Connect with us

Theatre

‘चन्द्रलाई कसले मार्यो?’: क्वियर समुदायको मौन वेदना

Published

on

काठमाडौंको थापागाउँ स्थित मण्डला नाटकघरमा ‘चन्द्रलाई कसले मार्यो?’ नाटकको नियमित मञ्चन भइरहेको छ।

रङ्गकर्मी सन्दीप श्रेष्ठ को परिकल्पना, लेखन र निर्देशनमा तयार पारिएको नाटकले क्यवेर समुदायको गहन आत्म-अन्वेषण र उनीहरूले भोग्दै आएका अदृश्य पीडाहरूलाई नाटकले समेटेको छ।

नाटकले फरक लैङ्गिक क्षमता भएका एक व्यक्तिको मानसिक संघर्ष, डिप्रेसन र आत्महत्या जस्ता संवदेनशील विषयहरूलाई नजिकबाट केलाएको छ।

एलजीबीटीक्यूआइएईप्लस समुदायभित्रका कथाहरूलाई मूलधारमा ल्याउने प्रयासस्वरूप यो नाटकले ती अदृश्य घाउहरूलाई उजागर गरेको छ, जुन समाजमा अक्सर लुकाइएका हुन्छन्।

निर्देशक श्रेष्ठले यस समुदायका व्यक्तिहरूले वर्षौंदेखि आफ्नो अस्तित्वसँग गरिरहेको युद्ध, समाजमा खुलेर बोल्न नसक्ने बाध्यता, र आफ्ना भावनाहरू व्यक्त गर्ने भाषा नपाउने छटपटीलाई नाटकमा जीवन्त रूप दिएका छन्।

‘चन्द्र’ नामक मुख्य पात्रको आँखाबाट संसार हेर्ने प्रयास गरिएको यस नाटकमा सम्बन्धहरूको बदलिँदो स्वरूप र हरेक पात्रको फरक दृष्टिकोणलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

यो नाटकले दर्शकलाई क्वियर समुदायका सदस्यहरूको भित्री संसारमा डोर्याउँछ र उनीहरूले दैनिक जीवनमा अनुभव गर्ने आत्मसंघर्ष र सामाजिक चुनौतीहरूलाई गहिरोसँग बुझ्ने अवसर प्रदान गर्छ।

साउन १८ गतेसम्म मञ्चन हुने यस नाटकमा निर्देशक सन्दीप श्रेष्ठसहित भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईं लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो नाटक सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शोका साथ मञ्चन भइरहेको छ।

‘चन्द्रलाई कसले मार्यो?’ केवल एउटा नाटक मात्र नभई, क्वियर समुदायको आवाज हो – एक मौन तर शक्तिशाली पुकार जसले समाजलाई उनीहरूको पीडा बुझ्न र उनीहरूलाई स्वीकार गर्न आह्वान गर्छ।

यो नाटक हेर्नु भनेको फरकपनलाई अँगाल्ने र मानव अनुभवको विविधतालाई सम्मान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चाल्नु हो।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Art

द टेस्ट अफ सेलरोटी

Published

on

कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।

मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले मानवीय सम्बन्ध, बिछोड, शोक, स्मृति र आकाङ्क्षाका गहिरा अनुभूतिलाई कलात्मक ढङ्गले रङ्गमञ्चमा प्रस्तुत गरेको छ।

नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर दर्शकमाझ ल्याएको छ।

मिथक, कला, विभिन्न भाषा तथा बोली, र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका तहहरूलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ।

नाटकले समय, स्मृति र मानिसबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले केलाउँदै दर्शकलाई आत्मीय भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।

नाटकमा कलाकार बेदना खेरसुङ्मा राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराई ले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँच ले तयार गरेका छन्।

नाटक मंगलबार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।

Continue Reading

entertainment

बाह्रमासे घाटु

Published

on

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–भंगालमा गुरुङ समुदायमा प्रचलित बाह्रमासे घाटु नृत्य प्रदर्शन गरिएको छ।

भंगालस्थित गुरुङ समुदायले आयोजना गरेको घाटु भोज कार्यक्रममा समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको बाह्रमासे घाटु नृत्य प्रस्तुत गरिएको हो।

गुरुङ समुदायमा बाह्रमासे घाटु नृत्य खुसीयाली, मेला–पर्व, स्वागत–सत्कार, सांस्कृतिक उत्सव तथा विभिन्न विशेष समारोहका अवसरमा प्रदर्शन गर्ने परम्परा रहेको छ।

Continue Reading

Feature

पर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान

Published

on

नेपाल पर्यटन बोर्ड लाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप प्रतिष्ठित “पाटा दीर्घकालीन सदस्यता सम्मान” प्रदान गरिएको छ।

उक्त सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँग मा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद खनालले उक्त सम्मान ग्रहण गरेका थिए।

यस सम्मानले पाटासँग नेपाल पर्यटन बोर्डको दीर्घकालीन सहकार्य, क्षेत्रीय पर्यटन सहकार्य सुदृढीकरण, दिगो पर्यटन विकास तथा विश्व पर्यटन प्रवर्द्धनप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको जनाइएको छ।

सम्मेलनका अवसरमा नेपालको निजी पर्यटन क्षेत्रसमेत सम्मानित भएको छ। यति ट्राभल्स लाई ६० वर्षे साझेदारीका लागि सम्मान प्रदान गरिएको थियो भने सुमन पाण्डे लाई पाटा आजीवन सदस्यका रूपमा सम्मान गरिएको छ।

उक्त सम्मानले क्षेत्रीय पर्यटन उद्योगमा नेपालको सक्रिय सहभागिता, सहकार्य तथा नेतृत्वदायी भूमिकालाई थप उजागर गरेको पर्यटन बोर्डले जनाएको छ।

पाटा वार्षिक सम्मेलन २०२६ मा एशिया–प्रशान्त क्षेत्रका पर्यटन नेतृत्वकर्ता, नीति निर्माता, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। सम्मेलनमा दिगो तथा उत्थानशील पर्यटनको भविष्यबारे व्यापक छलफल भइरहेको बताइएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com