entertainment

नाटकमा सोरठीको कथा (तस्विरहरु)

Published

on

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मगर समुदायको कथामा आधारित नाटक ‘सोरठी’ नियमित मञ्चन भइरहेको छ।

सञ्जय काउछाको प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ मा आधारित रहेर यो नाटक तयार गरिएको छ।

नाट्यकर्मी संगीता थापा मगर र उपन्यासका लेखक काउछाले नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।

नाटकमा कविता आले, बिशाल पुलामी, पुनम लक्ष्मी मगर, रमिला मोक्तान, हेमन्त लामिछाने, निस्सोम मगर, आरूष जंग सारू, गंगा मगर, रमिला राई, सुनिल राई, अस्मिता बुढा मगर, प्रविन मगर, मानबहादुर राई, संजित थुलुङ राई र खुशी सुनुवारले अभिनय गरेका छन्।

‘सोरठी’ मगर र गुरूङ समुदायमा प्रख्यात परम्परागत नृत्य हो।

मञ्चन भइरहेको नाटक मगर समुदायमा नाचिने मौलिक नाच सोरठीको कथामा आधारित छ। मगर समुदायले मान्दै आएको जैसिङ्गे राजा, हैमती रानी र राजकुमारी सोरठीको वरीपरी नाटकको मूल कथा घुमेको छ।

काउछा क्रियसनको प्रस्तुति रहेको नाटकमा बिम्व आर्ट्स तथा हलेसी डेकोरको सहकार्य छ।

निर्माण संयोजन र सहयोगीमा यम ल्हायो मगर र प्रमोद खड्का छन्। भदौ ७ देखि सुरू भएको नाटक मंगलबार बाहेक बेलुका ५ः३० बजे र शनिबार दिउँसो १ बजे पनि मञ्चन भइरहेको छ।

नाटक भदौ ३० सम्म नियमित मञ्चन हुनेछ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version