Offbeat
लगनखेलमा पुननिर्माण हुदै गरेको सप्तपाताल पोखरी

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ।
नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीलाई त्यसको पुरानै लिच्छविकालीन स्वरूपमा फर्काउने प्रयास भएको हो।

ललितपुर महानगरपालिकाले यो महत्वपूर्ण पुनर्निर्माणको जिम्मा लिएको छ।
सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको जग्गा दर्ता खारेज गरेपछि र १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातालको नाममा बनेपछि पुनर्निर्माणको बाटो खुलेको हो।

लगनखेल बसपार्क नजिकै अशोक स्तूपसँगै रहेको सप्तपाताल पोखरी कुनै समय करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको थियो।

तर, समयक्रमसँगै अतिक्रमणका कारण यसको क्षेत्रफल डेढ-दुई रोपनीमा खुम्चिएको थियो। बचेको भाग पनि पानीविहीन भई घाँसघारी र फोहोरको थुप्रोमा परिणत भएको थियो।
यो हराउँदै गएको सम्पदालाई पुरानै अवस्थामा फर्काउन स्थानीय पूर्ण स्थापितले १५ वर्ष लामो कानुनी लडाइँ लडेका थिए। विशेषगरी, नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी जग्गा अतिक्रमण गरेको थियो। पूर्ण स्थापितले पोखरीको जग्गा पोखरीलाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
२०७६ असार २३ गते, सर्वोच्च अदालतले अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो। सोही आदेशको पालना गर्दै हाल सप्तपाताल पोखरीलाई त्यसको ऐतिहासिक स्वरूपमा फर्काउने काम भइरहेको छ, जसले गर्दा ललितपुरको एउटा महत्वपूर्ण सम्पदाले नयाँ जीवन पाएको छ।




lifestyle
काठमाडौंका आकाशे पुल किन अपूरा छन्?

काठमाडौंको चक्रपथ अन्तर्गत विभिन्न स्थानमा पैदल यात्रुको लागी बन्ने भनेको आकाशेपुलहरु अलपत्र अवस्थामा छन्।

केही ठाउँमा भने आकाशे पुल निर्माणको काम अगाडि बढेको छ।
जोखिम मोलेरै बाटो काट्न बाध्य पैदल यात्रुहरुको निम्ती अधुरा आकाशे पुलको निर्माण अब अघि बढेको छ।
काठमाडौंको बल्खु स्थित अलपत्र रहेको आकाशे पुल निर्माण अघि बढेको छ।

महर्जन पुर्णचण्डी ड्रामा जेभीले ठेक्का पाएको यो आकाशे पुल विभिन्न समयमा म्याद गुज्रिएपछि बल्ल निर्माणको काम अघि बढेको हो।
यस्तै सानेपा लगाएतका ठाउँहरुमा पिल्लर मात्र ठड्याउने काम भएको छ भने यात्रुहरु जोखिम मोलेरै सडक पार गर्न बाध्य छन्।


Offbeat
आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्मजयन्ती

आज आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइएको छ।

यस अवसरमा काठमाडौंमा विशेष समारोहहरू आयोजना गरियो।

बिहानै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको थियो।
यस कार्यक्रममा सभामुख देवराज घिमिरे र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त लगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।

माल्यार्पणपश्चात् भानुभक्तको सम्झनामा प्रभातफेरि आयोजना गरियो, जसमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि उत्साहपूर्वक सहभागी भएका थिए।








Feature
चोभार गल्छी विवाद के हो ? भिडियो

काठमाडौंको चोभार गल्छी आसपासबाट गेग्रान तथा ढुंगा हटाउने सरकारी योजना विवादमा परेको छ।
काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहरी विकास मन्त्रालयसँग मिलेर ढुंगा हटाउने तयारी गरे पनि स्थानीयको विरोधपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

सहरी विकास मन्त्रालयले नेपाली सेनाको सहयोगमा चोभार गल्छी सफा गर्ने योजना बनाएको थियो। तर कीर्तिपुर र खोकनावासी आन्दोलित बनेका छन्।

उनीहरूले गल्छीको प्राकृतिक संरचना र ऐतिहासिक सम्पदा संकटमा पर्ने तर्क गर्दै विरोध जनाइरहेका छन्। सम्पदा अभियन्ताहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध जनाएका छन्।
स्थानीयले गल्छीलाई ‘न्हुछिकाप’ भनेर चिन्ने गर्छन्।

गत वर्ष मनसुनको समयमा असोज १०–१३ गतेको भारी वर्षाले बागमती, विष्णुमती, र नख्खु खोलाका किनार क्षेत्रहरू डुबानमा परेका थिए।
सो घटनालाई दृष्टिगत गर्दै चोभार गल्छी साँघुरो भएको र ठूला ढुंगाले पानीको बहाव रोक्ने भन्दै सफा गर्ने तर्क गरिएको हो।
तर स्थानीयको कडा विरोधका कारण योजना अहिले स्थगित छ।



-
Theatre3 weeks ago
कौशी नाटक घरमा ‘सिक रूम’
-
entertainment2 weeks ago
पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ सार्वजनिक
-
Theatre2 days ago
‘चन्द्रलाई कसले मार्यो?’: क्वियर समुदायको मौन वेदना
-
entertainment3 weeks ago
मिस नेपाल २०२५ को आवेदन खुल्ला
-
Feature4 weeks ago
ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)
-
Video1 week ago
सूर्यविनायक–धुलिखेल सडक विस्तार कति भयो ?
-
Offbeat3 weeks ago
महाराजगञ्ज-चप्पल कारखाना खण्ड चक्रपथ विस्तार
-
entertainment4 weeks ago
पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव सुरु