
Auto2 weeks agoविश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
-
Offbeat4 weeks agoगुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति
-
Auto2 weeks agoरोयल एन्फिल्डको ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक

















You must be logged in to post a comment Login