Feature

यस्तो बन्दैछ यमबुद्ध स्केट पार्क

Published

on

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सुरू गरिएको “यमबुद्ध स्केटबोर्ड पार्क” अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ।

लामो समयदेखि काठमाडौंका स्केटबोर्ड खेलाडी र युवाहरूले सार्वजनिक स्केट पार्कको माग गर्दै आएका थिए। तर जग्गा अभाव र विभिन्न प्रशासनिक समस्याका कारण यो योजना बारम्बार रोकिँदै आएको थियो।

सुरूमा पार्क वडा नम्बर १६ मा बनाउने योजना थियो। तर आवश्यक जग्गा प्राप्त हुन नसकेपछि योजना रोकियो। पछि काठमाडौं–५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय समुदाय र महानगरको सहकार्यपछि १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि निर्माण काम सुरू गरिएको हो।

हिपहप कलाकार यम बुद्धको सम्झनामा बनिरहेको यो पार्क अब युवाहरूको नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ। यहाँ अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया, र्याम्प, बाउल, खेलमैदान, ओपन जिम, भलिबल कोर्ट र सार्वजनिक शौचालय लगायतका संरचना निर्माण भइरहेका छन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version