lifestyle

टुँडिखेलमा तमु ल्होसार उत्सव

Published

on

काठमाडौँको टुँडिखेलमा यस वर्षको तमु ल्होसार भव्य रूपमा सम्पन्न भएको छ। तमु गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार यस वर्ष ‘त ल्हो’ अर्थात् घोडा वर्गको आगमनको रूपमा मनाइएको हो।

तमु गुरुङ समुदायले प्रत्येक वर्ष पौष १५ गतेलाई नयाँ वर्षका रूपमा संसारभर हर्षोल्लासका साथ तमु ल्होसार मनाउँदै आएको छ। यही अवसरमा काठमाडौँ उपत्यकाभर रहेका गुरुङ समुदायका सदस्यहरू टुँडिखेलमा भेला भई सांस्कृतिक कार्यक्रम, नाचगान र परम्परागत भेषभूषासहित ल्होसार मनाएका हुन्।

आफन्तजनसँग भेटघाट गर्ने, नयाँ वर्षको शुभकामना साटासाट गर्ने र आपसी सद्भाव बढाउने यो परम्परा सदियौँदेखि चल्दै आएको छ।

तमु ल्होसार मनाउन काठमाडौँको टुँडिखेलमा हजारौँ मानिसको उपस्थिति देखिएको थियो।

केहि तस्विरहरु :

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version