Connect with us

Feature

RISHI PANCHAMI

Published

on

Nepali Hindu people celebrate Bhadra Shukla Pakshya (bright phase of Lunar cycle) for five days. Rishi Panchami falls after Haritalika Teej and Ganesh Chaturthi. It is one of the most important days of Hindu calendar. Devotees visit nearest temple on this day and worship Saptarishis (7 Sages). Below we have pictures of Hindu women celebrating Rishi Panchami at Banglamukhi Temple, Kathmandu Metropolitan.

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

घारी बनेको चक्रपथ

Published

on

चक्रपथ दोस्रो खण्ड विस्तार ढिलाई हुँदा अधिकांश ठाउँमा घारी बनेको देखिन्छ।

वर्षौंदेखि रोकिएको यो चक्रपथको दोस्रो खण्डमा अहिले —कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार अब चिन सरकारको सहयोगमा अघि बढ्ने भएको छ।

८.२ किलोमिटर लामो यस खण्डमा चिन सरकारको सहयोगमा सडक र पुल निर्माण हुने भएको हो।

यो परियोजाको लागी चीन सरकारले करिब ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ।

यो परियोजना नयाँ भने होइन। सम्झौता त २०७५ सालमै पनिभइसकेको थियो।

त्यसयता कहिले कोरोना महामारी त कहिले साइट क्लियर नभएको बहानामा चिनियाँ पक्षले काम अघि बढाएन।

२०७९ पुसमा साइट निरीक्षण गर्न आएको चिनियाँ टोलीले पनि वरपरका मन्दिर नहटाई काम नगर्ने अडान राख्दै फर्किएको थियो।

यता सडक विभागले भने आफ्नो दायित्व पूरा गरिसकेको छ—तीन वर्षअघि नै दायाँबायाँका संरचना हटाइसकिएको छ, र सर्भिस लेन तथा ढल निकासको काम पनि आंशिक रूपमा गरिएको छ।

तर पटक–पटकको ताकेता बेवास्ता गर्दै चिनियाँ पक्ष आएन, र खाली राखिएको जग्गामा अहिले बर्खायामको झाडी उम्रिसकेको छ।

अब सम्झौता नवीकरण भएसँगै काम वास्तवमै सुरू हुन्छ कि फेरि अलपत्र बस्छ, हेर्न बाँकी छ।

Continue Reading

Auto

सुरुङमार्गमा ‘फन रन एण्ड वाक २०२६

Published

on

काठमाडौं–धादिङ जोड्ने नागढुंगा सुरुङमार्गमा शनिबार बिहान ‘नागढुंगा टनेल फन रन एण्ड वाक २०२६’ आयोजना गरिएको छ।

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को सहकार्यमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई सुरुङमार्गभित्र दौडने र हिँड्ने विशेष अवसर प्रदान गरिएको हो।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवसर पारेर आयोजित कार्यक्रमले नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पूर्वाधार विकासमा भएको सहकार्यलाई उजागर गरेको छ।

कार्यक्रमस्थलमा नेपाल र जापानका राष्ट्रिय झण्डासहितको ब्यानर राखिएको थियो, जसले दुई देशबीचको दीर्घकालीन साझेदारीको सन्देश दिएको छ।

DCIM\108MEDIA\DJI_0654.JPG

Continue Reading

entertainment

पोखराको पुरानो विमानस्थल

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि शहरको केन्द्रभागमा रहेको पुरानो विमानस्थल (पोखरा घरेलु विमानस्थल) हाल साहसिक पर्यटन र हिमाली क्षेत्रका उडानमा केन्द्रित भएको छ ।

सन् १९५८ देखि सञ्चालनमा आएको यो ऐतिहासिक विमानस्थलबाट ठूला व्यावसायिक उडानहरू नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानान्तरण भइसकेका छन् । यद्यपि, भौगोलिक संवेदनशीलता र प्राविधिक सहजताका कारण पोखरा–जोमसोम रुटको उडान भने अझै पनि यही पुरानो विमानस्थलबाट भइरहेको छ ।

यसका साथै, पोखराको पर्यटनको मुख्य आकर्षण मानिने अल्ट्रालाइट उडान, हेलिकप्टर चार्टर र आकस्मिक उद्धारका उडानहरूका लागि यो विमानस्थल अहिले पनि उत्तिकै व्यस्त र उपयोगी माध्यम बनिरहेको छ ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com