Connect with us

Feature

ग्वार्को फ्लाइओभरमा कालोपत्रे सुरू

Published

on

ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभरको संरचना निर्माण सकिएपछि कालोपत्रे कार्य सुरू गरिएको छ। २०७९ मंसिर १६ गतेदेखि सुरू भएको फ्लाइओभरको कोटेश्वरतर्फको भागमा अहिले कालोपत्रे भइरहेको छ भने सातदोबाटोतर्फको भाग पनि मौसम अनुकूल भए बिहीबार रातिसम्म कालोपत्रे गरिने निर्माण कम्पनीले जनाएको छ।

फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने सवारी चढ्नका लागि दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटर लम्बाइको र्‍याम्प निर्माण हुनेछ। कुल ४५५ मिटर लम्बाइको यो परियोजनाको ८२ प्रतिशत काम सकिएको छ। बाँकी काम समयमै सम्पन्न भएमा फ्लाइओभर जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी छ।

फ्लाइओभर निर्माणको जिम्मा आशिष–समानान्तर जेभीले लिएको हो।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

घाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार

Published

on

न्युयोर्क –
तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ।

न्युयोर्कको लङ आइल्याण्ड सिटीस्थित फाइभ स्टार बैंक्वेट हलमा आयोजित कार्यक्रममा तमु समुदायका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तमु परिवार न्युयोर्क इन्क.का अध्यक्ष श्री बिन प्रसाद घलेको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका माननीय महावाणिज्यदूत श्री दधि राम भण्डारी (नेपाली महावाणिज्यदूतावास, न्युयोर्क) तथा विशेष अतिथिका रूपमा Assembly Member Steven Raga (District 30) उपस्थित रहनुभएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन सचिव श्री देब गुरुङले गर्नुभएको थियो।

स्वागत मन्तव्य सल्लाहकार श्री चित्र बहादुर गुरुङ (चित्र कोने तमु) ले राख्नुभयो भने कार्यक्रमको उद्देश्य र जानकारी निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्रीमती मनिता देवी गुरुङले प्रस्तुत गर्नुभयो।

शुभकामना मन्तव्य बाल्टिमोर गुरुङ तमु समाज इन्क.का संस्थापक सल्लाहकार एवं एनआरएनए एनसीसी मेरील्याण्ड च्याप्टरका अध्यक्ष श्री कुल गुरुङ, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टरका अध्यक्ष श्री दण्डपानी लामिछाने (बासु) तथा विशेष अतिथि Steven Raga ले दिनुभएको थियो।

प्रमुख अतिथि श्री भण्डारीले तमु समुदायले विदेशमा रहेर पनि संस्कृति संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। सभाध्यक्ष श्री घलेको मन्तव्यसहित औपचारिक कार्यक्रम समापन भयो।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत घाँटु नृत्य र कृष्ण चरित्र नृत्य प्रत्यक्ष रूपमा प्रस्तुत गरियो। घाँटु नृत्यमा सल्लाहकार लाल बहादुर गुरुङ (घाँटु गुरु), संस्थापक घाँटु गुरुस्यो चिनु घले, घाँटु सरी श्वेता गुरुङ र शुष्मा गुरुङ सहभागी थिए। निर्देशन तथा बाध्यवादनमा भूपेन्द्र गुरुङसहित कलाकारहरूको टोली थियो। कृष्ण चरित्र नृत्यमा पनि गुरुङ समुदायका कलाकारहरूले जीवन्त प्रस्तुति दिए।

यसका अतिरिक्त ङोल्स्यो मास्यो जी, लोकप्रिय गीतहरूको संगालो, न्याउली, लोक दोहोरी तथा गुरुङ मौलिक गीत र नृत्य प्रस्तुत गरियो।

ख्यातिप्राप्त गायिका ज्योति गुरुङ र गायक मनित गुरुङको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो।

तमु परिवार न्युयोर्क इन्कले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, सल्लाहकार, स्वयंसेवक तथा सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएको छ।

.

Continue Reading

Feature

पहिलो तमू फोटो प्रतियोगिता सम्पन्न

Published

on

काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंको समन्वयमा पहिलो तमू फोटो प्रतियोगिता आयोजना गरेको छ।

आईटीसीका महासचिव अधिवक्ता राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईटीसीकी सचिव रुपा गुरुङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ, तमू ल्होसार मूल आयोजक समिति २०८२ का अध्यक्ष धर्मराज राजु गुरुङलगायतको उपस्थिति थियो।

प्रतियोगितामा गुरुङ समुदायका फोटो पत्रकारहरूले विभिन्न गुरुङ बस्तीमा खिचेका १६८ फोटो सहभागी गराएका थिए। तीमध्ये गुरुङ संस्कृति, परम्परा र रीतिरिवाज झल्किने २५ फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो।

प्रदर्शित फोटोमध्ये उत्कृष्ट पाँच फोटो चयन गरी प्रथम, द्वितीय, तृतीय र दुई सान्त्वना पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा राम गुरुङ प्रथम, युनिश गुरुङ द्वितीय र आश गुरुङ तृतीय भए। सान्त्वना पुरस्कार नवीनबाबु गुरुङ र सुजन गुरुङले प्राप्त गरेका छन्।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार विजेतालाई जनही तीन–तीन हजार रुपैयाँ प्रदान गरिएको थियो। पुरस्कार वितरण तमू ल्होसार महोत्सवअन्तर्गत पुस १४ गते काठमाडौंको टुँडिखेलमा गरिएको छ।

संस्थागत रूपमा पहिलो पटक आयोजना गरिएको यो फोटो प्रतियोगिता ऐतिहासिक र अर्थपूर्ण भएको आयोजकले बताएका छन्। फोटो प्रदर्शनीमार्फत तमू (गुरुङ) समुदायको संस्कृति, जीवनशैली र पहिचानलाई उजागर गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङले बताए।

अन्तर्राष्ट्रिय तमू काउन्सिलले आगामी दिनमा थप विधा समेट्दै अझ बृहत् फोटो प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Feature

तमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा पत्रकारिता पुरस्कार वितरण

Published

on

काठमाडौँ — तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (ATJON) ले तमू ल्होसारको अवसरमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पनि एक कार्यक्रमबीच वितरण गरेको छ।

सञ्चारकर्मका विभिन्न विधामा सक्रिय गुरुङ तथा गैर–गुरुङ सञ्चारकर्मीलाई प्रदान गरिने उक्त पुरस्कारबाट यस वर्ष छ जना सम्मानित भएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गुरुङ समुदायले वर्षभरि हासिल गरेका उपलब्धि समेटिएको वार्षिक मुखपत्र ‘GurungNews.com’ को विमोचनसमेत गरिएको थियो।

२०८२ साल पुस ९ गते काठमाडौँको अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सभाहलमा सम्पन्न कार्यक्रममा पूर्व प्रधान सेनापति छत्रमान गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट गुरुङ समुदायबाट धनबहादुर गुरुङ र गैर–गुरुङ समुदायबाट श्यामकृष्ण श्रेष्ठ पुरस्कृत हुनुभएको हो।

यस्तै, सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार रबिन गुरुङलाई प्रदान गरिएको छ भने तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट इच्छा गुरुङ सम्मानित हुनुभएको छ। आदिकवि हर्कबहादुर गुरुङ पत्रकारिता पुरस्कारबाट खुशीमाया गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सूचना गुरुङ पुरस्कृत हुनुभएको छ।

कार्यक्रममा वक्ताहरूले तमू (गुरुङ) समुदायभित्र पत्रकारिता र सञ्चारकर्मको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता सम्मानले सञ्चारकर्मीलाई थप जिम्मेवार र उत्साहित बनाउने विश्वास व्यक्त गरेका थिए।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com