lifestyle
गहना खोज्ने जात्रा
काठमाडौंको प्राचीन बस्ती हाँडीगाउँमा गहना खोज्ने जात्रा भव्य रूपमा मनाइएको छ। यो जात्रा टुँडालदेवी (त्वरंः अजिमा/वैष्णवी)सँग सम्बन्धित छ।
किंवदन्तीअनुसार टुँडालदेवी र उनकी छोरी भाटभटेनी (मपता अजिमा) गहना पोखरीमा नुहाउँदा देवीको गहना हराएको थियो। सोही घटनालाई सम्झँदै हरेक वर्ष खटलाई गहना पोखरी (तिसाः मालिगु पुखु) भित्र लगेर तीन पटक परिक्रमा गराइन्छ र गहना खोज्ने नाटकीय दृश्य प्रस्तुत गरिन्छ।
जात्राको मुख्य दिनमा टुँडालदेवीको मूर्तिलाई खटमा राखेर हाँडीगाउँका सडकमा घुमाइन्छ। त्यसपछि पूजारी तथा स्थानीय बासिन्दाले खटलाई पोखरीभित्र डुबाउँदै परिक्रमा गराउँछन्। धिमे र न्याखिंको मधुर धुन, नाचगान र ठूलो भीडले वातावरण अझ रमाइलो बनाउँछ।
यो जात्रा लिच्छवी कालदेखि चलिआएको मानिन्छ। अन्यत्र नभएको विशेषताका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान पनि प्रचलित छ। जात्रा प्रायः चैत्र शुक्ल अष्टमी वा पूर्णिमातिर सुरु भई प्रतिपदाका दिन मुख्य कार्यक्रम सम्पन्न हुने गर्दछ।
हाँडीगाउँका नेवार समुदायले ठूलो भक्तिभाव र उत्साहका साथ यो परम्परा जोगाउँदै आएका छन्। यस जात्राले स्थानीय सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ।








entertainment
सुनसान बन्यो नागढुंगा
स्ट्रिटनेपाल
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो र नागढुंगानजिकै सडक भासिएपछि राजधानी भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा क्षेत्र सुनसान बनेको छ।
सधैं हजारौं सवारीसाधनको कोलाहल र भीडभाड रहने नागढुंगा चेकपोष्ट क्षेत्र अहिले ठप्प छ । सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने ठूला मालवाहक ट्रक तथा कन्टेनरहरू नाका नजिकै सडक किनारामा लामो लाइन लगाएर रोकिएका छन्।
मुख्य राजमार्गको विकल्पको रूपमा केही सवारीलाई सुरुङमार्ग र वैकल्पिक रुटबाट पठाइए पनि अधिकांश भारी सवारी साधनहरू आवागमन गर्न नपाउँदा ठप्प बनेका हुन्।
यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले जोखिम व्यवस्थापन र यातायात नियमनको काम गरिरहेका छन् भने लामो समयदेखि बाटोमा रोकिएका चालक तथा यात्रुहरू थप मारमा परेका छन्।






Fashion
लामो दूरीका सवारी काठमाडौँमै होल्ड
बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधन काठमाडौँमै होल्ड भएका छन्।
काठमाडौँ भित्रिने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सडक अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने लामो दूरीका बस तथा ट्रकहरू विभिन्न स्थानमा रोकिएका छन्।
काठमाडौँको कलंकीमा ट्रकहरूको लामो लाइन देखिएको छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट बाहिरिने सवारीसाधन कलंकी क्षेत्रमा रोकिएका हुन्।





Feature
हेटौडा काठमाडौँ सडकखण्डमा सवारी चाप
स्ट्रिटनेपाल
पृथ्वी राजमार्ग बन्द भएपछि अहिले काठमाडौं भित्रिने अर्को सडकमा सवारीको चाप बढेको छ।
भोटेकोशी, रसुवा र त्रिशूली हुँदै आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक नै भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
त्यसको असर अहिले हेटौंडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा देखिन थालेको छ।
काठमाडौं आउने र जाने सवारीको चाप बढेसँगै यो सडकमा ठाउँ–ठाउँमा ट्राफिक जाम हुन थालेको छ।
विशेषगरी चितवन, पोखरा, लमजुङ, तनहुँ र गोरखाबाट काठमाडौं आउने साना सवारीसाधनहरू समेत अहिले यही वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन्।
पृथ्वी राजमार्ग कहिले खुल्छ भन्ने टुंगो नहुँदा कुलेखानी–सिस्नेरी सडकमा सवारीको चाप अझै बढ्न सक्ने देखिन्छ।
बाढी र पहिरोले मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक सडकमा परेको यो चापले यात्रुलाई थप सास्ती दिएको छ।




-
entertainment4 weeks agoब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन
-
entertainment4 weeks agoब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’
-
entertainment4 weeks agoललितपुरमा ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु
-
entertainment3 weeks agoविश्व आदिवासी जनजाति दिवस मनाइयो
-
Auto3 weeks agoभृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो
-
entertainment3 weeks agoलगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
-
entertainment2 weeks agoझिलिमिली सडक
-
entertainment2 weeks agoविश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी


You must be logged in to post a comment Login