Connect with us

Feature

सोह्र श्राद्ध शुरु

Published

on

आजबाट विधिवत सोह्रश्राद्ध शुरु भएको छ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत शुरु भएको हो।

आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरुको भीड लाग्छ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर (वागमती नदी किनार) मा पनि श्राद्ध गर्नेहरुको भीड रहेको छ। आज तनहुँ र चितवनको देवघाटधाम, म्याग्दीको गलेश्वर, बराहक्षेत्र, रुरु क्षेत्र लगायतका पावन भूमिमा श्राद्ध गर्नेहरुको भीड हुन्छ।

आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने पञ्चांगमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र पितृऋणबाट पनि मुक्त मिल्ने कथन छ।

पितृ पक्ष सकिएलगत्तै बडा दशैँ शुरु हुन्छ। ठूलो चाडअघि पितृहरुलाई सन्तुष्ट पार्नु वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको धार्मिक मान्यता छ। जसकारण पनि आजबाट १६ दिनसम्म पितृहरुलाई तर्पण, पिण्डदान, सिधा दान गरेर सोह्रश्राद्धको समापन गरिन्छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारी पूरा

Published

on

काठमाडौं, फागुन २०, २०८२ – निर्वाचन आयोगले भोलि फागुन २१ गते (मार्च ५, २०२६) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

देशभरका २२ हजारभन्दा बढी मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका, अन्य सामग्री तथा कर्मचारीहरू पुगिसकेका छन्। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सुरक्षा व्यवस्था, व्यवस्थापकीय काम सबै पूरा भएको र अवस्था सामान्य रहेको जानकारी दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई उत्साहपूर्वक र निर्भय भएर मतदान गर्न आग्रह गरेका छन्। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

Continue Reading

Feature

बसन्तपुरमा होलीको रौनक

Published

on

रंगहरूको पर्व होली आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा हर्षोल्लासका साथ मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा फागुपूर्णिमाको दिन विशेष रूपमा रंगीन उत्सवको रूपमा मनाइने यो पर्वमा हजारौं स्थानीय तथा विदेशी पर्यटकहरू सहभागी भएका छन्।

बसन्तपुरमा बिहानैदेखि रंग, अबिर र पानीका फोहोराले एकअर्कालाई रंगाउने क्रम चलिरहेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यो ऐतिहासिक क्षेत्रमा युवाहरूको ठूलो भीड जम्मा भई नाचगान र रमाइलो गरेको देखिन्छ।

विदेशी पर्यटकहरूले पनि नेपालीहरूको साथमा रंग खेल्दै उत्सवको मजा लिएका छन्।

चीर ठड्याइएको फागुन १२ देखि नै होलीको औपचारिक सुरुवात भएको थियो। सुरक्षा व्यवस्था कडा पारिए पनि उत्सव शान्तिपूर्ण र रंगीन बनेको छ। बसन्तपुरलाई नेपालकै सबैभन्दा भव्य होली मनाइने ठाउँ मानिन्छ। यो वर्ष पनि रंगहरूले भरिएको यो क्षेत्रले वसन्तको उमंग र सद्भावको सन्देश फैलाएको छ।

Continue Reading

Art

बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२

Published

on

काठमाडौंको नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ जारी छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा उक्त सम्मेलन आयोजना भएको हो।

प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गरेका हुन्।

प्रदर्शनीमा परम्परागत तथा समसामयिक चित्रकला, मूर्तिकला, शिल्प–हस्तकला, लोककला लगायतका कृतिहरू राखिएका छन्।

बागमती प्रदेशका कलाकारहरूको सिर्जना अवलोकनका लागि दर्शकको उपस्थिति बढ्दो छ।

नेपाल पर्यटन बोर्ड कला प्रवर्द्धक रहेको यो प्रदर्शनी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com