Connect with us

Video

गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ एकल गीति संग्रह ‘चुपचाप मनपराएँ’ सार्वजनिक

Published

on

काठमाडौं– लामो समयदेखि गीत रचनाको क्षेत्रमा सक्रिय गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक
गीतहरुको पहिलो गीति संग्रह ‘चुपचाप मन पराएँ’ काठमाडौंमा आयोजित एक विशेष समारोहमा लोकार्पण गरिएको छ ।


गीतकार प्रमोद भट्टराई प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर खिर खाने दिन अर्थात साउन १५ गते सोमबार गीतकार
संघ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको उक्त सांगीतिक समारोहमा सुगम संगीतमा आधारित सात
वटा गीतहरु संग्रहित उक्त गीति संग्रह लोर्कापर्ण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा,
तथा विशेष अतिथिहरु संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा।नवराज लम्साल, गीतकार विश्व
वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरेका हुन् ।


बैंकिङ क्षेत्रमा क्रियाशिल रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुची राख्नुका साथै डायरीका पानामा आफ्ना
भावनाहरु संग्रहित गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको
थियो ।

लोकप्रिय गायक राजेशपायल राईले गीतकार भट्टराईको रचनाको पहिलो गीत ‘माया जोख्ने तुलो’ रेकर्ड गरेका थिए
। उक्त गीतको लिरिकल भिडियो म्युजिक नेपालको यूट्युब च्यानलमा उपलब्ध छ । यो गीतमा किर्ति न्यौपानेको संगीत छ ।

लोकार्पण गरिएको गीति संग्रह ’चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीतहरु
समावेश गरिएका छन् ।

एल्बममा समावेश गीतहरुमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल,
निशान भट्टराई, मेलिना राई तथा रचना रिमाल जस्ता लोकप्रिय गायक–गायिकाहरुको स्वर रहेको छ ।


यी गीतहरुमा संगीतकार किर्ति न्यौपाने ९दिवाकर शर्मा० द्वारा संगीतबद्ध छ वटा गीतहरु समावेश गरिएका छन् भने एउटा
गीतमा सरोज कोइरालाको संगीत निर्देशन छ ।


एल्बममा समावेश गीतहरुलाई पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा बिनोद भुजेलको संगीत संयोजन छ । यी
गीतहरु प्रज्ञा स्टुडियो ९रेकर्डिष्ट शम्भु तण्डुकार० तथा फाइन ट्यून ९रेकर्डिष्ट पुष्कर खत्री० मा रेकर्ड गरिएका हुन् ।
एल्बममा समावेश गीतका म्युजिक भिडियोहरु पनि तयार पारिएका छन् । ती भिडियोहरुलाई नवल नेपाल, कृष्णदेव
रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् ।
समारोहमा एल्बममा समावेश सात वटै गीतका म्युजिक भिडियोका अंशहरु प्रदर्शन गरियो ।
एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘मायाँ रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले
अभिनय गरेका छन् भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गरेका छन् ।

संग्रहको शीर्षक गीत ‘चुपचाप मन पराएँ’ मा भने गायक प्रमोद खरेलको स्वर छ भने यसको भिडियोलाई ओमप्रकाश
अवस्थीले निर्देशन गरेका छन् । रोहित बस्नेत तथा एन्जेला बानियाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

‘ज्योतिषीले भनेको’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको संगीत छ । बिनोद बमले यसको
भिडियो निर्देशन गरेका छन् । ‘समयले जुरायो’ गीतमा शिव परिवारको स्वर तथा सरोज कोइरालाको संगीत छ । यो
गीतको भिडियोलाई फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको
संगीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।


विमोचन समारोहमा गीतकार प्रतीकलाई शुभकामना दिँदै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई पनि विगतमा गीत
रचनामा निकै रहर लाग्ने गरेको बताए । आफैंले रचना गरेर गाएको ‘अरबौँ मान्छेको भिडमा’ गीत स्रोताको मनमा बस्न
अर्थात लोकप्रिय हुन ३२ वर्ष लागेको स्मरण गर्दै अहिले सांगीतिक क्षेत्रमा सबैभन्दा अन्यायमा पर्ने पक्ष नै गीतकार भएको
बताए । रेडियोका कार्यक्रम प्रस्तोताले गीतकार तथा संगीतकारको नामै नलिने गरेको गुनासो गर्दै श्रेष्ठले भने– ‘गीतकारलाई
आफ्नो गीतको अत्यन्त माया हुन्छ, संगीतकारलाई पनि उत्तिकै माया हुन्छ, गायकहरुलाई भने गीतको माया नै हुँदैन, थुप्रै
गर्लफ्रेण्ड भएको ब्वाइफ्रेण्ड जस्तो । आयो, गायो, पैसा लियो, हिंड्यो ।’


साहित्यकार डा।नवराज लम्सालले गीतकार प्रतीकद्वारा रचना गरिएका गीतहरुको प्रशंसा गर्दै यी गीतहरु कालजयी बन्न
सम्भावना बोकेको धारणा व्यक्त गरे ।


गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले नेपाली गीतका सबै गीतकारहरु एकजुट भएर नेपाली सांगीतिक
क्षेत्रलाई उचाइमा पुर्याउनु पर्ने धारणा व्यक्त गरे । गीतकार संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटाले गीतकारहरुलाई
प्रोत्साहनको खाँचो रहेको औंल्याए ।


म्युजिक भिडियो निर्देशक कृष्ण देव रुपाखेतीले नेपाली सांगीतिक क्षेत्रमा गीतकार नै सबैभन्दा बढी मारमा परेकाले आफू
लगायत सम्पूर्ण सर्जकले गीतकारलाई प्रोत्साहन गर्नु पर्ने धारणा व्यक्त गरे ।


गीतकार प्रतीकले भने आफूले धेरै अघिदेखि नै डायरीमा मुक्तक, गीत, कविता रचना गर्दै थन्क्यार राखिरहेको भए पनि अब
भने ती गीतहरु आम दर्शक तथा स्रोतामाझ आउन बाटो खुलेको बताए । उनले आफूले रचना गरेका गीतहरुको पहिलो संग्रह
‘चुपचाप मन पराएँ’ मा प्रेमका विभिन्न आयामहरुका बारेमा वर्णन गरिएका गीतहरु समावेश गरिएको जानकारी गराए ।
लोकार्पण समारोहको उत्तराद्र्धमा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ लाई निर्देशक रुपाखेतीको केडि फिल्म्सले सरप्राइज दिँदै
जन्मदिनको केट काट्ने वातावरण तयार पारेको थियो ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर

Published

on

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक भएको छ। गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

सुरज तमूको शब्द तथा संगीत रहेको गीतमा सुरज तमू र शान्ति श्री परियारको स्वर छ। मनोज थापा मगरले संगीत संयोजन गरेको गीतको भिडियोमा सिनेमाका कलाकार मनोज गुरुङ र अनुशा राई देखिएका छन्।

माओत्से गुरुङको निर्देशन तथा कथामा बनेको सिनेमाले लाहुरे जीवन, पेन्सनसँग जोडिएका पारिवारिक समस्या, प्रेम, त्याग र विछोडको कथा प्रस्तुत गर्छ। निर्देशक गुरुङका अनुसार सिनेमा पेन्सनमा मात्र केन्द्रित नभई मानवीय सम्बन्ध र भावनात्मक पक्षलाई समेत प्राथमिकतामा राखिएको छ।

सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ। नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

Continue Reading

Feature

यस्तो छ कृष्ण भिरको पहिरो

Published

on

त्रिशूली नदीमा आएको बाढीपछि नदीको कटानले धादिङको कृष्णभीरमा ठूलो क्षति पुर्‍याएको छ।

नदीले सडकको तल्लो भाग कटान गरेपछि माथिल्लो भागबाट पहिरो खसेर पृथ्वी राजमार्गको सडकखण्ड नै अवरुद्ध बनेको छ।

सडक बगेपछि अहिले कृष्णभीरको अवस्था जोखिमपूर्ण र भयावह देखिएको छ।

केही दिनदेखि यहाँबाट सवारीसाधन तथा पैदल यात्रुको आवागमनसमेत ठप्प छ। राजमार्ग अवरुद्ध हुँदा काठमाडौं–चितवन आवागमन प्रभावित बनेको छ।

सरकारले अस्थायी रूपमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालन गर्ने तयारी गरिरहेको छ।

प्रस्तुत तस्बिरमा बाढी र पहिरोपछि क्षतिग्रस्त कृष्णभीरको अवस्था देखिन्छ।

Continue Reading

Feature

हेटौडा काठमाडौँ सडकखण्डमा सवारी चाप

Published

on

स्ट्रिटनेपाल

पृथ्वी राजमार्ग बन्द भएपछि अहिले काठमाडौं भित्रिने अर्को सडकमा सवारीको चाप बढेको छ।

भोटेकोशी, रसुवा र त्रिशूली हुँदै आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक नै भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

त्यसको असर अहिले हेटौंडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा देखिन थालेको छ।

काठमाडौं आउने र जाने सवारीको चाप बढेसँगै यो सडकमा ठाउँ–ठाउँमा ट्राफिक जाम हुन थालेको छ।

विशेषगरी चितवन, पोखरा, लमजुङ, तनहुँ र गोरखाबाट काठमाडौं आउने साना सवारीसाधनहरू समेत अहिले यही वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन्।

पृथ्वी राजमार्ग कहिले खुल्छ भन्ने टुंगो नहुँदा कुलेखानी–सिस्नेरी सडकमा सवारीको चाप अझै बढ्न सक्ने देखिन्छ।

बाढी र पहिरोले मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक सडकमा परेको यो चापले यात्रुलाई थप सास्ती दिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com