TAMU LHOSAR 2079
Offbeat
लगनखेलमा पुननिर्माण हुदै गरेको सप्तपाताल पोखरी

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ।
नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीलाई त्यसको पुरानै लिच्छविकालीन स्वरूपमा फर्काउने प्रयास भएको हो।

ललितपुर महानगरपालिकाले यो महत्वपूर्ण पुनर्निर्माणको जिम्मा लिएको छ।
सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको जग्गा दर्ता खारेज गरेपछि र १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातालको नाममा बनेपछि पुनर्निर्माणको बाटो खुलेको हो।

लगनखेल बसपार्क नजिकै अशोक स्तूपसँगै रहेको सप्तपाताल पोखरी कुनै समय करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको थियो।

तर, समयक्रमसँगै अतिक्रमणका कारण यसको क्षेत्रफल डेढ-दुई रोपनीमा खुम्चिएको थियो। बचेको भाग पनि पानीविहीन भई घाँसघारी र फोहोरको थुप्रोमा परिणत भएको थियो।
यो हराउँदै गएको सम्पदालाई पुरानै अवस्थामा फर्काउन स्थानीय पूर्ण स्थापितले १५ वर्ष लामो कानुनी लडाइँ लडेका थिए। विशेषगरी, नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी जग्गा अतिक्रमण गरेको थियो। पूर्ण स्थापितले पोखरीको जग्गा पोखरीलाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
२०७६ असार २३ गते, सर्वोच्च अदालतले अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो। सोही आदेशको पालना गर्दै हाल सप्तपाताल पोखरीलाई त्यसको ऐतिहासिक स्वरूपमा फर्काउने काम भइरहेको छ, जसले गर्दा ललितपुरको एउटा महत्वपूर्ण सम्पदाले नयाँ जीवन पाएको छ।




entertainment
पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ सार्वजनिक

काठमाडौं, असार २१
नेपाली चलचित्र इतिहासको विविध पक्ष समेटिएको ऐतिहासिक पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ हालै सम्पन्न चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सब (रजत जयन्ती) को भब्य समारोहबीच सार्वजनिक गरिएको छ।
उक्त कार्यक्रम सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ को प्रमुख आतिथ्यतामा महेन्द्र पुलिस क्लबको सभा हलमा भएको थियो । चलचित्र विकास बोर्डको प्रकाशनमा सार्वजनिक गरिएको यस पुस्तकमा नेपाली फिल्म उद्योगमा भएका विविध ‘पहिलो’ उपलब्धिहरूलाई तथ्यसहित दस्तावेज गरिएको छ।
पुस्तकका लेखक चलचित्र निर्देशक कमल एक्चै मगर हुन् भने सम्पादनको जिम्मेवारी वरिष्ठ रङ्ग पत्रकार शान्तिप्रियले सम्हालेका छन्। नेपाली चलचित्रको सुरुवाती कालदेखि हालसम्मको यात्रा समेटिएको पुस्तकमा — पहिलो चलचित्र, पहिलो अभिनेत्री, पहिलो निर्देशक, विभिन्न भाषामा बनेका पहिलो फिल्म, प्राविधिक, पुरस्कार तथा सम्मानमा पहिलो स्थान पाएका व्यक्तित्व र फिल्महरूको विवरण समेटिएको छ।

लेखक कमलका अनुसार, “पुस्तकले नेपाली सिनेमाको विकासयात्रालाई सरल भाषामा बुझाउन खोजेको छ, जसले अध्ययन, अनुसन्धान र चलचित्रप्रेमीहरूका लागि महत्वपूर्ण स्रोतको रूपमा काम गर्नेछ।”
कार्यक्रमको समापनमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. ले भने, “यो संस्करण पहिलो हो। केही सामग्री छुटेको हुन सक्छ अथवा आगामी दिनमा नयाँ-नयाँ इतिहास बन्न सक्छ ती सबैलाई समेट्दै छिट्टै दोस्रो संस्करण ल्याइनेछ।”
“नेपाली चलचित्रमा पहिलो” नामक ऐतिहासिक पुस्तकको विमोचन सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, पहिलो नेपाली अभिनेत्री भुवन चन्द, वरिष्ठ कलाकार तथा पूर्व बोर्ड अध्यक्ष कृष्ण मल्ल, निर्देशक तुलसी घिमिरे, संगीतकार शम्भुजित बास्कोटा, र अध्यक्ष दिनेश डि.सी. ले संयुक्तरूपमा गर्नुभएको थियो।

उपस्थित चलचित्रकर्मीहरूले यो पुस्तक नेपाली चलचित्र इतिहासको दस्तावेजिकरणमा एक महत्त्वपूर्ण कोसेढुंगा भएको प्रतिक्रिया दिएका थिए। ‘नेपाली चलचित्रमा पहिलो’ पुस्तकले विगत छ दशकको चलचित्र यात्रा संक्षिप्त र तथ्यपूर्ण रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

Feature
चोभार गल्छी विवाद के हो ? भिडियो

काठमाडौंको चोभार गल्छी आसपासबाट गेग्रान तथा ढुंगा हटाउने सरकारी योजना विवादमा परेको छ।
काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहरी विकास मन्त्रालयसँग मिलेर ढुंगा हटाउने तयारी गरे पनि स्थानीयको विरोधपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

सहरी विकास मन्त्रालयले नेपाली सेनाको सहयोगमा चोभार गल्छी सफा गर्ने योजना बनाएको थियो। तर कीर्तिपुर र खोकनावासी आन्दोलित बनेका छन्।

उनीहरूले गल्छीको प्राकृतिक संरचना र ऐतिहासिक सम्पदा संकटमा पर्ने तर्क गर्दै विरोध जनाइरहेका छन्। सम्पदा अभियन्ताहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध जनाएका छन्।
स्थानीयले गल्छीलाई ‘न्हुछिकाप’ भनेर चिन्ने गर्छन्।

गत वर्ष मनसुनको समयमा असोज १०–१३ गतेको भारी वर्षाले बागमती, विष्णुमती, र नख्खु खोलाका किनार क्षेत्रहरू डुबानमा परेका थिए।
सो घटनालाई दृष्टिगत गर्दै चोभार गल्छी साँघुरो भएको र ठूला ढुंगाले पानीको बहाव रोक्ने भन्दै सफा गर्ने तर्क गरिएको हो।
तर स्थानीयको कडा विरोधका कारण योजना अहिले स्थगित छ।



-
Theatre2 weeks ago
कौशी नाटक घरमा ‘सिक रूम’
-
Feature3 weeks ago
डल्ले खोला
-
lifestyle3 weeks ago
गुरुङ जातीको एउटा मौलिक परम्परा
-
Feature2 weeks ago
ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)
-
entertainment4 weeks ago
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
-
entertainment2 weeks ago
मिस नेपाल २०२५ को आवेदन खुल्ला
-
entertainment4 days ago
पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ सार्वजनिक
-
Offbeat4 weeks ago
नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन