Connect with us

entertainment

BILLI PORTER’S VELVET TUXEDO DRESS ON RED CARPET AT OSCAR

Published

on

 

 

Photo:web

Actor Singer Billy Porter appeared on the red carpet in very unique and fabulous velvet tuxedo dress at Oscar 2019. Porter has twitted saying “When you come to the Oscars, you must dress up”. To make Porter’s appearance un forgetful and historic on red carpet Christian Siriano have designed such an amazing attire, styled by Sam Ratelle and groomed by Anna Bernabe. Porter was crowned best dressed of the night.

 

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

अनन्तरूपवितानम्

Published

on

नमुना कलेज अफ फेसन टेक्नोलोजीका २१औँ ब्याचका स्नातक डिजाइनरहरूले ‘अनन्तरूपवितानम्’ शीर्षकमा फेसन शो आयोजना गरेको छ।

‘जर्नी अफ फेसन’ अवधारणामा आधारित उक्त फेसन शोले नेपाली कला, वास्तुकला, संस्कृति, परम्परा र सम्पदालाई आधुनिक फेसनमार्फत प्रस्तुत गरेको छ।

‘कस्मिक थ्रेड्स अफ हेरिटेज : नेपाल बियोन्ड टाइम एन्ड युनिभर्स’ मूल विषय रहेको शोमा नेपाली पहिचान र पुर्ख्यौली सीपलाई समकालीन डिजाइनसँग जोडिएको छ।

फेसन शोमा परम्परागत कपडा, मौलिक आकृति, सांस्कृतिक प्रतीक र हस्तकलाबाट प्रेरित पहिरन प्रस्तुत गरिएको छ। हिमालदेखि प्राचीन मन्दिरसम्मका नेपाली सम्पदालाई आधुनिक डिजाइनमा समेट्दै परम्परा र नवीनताको संयोजन देखाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम नमुना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत २१औँ ब्याचका स्नातक डिजाइनरहरूले आयोजना तथा व्यवस्थापन गरेका हुन्।

Continue Reading

entertainment

कीर्तिपुरमा गुञ्जियो नेपथ्य

Published

on

नेपाल फोटो लाइब्रेरी

काठमाडौंको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदान शनिबार नेपथ्यका गीतले गुञ्जिएको छ। नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यको लाइभ कन्सर्टमा दर्शकहरू गीतसँगै झुमेका थिए।

दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा लामो समयपछि आयोजना भएको नेपथ्यको कन्सर्टले दर्शकमा उत्साह थप्यो। गायक अमृत गुरुङको प्रस्तुतिमा नेपथ्यका चर्चित गीत गुञ्जिँदा कन्सर्टस्थलको माहोल संगीतमय बनेको थियो।

नेपथ्य नेपाली मौलिक लोकधुन, सामाजिक सन्देश र नेपालीपन झल्किने गीतका लागि परिचित छ। दशकौंदेखि नेपाली संगीतप्रेमीको मनमा बस्न सफल ब्यान्डको प्रस्तुतिमा दर्शकले भरपूर मनोरञ्जन लिए।

शनिबार कीर्तिपुरमा देखिएको यो दृश्य नेपथ्यप्रतिको दर्शकको आकर्षण र नेपाली संगीतप्रतिको प्रेमको एउटा झल्को थियो।

Continue Reading

entertainment

पृथ्वी राजमार्ग खुलाउन गलौँदीमा यसरी काटिँदैछ भित्ता

Published

on

नेपाल फोटो लाइब्रेरी

पृथ्वी राजमार्गको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिँदा पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि पूर्ण अवरुद्ध छ । 

गजुरीबाट काठमाडौँतर्फ पाँच किलोमिटर टाढा ७० मिटर लम्बाइ र ४ मिटर सडक भासिएको नागढुंगा–मुग्लिन सडक योजनाको पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरले बताए । 

भित्तासम्मै चर्किएको र तत्काल बाटो खुलाउनुपर्ने भएकाले पाँच वटा एक्साभेटर, दुई वटा लोडर, ६ वटा टिप्पर प्रयोग गरेर ब्याक कटिङ थालिएको उनले बताए । 

राजमार्गमाथि गाउँ जाने शाखा बाटो रहेकाले सबै भित्ता कटिङ गर्न नमिलेको उनले सुनाए । ‘बेलुकासम्म एकातर्फी भएपनि खुल्ने योजनामा छौँ । शाखा बाटो रहेकाले त्यसलाई पनि बचाउने हिसाबले गरिरहेका छौँ । सुरूमा एक लेन र सकेसम्म भोलि दुईतर्फी खुलाउने प्रयास रहन्छ,’ उनले भने । 

दसैँको समयमा राजमार्ग अवरुद्ध हुँदा घर जाने यात्रुलाई मर्का परेको छ । गत भदौ १० मा भोटेकोशी हुँदै आएको बाढीपछि त्रिशूली नदीले कटान गर्दा राजमार्गमा सडक भासिने समस्या बढेको छ ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com