Fashion
थाङ्का र पौभा कलाबाट प्रेरित फेसन
नेपाली थाङ्का र पौभा कलाबाट प्रेरित फेसन डिजाइन ‘श्रीवत्स’ सार्वजनिक गरिएको छ। डिजाइनर कुसुम परियारले तयार पारेको यस पहिरनमा मोडल सिवानी अधिकारी प्रस्तुत भएकी छन्।
नेपाली परम्परागत कला, प्रतीक र हस्तकलालाई आधुनिक फेसनमा समेट्ने उद्देश्यले तयार पारिएको पहिरनमा अनन्त गाँठोको आकृति, मयूरका बुट्टा र सुनौलो सजावटलाई विशेष प्राथमिकता दिइएको छ। नेपाली सुती कपडा र सुनौलो धातुको प्रयोग गरिएको पहिरनमा गाढा रातो सलले आकर्षक रूप दिएको छ।
परम्परागत कला, सांस्कृतिक पहिचान र आधुनिक डिजाइनको संयोजनमार्फत नेपाली मौलिकतालाई समकालीन फेसनमा प्रस्तुत गर्ने प्रयास यस डिजाइनमा गरिएको छ।






