Auto
यामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
काठमाडौंस्थित भृकुटीमण्डप मा नयाँ वर्षको अवसर पारेर यामाहा नेपालले आयोजना गरेको ‘ब्लु फेस्ट’ मेलाले अटोमोबाइल क्षेत्रमा विशेष आकर्षण थपेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले मेलाबारे जानकारी दिँदै भने, “हामीले यामाहाको ७० वर्ष लामो विरासत र आधुनिक हाइब्रिड प्रविधिलाई एकै ठाउँमा प्रस्तुत गरेका छौं, जसले ग्राहकलाई नयाँ अनुभव दिनेछ।”
उनका अनुसार प्रदर्शनीमा यामाहाका ऐतिहासिक टू-स्ट्रोक इन्जिनदेखि अत्याधुनिक हाइब्रिड बाइकसम्म राखिएका छन्। विशेषगरी एफजेड सिरिजको नयाँ संस्करण सार्वजनिक गरिएको छ, जसले दर्शक र ग्राहकको ध्यान तानेको छ।
“ग्राहकलाई सहज बनाउने उद्देश्यले हामीले ५ लाख रुपैयाँसम्म क्यासब्याक, सस्तो ब्याजदरमा फाइनान्स सुविधा र आकर्षक एक्सचेन्ज अफर ल्याएका छौं,” अग्रवालले बताए। उनका अनुसार पुराना बाइक तथा स्कुटर साटेर नयाँ खरिद गर्न सकिने व्यवस्था गरिएको छ, जसले धेरैलाई फाइदा पुर्याउने विश्वास कम्पनीले लिएको छ।
मेलामा आउने आगन्तुकहरूले नयाँ मोडलहरूको टेस्ट ड्राइभ लिनुका साथै विभिन्न प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। कम्पनीले सबै वर्गका ग्राहकलाई लक्षित गर्दै गुणस्तरीय र इन्धन बचत गर्ने सवारी साधनको अनुभव लिन मेलामा सहभागी हुन आग्रह गरेको छ।
समग्रमा, ‘ब्लु फेस्ट’ ले यामाहाको गौरवशाली इतिहास र भविष्यको प्रविधिलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्दै उपभोक्तालाई आकर्षक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।




Auto
फक्सवागेनको ‘जेटा’ब्राण्ड ‘जेटा’ ब्राण्ड सार्वजनिक
विश्व चर्चित अटोमोबाइल कम्पनी फक्सवागेनले चीनलाई लक्षित गर्दै ‘जेटा’ नामक नयाँ ब्राण्डमार्फत सस्तो इलेक्ट्रिक गाडी (ईभी) बजारमा प्रवेश गर्ने तयारी गरेको छ। बेइजिङ अटो शोअघि सार्वजनिक गरिएको ‘जेटा एक्स कन्सेप्ट’ कम्पनीको नयाँ रणनीतिक कदमका रूपमा हेरिएको छ।
चीनको साझेदार FAW-Volkswagen सँग मिलेर सञ्चालन भइरहेको जेटा ब्राण्ड यसअघि बजेट पेट्रोल कारका लागि चिनिन्थ्यो। अब भने यो ब्राण्डलाई पूर्ण रूपमा न्यू इनर्जी भेहिकलतर्फ केन्द्रित गरिने कम्पनीले जनाएको छ।
जेटाले प्योर ईभी, हाइब्रिड र प्लग-इन हाइब्रिड गाडी उत्पादन गर्ने योजना बनाएको छ। सन् २०२८ सम्ममा पाँच नयाँ मोडल बजारमा ल्याउने लक्ष्य राखिएको छ, जसमा चार वटा इलेक्ट्रिक र एउटा पेट्रोल मोडल हुनेछ।
कम्पनीका अनुसार पहिलो इलेक्ट्रिक मोडलको मूल्य करिब १४ हजार ७०० अमेरिकी डलर रहनेछ, जसले सस्तो मूल्यमा ईभी उपलब्ध गराउने अपेक्षा गरिएको छ। वार्षिक ४ देखि ५ लाख युनिटसम्म बिक्री गर्ने लक्ष्य राखिएको छ।
हाल ‘एक्स कन्सेप्ट’ को मोटर, ब्याट्री र अन्य प्रविधिका विवरण सार्वजनिक गरिएको छैन। तर यस कदमले चीनमा बढ्दो प्रतिस्पर्धाबीच फक्सवागेनलाई बलियो बनाउने विश्वास गरिएको छ।
Auto
विश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
विश्वप्रसिद्ध अमेरिकी राइड–सेयरिङ कम्पनी उवर नेपालमा औपचारिक प्रवेश गर्ने तयारीमा रहेको छ। पछिल्लो समय नेपाली बजारमा चलेको चर्चा र विभिन्न स्रोतका अनुसार कम्पनीले आगामी केही महिनाभित्रै सेवा सुरु गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।
उबरले नेपाल सरकारको परिमार्जित सेवा उद्योगसम्बन्धी कानुनअनुसार दर्ता प्रक्रिया अगाडि बढाउन कानुनी परामर्श लिइरहेको बताइएको छ। राइड–सेयरिङलाई व्यवस्थित बनाउन ल्याउन लागिएको अन्तरिम मापदण्डअनुसार नै कम्पनीले आफ्नो सञ्चालन मोडेल तयार गरिरहेको बुझिएको छ।
यसैबीच, उबरका प्रतिनिधिहरूले केही समयअघि नेपाल भ्रमण गरी यहाँको बजार, ट्राफिक अवस्था तथा सम्भाव्यता अध्ययन गरिसकेको रिपोर्टहरू सार्वजनिक भएका छन्। विगतमा चौधरी ग्रुप सँग सहकार्यमा आउने चर्चा भए पनि हाल कम्पनीले आफ्नै मोडेल वा स्थानीय प्रतिनिधिमार्फत प्रवेश गर्ने तयारी गरेको स्रोतको दाबी छ।
सन् २००९ मा अमेरिकाको सान फ्रान्सिस्कोबाट सुरु भएको उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ। यो परम्परागत ट्याक्सी कम्पनी नभई मोबाइल एपमार्फत चालक र यात्रुलाई जोड्ने डिजिटल प्लेटफर्म हो। यसअन्तर्गत कार राइड, मोटरसाइकल सेवा, प्रिमियम सेवा तथा उवर इट्स जस्ता सेवा उपलब्ध छन्।
नेपालको बजारमा अहिले पठाओ, ईनड्राइभ र याङ्गो जस्ता कम्पनीहरू सक्रिय छन्। यद्यपि, उबरको आगमनले प्रतिस्पर्धा थप चर्किने र सेवाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार उबरले अन्तर्राष्ट्रिय स्तरका सुरक्षा फिचर—लाइभ ट्र्याकिङ, राइड इन्स्योरेन्स र चालकको पृष्ठभूमि प्रमाणीकरण—मार्फत प्रयोगकर्ताको विश्वास जित्न सक्छ। साथै, नेपाल आउने विदेशी पर्यटकका लागि समेत यो सेवा उपयोगी बन्ने देखिन्छ।
तर, स्थापित प्रतिस्पर्धीबीच उबरले मूल्य निर्धारण र चालकलाई दिने सुविधा क्षेत्रमा चुनौती सामना गर्नुपर्ने देखिन्छ।
हालसम्म कम्पनीले आधिकारिक रूपमा लन्च मिति सार्वजनिक नगरे पनि, उबरको नेपाल प्रवेशले डिजिटल यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
Auto
रोयल एन्फिल्डको ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक
रोयल एन्फिल्डले नेपाली बजारमा ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नामक नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ।
बोबर–प्रेरित डिजाइनमा तयार गरिएको यो मोडलले स्वतन्त्र र खुला जीवनशैली झल्काउने लक्ष्यसहित राइडर–केन्द्रित सुविधाहरू समेटेको कम्पनीले जनाएको छ।
नयाँ बाइकमा ३४९ सिसी एयर–अयल कुल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपिएममा २०.२ बीएचपी शक्ति र ४,००० आरपिएममा २७ एनएम टर्क उत्पादन गर्छ। इन्जिनलाई आरामदायी र स्मुथ राइडिङ अनुभवका लागि विशेष रूपमा ट्युन गरिएको बताइएको छ।

यसमा ५–स्पिड गियरबक्सका साथै असिस्ट–एन्ड–स्लिपर क्लच, यूएसबी टाइप–सी चार्जिङ पोर्ट जस्ता आधुनिक फिचरहरू उपलब्ध छन्, जसले सहरदेखि राजमार्गसम्म सहज यात्रा अनुभव दिने कम्पनीको दाबी छ।
डिजाइनतर्फ सिंगल–सिट बोबर स्टाइल, फ्लोटिङ राइडर सिट, ट्युबलेस स्पोक ह्विल, चोपर–स्टाइल फेन्डर र स्ल्यास–कट एग्जस्टले यसलाई प्रिमियम र आकर्षक लुक प्रदान गरेका छन्।
कम्पनीका अनुसार ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुनेछ।
मूल्यतर्फ ‘स्याक ब्ल्याक’ र ‘पर्पल हेज’ भेरियन्टको मूल्य पाँच लाख ९८ हजार रुपैयाँ तोकिएको छ भने ‘ट्रिप टिल’ र ‘रेभ रेड’ संस्करणका लागि छ लाख २ हजार रुपैयाँ कायम गरिएको छ।
-
Auto1 week agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat3 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
Fashion4 weeks agoविविधायन सौन्दर्यम
-
entertainment3 weeks agoशोले निर्माण कथा निफमा
-
Art2 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Feature3 weeks agoभक्तपुर दरबार स्क्वायर
-
Offbeat3 weeks agoगुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति
-
lifestyle3 weeks agoगहना खोज्ने जात्रा


You must be logged in to post a comment Login