Art
WHITE GUMBA/SETO GUMBA

White Gumba/Seto Gumba is one of the busiest tourist destinations around Kathmandu. Before this global pandemic started many local and international tourists have visit this place. Road to White Gumba used to be full of traffic especially on public holidays. During global pandemic Covid-19 most famous White Gumba has also became quite and empty like many other tourist destination. Here in streetnepal.com we have beautiful photos and video of the much known White Gumba in midst of this Corona havoc. Let’s have a look of the White Gumba that you visited and you wanted to visit. It is located in the north side of the world heritage site Swayambunath. It is also known as Druk Amitabh Mountain.

Art
पर्खालमा कोरिएको ‘हाम्रो प्रहरी’
काठमाडौं । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको पर्खालमा बनाइएको भित्तेचित्रले प्रहरी, नागरिक, राष्ट्रियता र नेपालको सांस्कृतिक विविधतालाई एउटै दृश्यमा उतारेको छ।
हरियो पृष्ठभूमिमा बनाइएको यो चित्रमा प्रहरी र एक नागरिकले नेपालको राष्ट्रिय झण्डा सिलाइरहेको देखिन्छ। नजिकै परम्परागत पोसाक र गहनामा सजिएकी महिला, विभिन्न समुदायका आकृति, सेतो परेवा र हातका आकृतिहरू चित्रित छन्। एउटा पात्रले ‘हाम्रो प्रहरी’ लेखिएको पाटी बोकेको देखिन्छ।
भित्तेचित्रका दृश्यहरूले प्रहरीलाई केवल सुरक्षाकर्मीका रूपमा नभई नागरिकसँग जोडिएको संस्थाका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। राष्ट्रिय झण्डासँगै विभिन्न जातीय तथा सांस्कृतिक पहिचानलाई समेटिनुले नेपालको विविधता र साझा राष्ट्रिय भावनालाई संकेत गर्छ।
सडकबाट हिँड्ने सर्वसाधारणले सहजै देख्ने गरी बनाइएको यो चित्रले प्रहरी र नागरिकबीचको सहकार्य, शान्ति र सामाजिक एकताको सन्देश दिन्छ। रंग र पात्रमार्फत पर्खालमा कोरिएको यो दृश्यले ‘हाम्रो प्रहरी’ भन्ने भावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।
तस्विरहरु :




Art
कृष्णभीर भदौभित्रै खुलाउने तयारी
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडकको बेस नै कटान गरेपछि एक सय मिटर सडक भासिएको थियो ।
कृष्णभीरमा भासिएकै ठाउँभन्दा माथि नयाँ ट्रयाक खोल्ने र त्यसलाई सवारीको सहज आवतजावतका लागि तयार पार्ने काम यतिबेला धमाधम भइरहेको छ । पहाड काटेर २५० मिटर ट्रयाक दुवैतिर जोड्ने काम सकिइसकेको छ ।
ग्राभेल, रोलिङको काम आइतबारबाट सुरू गर्ने र ३–४ दिनमा (भदौ मसान्तभित्रै) सकेर यातायात सञ्चालनमा ल्याइने नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन् ।
‘ग्राभल गर्न काटेकोजस्तो सजिलो हुँदैन । रोलिङ गरेर मिलाउनुपर्छ । लेयर–लेयरमा गर्नुपर्छ । एउटै लेयरमा गर्न सकिँदैन,’ उनले भनिन, ‘त्यसकारण ३–४ दिन लाग्न सक्छ । यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ ।’
त्रिशुलीले सडकको बेस नै कटान गरेर भासिएकाले नयाँ ट्रयाक खोल्नुपरेको उनले बताइन् । नयाँ खोलिएको ट्रयाकले आवतजावतमा दुःख नदिने उनको विश्वास छ ।
‘कृष्णभीरमा पहिले बायो इन्जिनियरिङको प्रयोग गरेर कंक्रिट र विरुवालाई मिलाएर पहिरो रोकथाम गरिएको थियो । त्यो दीर्घकालीन रह्यो,’ अधिकारीले भनिन्, ‘अहिले हामीले नसोचेको बाढी आएर सडकको तलपट्टिको भाग काटिँदा माथि पनि भासियो । अहिले माथिपट्टिबाट सडक निर्माण गरेका छौँ ।
त्यति धेरै डिस्टर्ब नहोला भन्ने आशा राखौँ ।’
कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु ढुवानी प्रभावित छ । यही कारण बजारमा अहिले खाना पकाउने ग्यासको समस्या बल्झिएको छ ।
हेटौँडा हुँदै काठमाडौँ आउने सडकमा पनि सवारीको चाप बढेकाले काठमाडौँ आउजाउ गर्न असहज भइरहेको छ ।
कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।







Art
सहिद महर्जन र घाइते फोटो पत्रकार ढुंगानाको कला प्रदर्शनी
जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा कलाकार तथा आन्दोलनका सहिद विनोद महर्जन र आन्दोलनका क्रममा घाइते भएका फोटो पत्रकार दिपेन्द्र ढुंगानाको कला तथा तस्बिर प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमानसिंह मास्के ग्यालरीमा भइरहेको छ।
महर्जन र ढुंगानाको सिर्जना, जीवनसंघर्ष, स्मृति तथा कलात्मक योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै प्रतिष्ठानले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा जेनजी आन्दोलनका क्रममा ढुंगानाले खिचेका तस्बिरसमेत राखिएका छन्।
ललितपुर महानगरपालिका–७, पाटन सुन्धारा–दुपातका महर्जन मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलाका विभिन्न विधामा दक्ष थिए। उनका कलाकृति मलेसिया, चीन, थाइल्यान्डलगायत युरोपका विभिन्न देशसम्म पुगेका थिए। जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढिरहेको प्रदर्शनमा अग्रपंक्तिमा रहेका उनको गोली लागेर मृत्यु भएको थियो।
फोटो पत्रकार ढुंगाना काठमाडौंलाई केन्द्र बनाएर नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। २०८२ भदौ २३ गते नयाँ बानेश्वरमा आन्दोलनको फोटो खिचिरहेका बेला हिंसा भड्किएपछि उनको कानमुनि घाँटी नजिकै रबरको गोली लागेको थियो।
भदौ २८ गतेसम्म चल्ने प्रदर्शनीमा उनले घटनाअघि खिचेका तस्बिर राखिएका छन्। तस्बिरहरूले जेनजी आन्दोलनको उक्त ऐतिहासिक दिनलाई फोटो पत्रकारको दृष्टिबाट प्रस्तुत गरेका छन्।








-
entertainment1 week ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment2 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
Feature4 weeks agoयस्तो छ कृष्ण भिरको पहिरो
-
Feature4 weeks agoरसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री
-
entertainment4 weeks ago‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर
-
entertainment4 weeks agoभरतपुरको मुटु चौविसकोठी
-
entertainment4 weeks agoबाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्न बाध्य
-
Offbeat4 weeks agoचीनबाट नेपालमा राहत सामग्रीको तेस्रो खेप आइपुग्यो


You must be logged in to post a comment Login