Feature
एनपिएलको लागी क्रिकेट मैदान तयार
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका लागि तयार भएको छ।
मैदानको स्तरोन्नति, पिच तथा आउटफिल्ड व्यवस्थापन र दर्शकका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
मैदानको प्यारापिटमा नयाँ बकेट कुर्सी जडान गरिएको छ भने स्वागतद्वार निर्माणलगायतका काम पनि अघि बढाइएको छ। फ्लडलाइटको व्यवस्था भएसँगै आवश्यकताअनुसार रातमा समेत खेल सञ्चालन गर्न सकिनेछ।
यसपटक दर्शकको सहजताका लागि डिजिटल टिकट प्रणाली र सिट नम्बरको व्यवस्था गरिएको छ। साथै, सुरक्षा जाँच, सिसिटिभी निगरानी तथा पार्किङ व्यवस्थापनमा पनि ध्यान दिइएको छ।
आगामी कात्तिक ९ गतेदेखि आठ टोलीबीच प्रतिस्पर्धा हुने एनपिएलको तेस्रो संस्करणका लागि मैदानलाई व्यवस्थित र आकर्षक बनाउने कामलाई तीव्रता दिइएको हो।




