Connect with us

Offbeat

क्रिसमसले सजिएको काठमाडौँ (तस्विरहरु)

Published

on

इसाई धर्मका अनुयाईहरूले यतिबेला विश्वभर क्रिसमस डे हर्षोल्लासका साथ मनाई रहेका छन्।

क्रिसमस डे को रुपमा डिसेम्बर २५ मा नेपालमा पनि सार्वजनिक विदा दिइएको छ भने शहरका हरेक ठाउँमा क्रिसमसको उल्लास देखिन्छ।

यसै विच क्रिसमसको पुर्वसन्ध्यामा काठमाडौँका सपिङ सेन्टरहरुमा झिलिमिली बत्तिले सजाइएका छन् भने यशु क्रिष्टसंग सम्वन्धित विभिन्न वस्तुहरु सजाइएको छ।

काठमाडौँ र ललितपुरका केहि सपिङ्गमलहरुमा सोमबार साँझ देखिएको केहि मनोरम दृश्यहरु :

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

नारायणहिटी दरबार संग्रालय

Published

on

यो काठमाडौँ स्थित नारायणहिटी दरबार संग्रालय हो।

हाल यो नेपालको ऐतिहासिक र राजनीतिक परिवर्तनको महत्वपूर्ण प्रतीकका रूपमा उभिएको छ।

पूर्व राजाहरूको आधिकारिक निवास रहेको यो दरबारमा विक्रम सम्बत २०५८ मा जब दरबार हत्याकाण्ड भयो अनि देशमा राजनीतिक परिवर्तन तिब्र बन्दै गयो।

र अन्ततः २०६५ मा नेपालमा गणतन्त्र घोषणा भएसँगै दरबारलाई संग्रहालयमा रूपान्तरण गरियो।

हाल यो सर्वसाधारणका लागि खुला छ, जहाँ आगन्तुकहरूले शाही जीवनशैली, ऐतिहासिक कक्षहरू र महत्वपूर्ण घटनासँग सम्बन्धित स्थलहरू अवलोकन गर्न सक्छन्।

यो संग्रहालय आज नेपालले राजतन्त्रबाट गणतन्त्रसम्म तय गरेको यात्राको जीवित दस्तावेजका रूपमा स्थापित भएको छ।

Continue Reading

Offbeat

गुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार

Published

on

साहित्यकार तथा समालोचक गुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार–२०८२’ प्रदान गरिएको छ। उक्त सम्मान शनिबार काठमाडौंमा आयोजित गुरुङ साहित्यिक मञ्च नेपालको नवौँ स्थापना दिवस समारोहका अवसरमा प्रदान गरिएको हो।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष तथा साहित्यकार गौरी तमुद्वारा गुरुङ सुशान्तलाई नगद रु. ३५,५५५ सहित सम्मान गरिएको हो।

“गुरुङ भाषा र साहित्यको उत्थान: हाम्रो पहिचान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नेपाली साहित्य जगतका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो सत्रमा “तमु पहिचान: शास्त्र, साहित्य र सञ्चारको संवाद” विषयमा छलफल गरिएको थियो भने दोस्रो सत्रमा मूल समारोह उद्घाटनसहित संस्थाको यात्रा सम्बन्धी विविध प्रस्तुति राखिएको थियो।

त्यसैगरी कार्यक्रममा तेजबहादुर घलेद्वारा लिखित ‘बिन्तीपत्र मुक्तकसङ्ग्रह’ पुस्तकको लोकार्पण गरिएको थियो। तमु धीं यूकेको सहकार्यमा आयोजित उक्त कार्यक्रममा गुरुङ समुदायसँग सम्बन्धित विभिन्न पुस्तकहरूको प्रदर्शन तथा बिक्री–वितरणसमेत गरिएको थियो।

Continue Reading

Offbeat

गुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति

Published

on

काठमाडौं — नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको गुरुङ भाषाको कार्यक्रम ‘हाम्रा कुरा’मा गुरुङ समुदायको मृत्युपछिको संस्कार अर्घुँ र त्यसमा निर्माण गरिने जग्गेको महत्वबारे विशेष सामग्री प्रस्तुत गरिएको छ।

कार्यक्रम सञ्चालक अनिता गुरुङले दर्शकलाई स्वागत गर्दै गुरुङ भाषा, संस्कार, संस्कृति तथा गाउँघरका परम्परागत गतिविधिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको बताइन्।

यसपटकको कार्यक्रममा लमजुङको बेशिशहर नगरपालिका–१० निवासी स्वर्गीय तिर्थ बहादुर घलेको अर्घुँको सन्दर्भमा जग्गे निर्माण प्रक्रिया र त्यसमा प्रयोग हुने धार्मिक सामग्रीबारे जानकारी दिइएको थियो। कार्यक्रममा लामा, प्हच्यु, क्ह्याब्रे तथा बोन्पोहरूले आ–आफ्नो विधिअनुसार जग्गेमा राखिने सामग्री र तिनको धार्मिक अर्थबारे व्याख्या गरिएको थियो।

जग्गेमा धर्मपाल गुरु, गुरु रिन्पोछे (पद्मसंभव), महाकाल, बज्रपाणि, पाल्देन लामा लगायतका देवताका प्रतीकात्मक आकृति राखिने र यी सबैले मृतक आत्माको मार्गदर्शन तथा संरक्षण गर्ने विश्वास रहेको कार्यक्रममा उल्लेख गरिएको थियो। त्यस्तै, मृतकको आत्मा बोलाउनका लागि विशेष संरचना ‘किलखोर’ तयार गरिने र त्यसमा चोखो पानी, प्रतीकात्मक शरीर (ओदान) तथा मृतकसँग सम्बन्धित वस्तुहरू राखिने परम्परा पनि देखाइएको थियो।

अर्घुँमा १०० वटा ‘स्हिटो’ पूजा गर्ने चलन रहेको, जसमा ४२ शान्त र ५८ क्रोधित देवताको पूजा गर्नुपर्ने धार्मिक मान्यता रहेको जानकारी पनि कार्यक्रममा दिइयो। यसरी सम्पूर्ण विधि सम्पन्न भएपछि मात्र मृतकको आत्माले मुक्ति पाउने विश्वास गरिन्छ।

कार्यक्रममा गुरुङ लामाको मुखबाटै यी धार्मिक विधि र तिनको अर्थबारे जानकारी प्रस्तुत गरिएको थियो। ‘हाम्रा कुरा’ले यस्ता सामग्रीमार्फत गुरुङ समुदायको मौलिक परम्परा उजागर गर्दै आएको छ।

कार्यक्रमको अन्त्यमा सञ्चालक गुरुङले दर्शकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सांस्कृतिक विषयवस्तु लिएर आउने प्रतिबद्धता व्यक्त गरिन्।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com