entertainment
Kylie Jenner’s makeup free selfie
A 17-year-old television personality and model Kylie Jenner posted her no makeup selfie that showed bright eyes, a clear complexion and a full lips on instagram. We usually see Jenner with full makeup and hair but this time she decided to go makeup free. “You know it’s gonna be a good Sunday when ya weaves out & u haven’t put ur face on yet,” Jenner captioned her makeup free selfie.

Art
पेन्सन पट्टा’ पाँचौं सातामा
दयाहाङ राई अभिनीत फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकको साथ पाइरहेको छ।
निर्देशक तथा निर्माता माओत्से गुरुङका अनुसार फिल्मले चार सातामा ९ करोड ५६ लाख रुपैयाँ व्यापार गरेको छ। यससँगै फिल्मले स्वस्तिमा खड्का अभिनीत ‘लालीबजार’ को कमाइलाई उछिन्दै यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्ममध्ये दोस्रो स्थान हासिल गरेको छ।
सामाजिक कथामा आधारित ‘पेन्सन पट्टा’ ले लाहुरे जीवनसँग जोडिएका पारिवारिक सम्बन्ध, उतारचढाव र भावनात्मक पीडालाई प्रस्तुत गरेको छ।
फिल्ममा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन्। विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायत कलाकारको अभिनय छ। फिल्ममा दिवंगत अभिनेता सुनील थापालाई पनि देख्न सकिन्छ।
entertainment
२१ किलोभन्दा बढी सुन बरामद
काठमाडौंको बुढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्राम सुन बरामद गरेको छ । र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले भाडामा लिएको घरलाई सुन प्रशोधन गर्ने स्थानका रूपमा प्रयोग गर्दै आएका थिए। प्रहरीले उक्त घरबाट सुन गाल्ने मेसिनसमेत बरामद गरेको छ ।
बरामद सुनमध्ये १० किलो ९९७ ग्राम तयारी अवस्थामा रहेको ठोस सुन र १० किलो ७५२ ग्राम अर्धठोस सुन रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।







entertainment
काठमाडौँमा बढ्दै ट्राफिकजाम
पछिल्लो समय काठमाडौंका मुख्य सडकमा ट्राफिक जाम बढ्दै गएको छ।
विशेषगरी बिहान र साँझ कार्यालय समयमा सडकमा सवारीको चाप अत्यधिक हुने गरेको छ।
न्युरोड, सहिदगेट, माइतीघर, थापाथलीदेखि कुपन्डोल र पुल्चोकसम्मका मुख्य सडकमा लामो समयसम्म सवारीसाधनको लाइन देखिन्छ।
चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा सवारीसाधनको चाप अझ बढ्ने देखिन्छ।
साँझ परेपछि काठमाडौँमा देखिएको सवारी चापको दृश्य।






-
entertainment2 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment3 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 days agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
entertainment4 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
entertainment4 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment3 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
-
Auto2 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस
-
entertainment4 weeks agoगोकर्णमा कुशे औंसी


You must be logged in to post a comment Login