Feature

संसद भवनमा जलेका सवारी साधन

Published

on

गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट ध्वस्त बनेको संसद भवन परिसर अहिले कबाडखानाजस्तो लाग्न थालेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएर शेष तुल्याएका सवारी साधन उरूङ लगाइएको हो। संसद भवन परिसरमा जलाइएका मात्र नभई सिंहदरबार र आसपासका सरकारी कार्यालयमा जलाइएका सवारी साधन पनि त्यहाँ ल्याइएको छ।

जसका कारण जनप्रतिनिधिहरूको थलो संसद भवन अहिले कबाडखाना जस्तो देखिन्छ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरू भएको जेन जी आन्दोलन भदौ २३ गते संसद भवन पुग्दा रणमैदानमा परिणत भयो। सरकारले व्यापक दमन ग¥यो। संसद भवनको सुरक्षार्थ तैनाथ प्रहरीले १७ जना युवालाई गोली हानेर हत्या गरेपछि भोलिपल्ट प्रदर्शनकारीहरूले संसद भवन जलाइदिएका थिए। उक्त आगजनीबाट संसद भवन खण्डहर बनेको छ। 

संसदको छानो खसेको छ भनेर भवनका चोटाकोठा आगो लाग्न कतै बाँकी छैन। खण्डहर संसद भवन भित्र छिर्न कठिन छ भने यस वरपर पनि उस्तै डरलाग्दो देखिन्छ। जलेका सवारी साधनसमेत त्यहीँ थुपार्ने थालेपछि संसद भवन कबाडखानाजस्तो लाग्न थालेको हो।

#GenZAndolan #NepalProtest #ParliamentBurnt #NepalNews #SamsadBhawan #GenZMovement #NepaliPolitics #NepalUnrest #BreakingNewsNepal #YouthUprising #NepalCrisis #KabadKhanna #PoliticalProtest #NepalUpdate

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version