lifestyle
टुँडिखेलसहित सात स्थानमा नेपाल–इंग्ल्यान्ड खेलको प्रत्यक्ष प्रसारण, नेपाल ४ रनले पराजित
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल र इंग्ल्यान्डबीचको खेल काठमाडौं महानगरपालिकाले टुँडिखेलसहित राजधानीका सात स्थानमा ठूला स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा जित नजिक पुगेर पनि नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भयो। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र जोड्न सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४ र लोकेश बमले ३९ रन बनाए। बलिङतर्फ ऐरी र नन्दन यादवले २–२ विकेट लिए।
अब नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग खेल्नेछ।










entertainment
सानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा
लितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ।
एकान्तकुना–कलङ्की सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने रेलिङ, सिँढी र अन्य फिनिसिङका काम जारी रहेका छन्।
वर्षौँदेखि अलपत्र रहेको यो आयोजना पछिल्लो समय तीव्र गतिमा अघि बढाइएको हो। निर्माण कम्पनीले पुलको स्टिल संरचना जडान तथा अन्य प्रमुख प्राविधिक काम पूरा गरिसकेको जनाएको छ।
अब बाँकी रहेका साना प्राविधिक तथा सौन्दर्यकरणका काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
व्यस्त चक्रपथ क्षेत्रमा दैनिक हजारौँ पैदलयात्रीले सडक पार गर्नुपर्ने भएकाले पुल सञ्चालनमा आएपछि आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
साथै, सडकमा हुने पैदलयात्रीको चाप घटेर ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।






entertainment
काठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’
काठमाडौँ उपत्यकाका प्रमुख जात्रा, पर्व र सांस्कृतिक समारोहमा देखिने ‘गुर्जु पल्टन’ नेपाली सेनाको करिब ३०० वर्ष पुरानो परम्परागत गुल्म हो। राष्ट्रिय एकीकरणका क्रममा पृथ्वीनारायण शाहले गोरखाबाट ल्याएको शार्दूल जंग गुल्म नै पछि गुर्जु पल्टनका रूपमा परिचित भएको मानिन्छ।
वि.सं. १९०४ तिर तत्कालीन बडागुरुज्यू विजयराज पाण्डेको सुरक्षामा खटिएपछि सर्वसाधारणले यसलाई ‘गुरुज्यूको पल्टन’ भन्न थालेका थिए। यही नाम समयसँगै अपभ्रंश हुँदै ‘गुर्जु पल्टन’ बनेको इतिहासमा उल्लेख छ।
गुर्जु पल्टनका सैनिकहरू कालो दौरा–सुरुवाल, सेतो बेल्ट र पहेँलो मोजासहितको विशिष्ट पोसाकमा सजिन्छन्। उनीहरूले आज पनि परम्परागत भरुवा बन्दुक बोकेर विभिन्न समारोहमा सलामी दिने गर्छन्।
इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ रथयात्रा, भोटो जात्रा, सेतो मच्छिन्द्रनाथ जात्रा तथा दशैँको फूलपाती भित्र्याउने समारोहलगायत उपत्यकाका प्रमुख सांस्कृतिक पर्वमा गुर्जु पल्टनको उपस्थिति अनिवार्यजस्तै मानिन्छ। जात्राका क्रममा यस पल्टनले परम्परागत धुन बजाउने र औपचारिक सलामी दिने कार्यसमेत गर्छ।
एक समय उपत्यकामा गोरखाली सेनाको प्रतीकका रूपमा चिनिएको गुर्जु पल्टन आज भने नेपाली सेना, इतिहास र काठमाडौँको जीवित सांस्कृतिक सम्पदाबीचको महत्वपूर्ण सेतुका रूपमा स्थापित भएको छ।





Art
द टेस्ट अफ सेलरोटी
कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।
मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले मानवीय सम्बन्ध, बिछोड, शोक, स्मृति र आकाङ्क्षाका गहिरा अनुभूतिलाई कलात्मक ढङ्गले रङ्गमञ्चमा प्रस्तुत गरेको छ।
नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर दर्शकमाझ ल्याएको छ।
मिथक, कला, विभिन्न भाषा तथा बोली, र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका तहहरूलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ।
नाटकले समय, स्मृति र मानिसबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले केलाउँदै दर्शकलाई आत्मीय भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।
नाटकमा कलाकार बेदना खेरसुङ्मा राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराई ले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँच ले तयार गरेका छन्।
नाटक मंगलबार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।








-
entertainment3 weeks agoबेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
-
Auto3 weeks agoलिपमोटर बी १० टप भेरियन्टको मूल्य घट्यो, अब रु. ५४ लाख ९९ हजारमा उपलब्ध
-
Auto4 weeks agoनयाँ सुविधासहितको यामाहा रे–जेडआर १२५ एफआई हाइब्रिड आकर्षक स्कुटर नेपालीबजारमा (भिडियो)
-
Auto4 weeks agoनेपालमा सुरु भयो उबर
-
entertainment3 weeks agoगृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ
-
Feature3 weeks agoभक्तपुरको सबैभन्दा चर्चित अधुरो भवन
-
Art2 days agoरंगमञ्चमा स्यालसिंह
-
Auto4 weeks agoनाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला


You must be logged in to post a comment Login