Connect with us

Fashion

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’

Published

on

  • नेपाल फोटो लाइब्रेरी
  • पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ।

कपनको बालुवाखानीबाट सुरु भएको पाँच किलोमिटर दौड बौद्धस्थित बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भएको छ। दौडमा सहभागी आरोही, पर्वतारोहणप्रेमी, धावक तथा सर्वसाधारणले बौद्धनाथ पुगेर ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोहीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन्।

कार्यक्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा (निम्स) नेतृत्वको नेपाली टोलीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ। सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा दीप प्रज्ज्वलनसमेत गरेका छन्।

आयोजकका अनुसार ‘ट्रिब्युट रन ५के’ केवल दौड प्रतियोगिता नभई हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम हो। पर्वतारोहण क्षेत्रमा योगदान पुर्‍याएका आरोहीहरूको साहस, समर्पण र योगदानलाई स्मरण गर्दै उनीहरूको परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

ब्रोड पिकमा भएको हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका आरोहीले ज्यान गुमाएका छन्। घटनाले नेपालको पर्वतारोहण क्षेत्रमा समेत गहिरो क्षति पुर्‍याएको छ। दिवंगत आरोहीहरूको सम्मानमा यसअघि पनि काठमाडौंमा विभिन्न श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुँदै आएका छन्।

कार्यक्रममा सहभागीहरूले आरोहीहरूको योगदानलाई स्मरण गर्दै हिमाल आरोहणलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।

उनीहरूले हिमालमा हुने जोखिम न्यूनीकरण, उद्धार प्रणालीको सुदृढीकरण तथा आरोहीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Fashion

सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि

Published

on

नेपालकी २२ वर्षीया सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेकी छन्। थाइल्यान्डको बैंककस्थित क्यालिप्सो क्याबरेमा सेप्टेम्बर २७ मा सम्पन्न प्रतियोगितामा उनले विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।

‘ब्युटी विथ वेलनेस’ नारासहित आयोजित प्रतियोगितामा २५ भन्दा बढी देशका सुन्दरी सहभागी थिए। प्रतियोगिताको शीर्ष पाँचमा नेपालसहित क्यानडा, स्विट्जरल्यान्ड, मोरक्को र इटालीका प्रतिनिधि पुगेका थिए। क्यानडाकी प्रतिस्पर्धी प्रथम रनरअप बनिन्।

जनकपुरकी सान्वीले बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) मा स्नातक गरेकी छन्। उनी यसअघि ‘मिस नेपाल २०२५’ को उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।

उपाधि जितेपछि सान्वीले युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, वातावरणप्रति जिम्मेवार बन्ने तथा ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Continue Reading

Fashion

कबड्डी ५’को ट्रेलर सार्वजनिक

Published

on

निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र उसको जीवनमा आउने नयाँ उतारचढावलाई मुख्य रूपमा प्रस्तुत गरेको छ। साथै, अभिनेता विपिन कार्कीको प्रवेशले कथामा थप द्वन्द्व र रोचकता ल्याउने संकेत गरेको छ। यसअघि सार्वजनिक टिजरभन्दा ट्रेलरले फिल्मको कथावस्तुबारे थप जानकारी दिएको छ।

बेरोजगारीबाट आजित काजी, बीके र छन्त्याल मुस्ताङमा ‘शान्ति बाटिका रिसोर्ट’ सञ्चालन गर्ने योजनासहित अघि बढ्छन्। तर, उनीहरूको योजना र व्यक्तिगत जीवनले सोचेभन्दा फरक मोड लिन्छ। सिर्जना गुरुङले निर्वाह गरेकी नयाँ मैयाको प्रवेशले काजीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कौतूहल ट्रेलरले जगाएको छ।

त्यस्तै, काजीको टोली र गाउँमा प्रवेश गरेको विपिन कार्कीको समूहबीचको टकरावलाई पनि ट्रेलरमा देखाइएको छ। यसअघि सार्वजनिक टिजरमा नदेखिएकी मिरुना मगर अर्थात् शान्ति मिसको झलकले समेत दर्शकमाझ उत्सुकता बढाएको छ।

‘कबड्डी’ शृंखलाका अघिल्ला चार फिल्मले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरेका थिए। विशेषगरी चौथो भागले व्यावसायिक सफलतासँगै दर्शकमाझ बलियो छाप छाडेको थियो। त्यसैको निरन्तरताका रूपमा निर्माण भएको पाँचौं भाग कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्मको छायांकन सञ्जय लामाले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलको छ। फिल्मको नेपाल वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन्। अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ।

Continue Reading

Fashion

मैतीदेवी मन्दिरमा दसैँको रौनक

Published

on

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

काठमाडौं। बडादसैँको दोस्रो दिन काठमाडौंको मैतीदेवी मन्दिरमा देवीको दर्शन र पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल देखिएको छ।

दसैँको धार्मिक रौनकसँगै बिहानैदेखि भक्तजनहरू मैतीदेवी मन्दिर पुगेर देवी दुर्गाको पूजा आराधना तथा दर्शन गरिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्न आउने श्रद्धालुहरूको उपस्थितिले दसैँको उल्लास र धार्मिक वातावरणलाई झल्काएको छ।

शक्तिको उपासना गरिने बडादसैँमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठमा भक्तजनहरूको भीड लाग्ने गर्छ। दुर्गा भवानीप्रति आस्था प्रकट गर्दै पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा दसैँको विशेषता हो।

Continue Reading

Facebook

Trending