Offbeat
मोहनी लगायो कान्छीले
गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ।
प्रेम र आकर्षणको भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यो गीत गायक सुवेदीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। स्थापित संगीतकार सापकोटाले यस गीतमा सरल तर आकर्षक शब्दमार्फत प्रेमको मधुर अनुभूति पस्केका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।
उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री आकर्षक रूपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोको निर्देशन हरि हुमागाईंले गरेका हुन्।
पप–लोक शैलीमा तयार गरिएको यस गीतमा प्रेमी आफ्नो प्रेमिकाको रूप, स्वभाव र मोहनीमा मन्त्रमुग्ध भएको कथा चित्रण गरिएको छ। सार्वजनिक भएसँगै गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने टिकटक र युट्युबमा पनि राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ।
You must be logged in to post a comment Login