Connect with us

Feature

बाबुराम गुरुङको नेतृत्वमा जिटिन

Published

on

काठमाडौं, फागुन १ ।

देशभरका गुरुङ पर्यटन व्यवसायीहरुको राष्ट्रिय संस्था गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) को अध्यक्षमा बाबुराम गुरुङ चयन हुनुभएको छ।

बिहीबार काठमाडौंमा सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विन्दुमाया गुरुङ, द्वितीय उपाध्यक्षमा डिलबहादुर गुरुङ, महासचिवमा संञ्जिव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा अम्बिर गुरुङ र सहकोषाध्यक्षमा महाबिर गुरुङ चयन हुनुभएको छ। त्यस्तै विभिन्न सदस्य पदमा धनबहादुर गुरुङसहित अन्य प्रतिनिधिहरु चयन भएका छन्। पूर्वअध्यक्ष कमला गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो।

सपथग्रहणपछि अध्यक्ष बाबुराम गुरुङले जिटिनलाई सामूहिक सहकार्यका आधारमा अघि बढाउँदै नेपाली पर्यटन क्षेत्रमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुरुङ सम्पदा मार्गको प्रवद्र्धन, पर्यटन मजदुरहरुको हित र समग्र आदिवासी जनजाति पर्यटन सर्किटको विकासलाई प्राथमिकतामा राखिने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्धबहादुर गुरुङले हिमालबाट संकलित रोयल्टी केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड भइरहेको उल्लेख गर्दै पर्यटन पूर्वाधार विकासमा त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो।

यसै अवसरमा नेपाल पर्वतारोहण संघ का अध्यक्ष फुर गेल्जे शेर्पाले ‘जिटिन पर्यटन मजदुर कोष’का लागि आर्थिक सहयोग घोषणा गर्नुभयो। कार्यक्रममा ‘पर्यटनमा गुरुङ’ स्मारिकाको दोस्रो अंक सार्वजनिक गर्नुका साथै विभिन्न व्यक्तित्व, सञ्चारकर्मी र आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

हराउँदै चङ्गाको उमङ्ग

Published

on

दशैँ नजिकिँदै गर्दा विगतमा नेपाली आकाशमा देखिने रङ्गीचङ्गी चङ्गाको उमङ्ग हिजोआज भने कम हुँदै गएको छ। दशैँको आगमनसँगै चङ्गा उडाउने परम्परा रहे पनि पछिल्लो समय यसप्रतिको आकर्षण घट्दै गएको देखिन्छ।

यद्यपि, काठमाडौँको चोभार पुग्दा भने केही युवा, बालबालिका तथा परिवार चङ्गा उडाएर रमाइरहेको देखिन्थ्यो। खुला आकाशमुनि चङ्गा उडाउँदै गरेका उनीहरूका लागि चोभारको वातावरण रमाइलो गर्ने अवसर बनेको थियो। कोही चङ्गाको धागो सम्हाल्न व्यस्त थिए भने कोही आकाशमा उडिरहेको चङ्गा हेर्दै रमाइरहेका थिए।

दशैँको समयमा चङ्गा उडाउनु नेपाली समाजमा लामो समयदेखि चलिआएको परम्परा हो। वर्षायाम सकिएर मौसम खुल्ने समय चङ्गा उडाउन अनुकूल मानिन्छ। बदलिँदो जीवनशैली र मनोरञ्जनका नयाँ माध्यमबीच पनि चोभारमा देखिएको यो दृश्यले दशैँसँग जोडिएको पुरानो संस्कृतिको झल्को दिन्छ।

चङ्गा उडाइरहेका युवा र बालबालिकाको उत्साहले हराउँदै गएको यो परम्परालाई अझै जीवन्त राख्ने आशा जगाउँछ।

Continue Reading

entertainment

अमृत क्षेत्री र शान्तिश्री परियारको स्वरमा ‘लालुपाते’

Published

on

गायक तथा संगीतकार अमृत क्षेत्रीको शब्द, संगीत र स्वरमा ‘लालुपाते’ बोलको लोक–आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका शान्तिश्री परियार र क्षेत्रीको स्वर रहेको छ भने संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन्।

निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा अञ्जली अधिकारी, नयन क्षेत्री र अम्बिका क्षेत्रीको अभिनय छ। यो नयनको डेब्यु म्युजिक भिडियो हो।

२२ वर्षदेखि सुरशाला म्युजिक एकेडेमीका संस्थापक अध्यक्ष तथा संगीत प्रशिक्षक रहेका क्षेत्रीका ‘मैले हेर्ने एउटा तारा’, ‘तिमी हौ’ र ‘मग मग’ लगायत गीत चर्चित छन्। उनले दसैँलगत्तै अर्को लोकशैलीको गीत ल्याउने तयारी गरेका छन्।

Continue Reading

entertainment

मैतीदेवी मन्दिरमा दसैँको रौनक

Published

on

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

काठमाडौं। बडादसैँको दोस्रो दिन काठमाडौंको मैतीदेवी मन्दिरमा देवीको दर्शन र पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल देखिएको छ।

दसैँको धार्मिक रौनकसँगै बिहानैदेखि भक्तजनहरू मैतीदेवी मन्दिर पुगेर देवी दुर्गाको पूजा आराधना तथा दर्शन गरिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्न आउने श्रद्धालुहरूको उपस्थितिले दसैँको उल्लास र धार्मिक वातावरणलाई झल्काएको छ।

शक्तिको उपासना गरिने बडादसैँमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठमा भक्तजनहरूको भीड लाग्ने गर्छ। दुर्गा भवानीप्रति आस्था प्रकट गर्दै पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा दसैँको विशेषता हो।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com