Connect with us

lifestyle

काठमाडौंका आकाशे पुल किन अपूरा छन्?

Published

on

काठमाडौंको चक्रपथ अन्तर्गत विभिन्न स्थानमा पैदल यात्रुको लागी बन्ने भनेको आकाशेपुलहरु अलपत्र अवस्थामा छन्।


केही ठाउँमा भने आकाशे पुल निर्माणको काम अगाडि बढेको छ।


जोखिम मोलेरै बाटो काट्न बाध्य पैदल यात्रुहरुको निम्ती अधुरा आकाशे पुलको निर्माण अब अघि बढेको छ।
काठमाडौंको बल्खु स्थित अलपत्र रहेको आकाशे पुल निर्माण अघि बढेको छ।


महर्जन पुर्णचण्डी ड्रामा जेभीले ठेक्का पाएको यो आकाशे पुल विभिन्न समयमा म्याद गुज्रिएपछि बल्ल निर्माणको काम अघि बढेको हो।


यस्तै सानेपा लगाएतका ठाउँहरुमा पिल्लर मात्र ठड्याउने काम भएको छ भने यात्रुहरु जोखिम मोलेरै सडक पार गर्न बाध्य छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

गुरुङ समुदायले मनायो “माङी त्हि”

Published

on

गुरुङ (तमु) समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक तथा पवित्र चाड माङी त्हि का अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

गुरुङ पात्रोअनुसार हि क्हुन्द ङ्हि च्यु लसि त्हि का दिन सृष्टिकर्ता माङी अर्थात् सात आमाहरूको उत्पत्ति भएको विश्वास गरिन्छ। ‘माँ’ अर्थात् आमा र ‘ङि’ अर्थात् सात आमाहरूको जन्मदिनका रूपमा मनाइने माङी त्हि नेपालसहित विश्वभर छरिएर रहेका गुरुङ समुदायले भव्य रूपमा मनाउने परम्परा रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष धनमान गुरुङले गुरुङ समुदायको सांस्कृतिक तथा धार्मिक दर्शनमा १२ खे, ९ महागुरु र ७ माङीको गहिरो महत्व रहेको विषयमा विस्तृत व्याख्या गरे। उनले यी अंकहरू केवल प्रतीक नभई शक्ति एकीकरण, सामाजिक सन्तुलन र निर्णय प्रक्रियासँग प्रत्यक्ष जोडिएको बताए।

उनका अनुसार १२ खे अर्थात् १२ आजिखे गुरुङ समुदायका पुर्खासँग सम्बन्धित संरचना हुन् भने ९ महागुरु सर्वमान्य, त्रिकालदर्शी र दिशानिर्देशक शक्तिका रूपमा व्याख्या गरिन्छन्, जसले उत्तर, दक्षिण, पूर्व र पश्चिम चारै दिशाबाट समाजलाई मार्गनिर्देशन गर्ने विश्वास छ।

विशेषगरी ७ माङी (आमा) को भूमिकालाई अत्यन्त महत्वपूर्ण भएको भन्दै अध्यक्ष गुरुङले प्राचीन गुरुङ समाजमा सामुदायिक तथा पारिवारिक निर्णय महिलाबाटै हुने गरेको उल्लेख गरे। महिलाभित्र निहित “अदृश्य शक्ति” नै समाज सञ्चालनको आधार भएको उनको भनाइ थियो।

उनले उदाहरण दिँदै १२ खे र ९ महागुरुले शक्ति एकीकरणका लागि अन्तिम निर्णयको अधिकार ७ माङीलाई दिएको उल्लेख गरे। सात आमाहरूले १२ खेभित्र रहेका पाँच फैलु (समूह) मा समान प्रतिनिधित्व हुने गरी सन्तुलन कायम गरेको उनले बताए। यसलाई उनले शक्ति एकीकरणको ऐतिहासिक नमुना भन्दै व्याख्या गरे।

गुरुङ समुदायमा पानीलाई सृष्टि, धर्ती र आमाको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले घले गाउँ नजिकै रहेको सात कन्या मन्दिर क्षेत्रमा ७ माङीका प्रतीकात्मक कुण्डहरू रहेको जानकारी दिए। त्यस्तै बुटवल क्षेत्रमा पनि माङीको प्रतीक राखिएको उनले बताए।

राजधानीको गोंगबुस्थित तमु ह्युल छोंज धीं को सभाहलमा आयोजित कार्यक्रम तमूस्यो ह्युला छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको व्यवस्थापन परिषद्का काठमाडौं र ललितपुर जिल्ला कार्यसमितिले गरेका थिए।

कार्यक्रममा गुरुङ जातिको मौलिक कला, भेषभूषा र संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। आयोजकले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै परम्पराको संरक्षण, प्रवर्द्धन र ऐतिहासिक तथा धार्मिक महत्वबारे थप अध्ययन–अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Continue Reading

Feature

२६३ औं सेना दिवस

Published

on

काठमाडौंको टुँडिखेलमा २६३ औं सेना दिवस मनाइएको छ।

 शिवरात्रिको दिनमा पर्ने सेना दिवस आइतबार टुँडिखेलमा मनाइएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। उनी नेपाली सेनाको उनी परमाधिपतिसमेत हुन्।  

उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत उच्च पदस्थ व्यक्तिहरूको पनि समारोहमा सहभागिता थियो। 

सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।  त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्। 

Continue Reading

Feature

जय शम्भो!

Published

on

पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु बाबा तथा भक्तजनहरुको चहलपहल बढेको छ।

आइतबार महाशिवरात्री पर्व मनाइँदैछ।

त्यसका लागि अगाडिदेखिनै देशविदेशबाट साधुसन्तहरु पशुपतिमा आइसकेका छन्।

पशुपति क्षेत्र विकास कोषले उनीहरुको बसोबासको प्रबन्ध गरेको हुन्छ।

शनिबारदेखि नै भक्तजनहरूको पनि पशुपति क्षेत्रमा चहलपहल बढेको छ। 3

महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ।

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन्

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com