Connect with us

Offbeat

 SONAM LHOCHHAR CELEBRATED 

Published

on

The Tamang community has celebrated the Hyui Sonam Lhochhar (Tamang new year) with great ambiance inside and outside the nation. Sonam Lhochhar is celebrated on the full moon day of Magh. Nepal Tamang Ghedung has organized a big event at Tundikhel ground in Kathamandu on the occasion of Sonam Lhochhar.  A huge number of people observe the Sonam Lhochhar of Kathmandu.

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

सुनसान बन्यो नागढुंगा

Published

on

स्ट्रिटनेपाल

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो र नागढुंगानजिकै सडक भासिएपछि राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा क्षेत्र सुनसान बनेको छ।

सधैं हजारौं सवारीसाधनको कोलाहल र भीडभाड रहने नागढुंगा चेकपोष्ट क्षेत्र अहिले ठप्प छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने ठूला मालवाहक ट्रक तथा कन्टेनरहरू नाका नजिकै सडक किनारामा लामो लाइन लगाएर रोकिएका छन्।

मुख्य राजमार्गको विकल्पको रूपमा केही सवारीलाई सुरुङमार्ग र वैकल्पिक रुटबाट पठाइए पनि अधिकांश भारी सवारी साधनहरू आवागमन गर्न नपाउँदा ठप्प बनेका हुन्।

यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले जोखिम व्यवस्थापन र यातायात नियमनको काम गरिरहेका छन् भने लामो समयदेखि बाटोमा रोकिएका चालक तथा यात्रुहरू थप मारमा परेका छन्।

Continue Reading

Offbeat

महाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग

Published

on

स्ट्रिटनेपाल

अन्तर्राष्ट्रिय तमु परिषद्ले तमु गुरुङ सञ्चारकर्मी संघ नेपाल र तमुस्यो ह्युलालाई महाधिवेशन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ।

बुधबार काठमाडौंस्थित तमु ह्युल छोंज धिंको केन्द्रीय कार्यालयमा परिषद्का कोषाध्यक्ष गङ्गा गुरुङले तमु गुरुङ सञ्चारकर्मी संघ नेपाललाई ३० हजार र तमुस्यो ह्युलालाई २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे।

परिषद्का पदाधिकारीहरूको बैठकले गरेको निर्णयअनुसार सहयोग गरिएको कोषाध्यक्ष गुरुङले बताए।

तमु गुरुङ सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महाधिवेशन असोज २ देखि ४ गतेसम्म कास्कीको सिक्लेसमा हुँदैछ। तमुस्यो ह्युलाको महाधिवेशन भने असोज १० र ११ गते काठमाडौंमा हुँदैछ।

यसैगरी, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तमु गुरुङ समुदाय तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णयसमेत परिषद्ले गरेको गुरुङले जानकारी दिए। त्यसका लागि विश्वभर रहेका तमु गुरुङ समुदायलाई एकजुट भएर सहयोगमा जुट्न आह्वान गरिएको उनले बताए।

Continue Reading

Fashion

त्रिवि शिक्षण अस्पतालको भित्तामा बेपत्ताका फोटो: आफन्तको खोजी

Published

on

स्ट्रिटनेपाल

हालैको बाढीपहिरो तथा विपद्मा परी सम्पर्कविहीन भएका आफ्ना आफन्तको खोजीका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा तस्विर टाँसिएको छ।

विपद्ले प्रभावित विभिन्न क्षेत्रबाट बेपत्ता भएका परिवारजन तथा प्रियजनहरूको अवस्था अझै अज्ञात भएपछि आफन्तहरूले उनीहरूको फोटो र सम्पर्क नम्बरसहितका पर्चाहरू अस्पतालको भित्तामा टाँसेका हुन्। कतैबाट कुनै किसिमको सूचना वा जानकारी पाइन्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरू अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा पुग्ने क्रम जारी राखेका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com