Feature
मुक्कुमलुङ(नाटक)
काठमाडौंको थापागाउँस्थित मण्डला नाटक घरमा नाटक मुक्कुमलुङको नियमित मञ्चन भइरहेको छ।
अनिल सुब्बा निर्देशित नाटकमा लिम्बु मुन्धुममा आधारित पृथ्वीकै पहिलो मान्छे ‘मुजिङना खेयाङना’को कथामा आधारित रहेको छ।
लिम्बु समुदायको आस्थाको धरोहर ‘मुक्कुमलुङ”लाई वर्तमान पुँजीवादी विकासले गरेको गरेको कुकर्म र आदिवासी याक्थुङ्ग समुदायसंग यसको सम्बन्धको विषयमा नाटक बनेको छ।
याक्थुङ्ग समुदायको सभ्यता बोकेको र प्राकृतिक सुन्दरताले भरिपूर्ण मुक्कुमलुङ माथिको अतिक्रमणको प्रतिरोधमा नाटक बनेको छ।
चुलाचुली रंगमञ्च र एक थियटर नेपालले संयुक्त रुपमा निर्माण गरेको नाटकलाई गिलु रातोस,अनिल सुब्बा र विष्णु मोक्तानले लेखेका हुन् भने बिष्णु मोक्तान,वेदना राई, सुरज तमु, मणि के राई , प्रतिना राई लगाएतका कलाकारहरुको अभिनय छ।
नाटक आगामी माघ २७ गते सम्म नियमित मन्चन हुनेछ।
You must be logged in to post a comment Login