Connect with us

lifestyle

काठमाडौँमा विश्व आदिवासी दिवस (तस्विरहरु)

Published

on

शनिबार काठमाडौँमा ३१ औं विश्व आदिवासी दिवस आज मनाइएको छ।

नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा रहेका विभिन्न आदिवासी जनजाती समुदायका मानिसहरुली आ-आफ्नो जात जातिको भेषभुषा कला संस्कृति प्रदर्शन गर्दै विश्व आदिवासी जनजाती दिवस मनाएको हो।

संघको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपबाट गुरुङ, मगर, थारू, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरूले आफ्नो ब्यानर सहित सांस्कृतिक झाँकी सहित र्‍याली निकालेका छन् ।

भृकुटीमण्डप बाट निस्केको र्‍याली भद्रकाली, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर मूल समारोहमा परिणत भएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

lifestyle

गहना खोज्ने जात्रा

Published

on

काठमाडौंको प्राचीन बस्ती हाँडीगाउँमा गहना खोज्ने जात्रा भव्य रूपमा मनाइएको छ। यो जात्रा टुँडालदेवी (त्वरंः अजिमा/वैष्णवी)सँग सम्बन्धित छ।

किंवदन्तीअनुसार टुँडालदेवी र उनकी छोरी भाटभटेनी (मपता अजिमा) गहना पोखरीमा नुहाउँदा देवीको गहना हराएको थियो। सोही घटनालाई सम्झँदै हरेक वर्ष खटलाई गहना पोखरी (तिसाः मालिगु पुखु) भित्र लगेर तीन पटक परिक्रमा गराइन्छ र गहना खोज्ने नाटकीय दृश्य प्रस्तुत गरिन्छ।

जात्राको मुख्य दिनमा टुँडालदेवीको मूर्तिलाई खटमा राखेर हाँडीगाउँका सडकमा घुमाइन्छ। त्यसपछि पूजारी तथा स्थानीय बासिन्दाले खटलाई पोखरीभित्र डुबाउँदै परिक्रमा गराउँछन्। धिमे र न्याखिंको मधुर धुन, नाचगान र ठूलो भीडले वातावरण अझ रमाइलो बनाउँछ।

यो जात्रा लिच्छवी कालदेखि चलिआएको मानिन्छ। अन्यत्र नभएको विशेषताका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान पनि प्रचलित छ। जात्रा प्रायः चैत्र शुक्ल अष्टमी वा पूर्णिमातिर सुरु भई प्रतिपदाका दिन मुख्य कार्यक्रम सम्पन्न हुने गर्दछ।

हाँडीगाउँका नेवार समुदायले ठूलो भक्तिभाव र उत्साहका साथ यो परम्परा जोगाउँदै आएका छन्। यस जात्राले स्थानीय सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ।

Continue Reading

Feature

भक्तपुर दरबार स्क्वायर

Published

on

भक्तपुर दरबार स्क्वायर नेपालको सबैभन्दा सुन्दर तथा ऐतिहासिक युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो। यहाँ सदियौँदेखि विकसित न्यूारी कला, वास्तुकला र संस्कृतिको जीवन्त प्रदर्शन देख्न पाइन्छ।

यस क्षेत्रमा पर्यटकहरूको चहलपहल सधैं नै उल्लेखनीय रहने गर्दछ। विशेषगरी मौसम अनुकूल हुँदा र चाडपर्वका बेला यहाँ पर्यटकहरूको आगमन झनै बढ्ने गर्छ।

भक्तपुर दरबार स्क्वायर पुग्दा पर्यटकहरूको रमाइलो चहलपहल उल्लेख्य देखिन्छ। पर्यटकहरू यहाँका मौलिक कला सम्पदाहरू अवलोकन गर्दै रमाइरहेका देख्न सकिन्छ।

भक्तपुरमा दैनिक रूपमा विदेशी तथा आन्तरिक पर्यटकहरू घुम्न आउने गरेका छन्। यहाँका प्रमुख आकर्षणहरू—पचपन्न झ्याले दरबार, स्वर्ण द्वार (गोल्डेन गेट), न्यातापोला मन्दिर, वत्सला मन्दिर तथा भैरवनाथ मन्दिर—घुम्न आउनेहरूले भरिभराउ देखिन्छन्।

बिहानको समयमा यहाँ वातावरण शान्त र भीड कम रहने भए पनि दिउँसो र साँझतिर पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्ने गर्छ।

Continue Reading

Fashion

विविधायन सौन्दर्यम

Published

on

नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) को २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” शनिबार ललितपुरको झम्सिखेलस्थित द प्लाजा नेपालमा सम्पन्न भएको छ। प्रकृतिबाट प्रेरित सिर्जनात्मकता र कलात्मक अभिव्यक्तिको समिश्रण प्रस्तुत गर्ने यो कार्यक्रम नयाँ पुस्ताका डिजाइनरहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च बनेको थियो।

फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थीहरूले छ वटा अवधारणामा आधारित संग्रहमार्फत नेपालको प्राकृतिक भू–दृश्य, जैविक विविधता र सांस्कृतिक सौन्दर्यलाई रनवेमा प्रस्तुत गरेका थिए। “विविधायन सौन्दर्यम्” भन्ने मूल अवधारणाले विविधताभित्रको सौन्दर्यलाई उजागर गरेको थियो।

कार्यक्रमको शुभारम्भ कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले रनवेबाट गरेकी थिइन् भने शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा ३२ जना मोडलहरूले डिजाइनहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।

प्रस्तुत संग्रहहरू प्रकृतिका विभिन्न पक्षमा केन्द्रित थिए। “नेपालियम” ले हिमनदी र पानीको सम्बन्ध, “इरिडेसन्ट शेल्स” ले कीराको संरचना, “आवरण मृत्तिका” ले माटोको गहिराइ, “एभियोरा” ले हिमाली स्वतन्त्रता, “रेड लिस्ट रिभेरी” ले संकटग्रस्त वन्यजन्तु संरक्षण, र “वनस्पति कुसुम” ले पुष्पीय विविधतालाई अभिव्यक्त गरेका थिए।

कार्यक्रममा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करण पनि विमोचन गरिएको थियो।

यो शो पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको शैक्षिक कार्यक्रमको महत्वपूर्ण हिस्सा हो, जसले विद्यार्थीलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर दिन्छ। समग्रमा, कार्यक्रमले नेपाली फेसनको उदीयमान भविष्यलाई सशक्त रूपमा प्रस्तुत गरेको देखिन्छ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com