Feature
तस्विरमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला
- November 23, 2026
- 7 पटक पढिएको
लमजुङको मध्यनेपाल नगरपालिका–१०, नेटा थानसिङस्थित धार्मिक तथा पर्यटकीय स्थल मालिका देवी मन्दिर परिसरबाट सोमबार बिहान देखिएका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक दृश्य।
प्राकृतिक सौन्दर्यले भरिएको यस क्षेत्रबाट सूर्योदयसँगै विभिन्न हिमशृङ्खला र पहाडी भूभागको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मालिका देवी मन्दिर परिसर स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ।
हिमालको दृश्य, सूर्योदय र स्थानीय संस्कृति अवलोकन गर्न यहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन्।
तस्विर : सुरज गुरुङ/ लमजुङ






