entertainment

अनन्तरूपवितानम्

Published

on

नमुना कलेज अफ फेसन टेक्नोलोजीका २१औँ ब्याचका स्नातक डिजाइनरहरूले ‘अनन्तरूपवितानम्’ शीर्षकमा फेसन शो आयोजना गरेको छ।

‘जर्नी अफ फेसन’ अवधारणामा आधारित उक्त फेसन शोले नेपाली कला, वास्तुकला, संस्कृति, परम्परा र सम्पदालाई आधुनिक फेसनमार्फत प्रस्तुत गरेको छ।

‘कस्मिक थ्रेड्स अफ हेरिटेज : नेपाल बियोन्ड टाइम एन्ड युनिभर्स’ मूल विषय रहेको शोमा नेपाली पहिचान र पुर्ख्यौली सीपलाई समकालीन डिजाइनसँग जोडिएको छ।

फेसन शोमा परम्परागत कपडा, मौलिक आकृति, सांस्कृतिक प्रतीक र हस्तकलाबाट प्रेरित पहिरन प्रस्तुत गरिएको छ। हिमालदेखि प्राचीन मन्दिरसम्मका नेपाली सम्पदालाई आधुनिक डिजाइनमा समेट्दै परम्परा र नवीनताको संयोजन देखाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम नमुना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत २१औँ ब्याचका स्नातक डिजाइनरहरूले आयोजना तथा व्यवस्थापन गरेका हुन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version