Feature
REMEMBERING THE LOST SCULPTURES OF KATHMANDU
Glimpses of “REMEMBERING THE LOST SCULPTURES OF KATHMANDU “
an exhibition of paintings and research by Joy Lynn Davis during the opening ceremony at Nepal Art Council, Babarmahal, Kathmandu on 10th april, 2015.
The exhibition continues through 22 May 2015
Photos: Kapil Thapa/ Artudio
Feature
२० सेकेन्डको रिलबाट नेपाल चिनाउने अवसर, नगद पुरस्कारको घोषणा
नेपाललाई विश्वस्तरीय वेलनेस गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड ले अन्तर्राष्ट्रिय रिल भिडियो प्रतियोगिता घोषणा गरेको छ। प्रथम अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा सुरु गरिएको यस अभियान “Wellness in Every Frame, Nepal in Every Story” नारासहित सार्वजनिक गरिएको हो।
बोर्डका अनुसार प्रतियोगिताले नेपालको आध्यात्मिक तथा प्राकृतिक सम्पदालाई डिजिटल माध्यममार्फत विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको छ। यसमार्फत आयुर्वेद, योग, ध्यान, स्पा तथा परम्परागत उपचार विधिहरूलाई समेट्दै नेपाललाई वेलनेस पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको छ।
प्रतियोगितामा सहभागीहरूले हिमालयको शान्त वातावरण र नेपालको विविध वेलनेस अभ्यासलाई २० सेकेन्डको आकर्षक रिल भिडियोमा प्रस्तुत गर्नुपर्नेछ। भिडियोहरू आधिकारिक पोर्टल photonepal.org मार्फत बुझाउन सकिनेछ भने #WellnessNepal र #NepalNow ह्यासट्याग प्रयोग गरी सामाजिक सञ्जालमा सेयर गर्न पनि प्रोत्साहन गरिएको छ।
बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशी ले यो अभियानले विश्वसँग नेपालको आत्मालाई जोड्ने डिजिटल पुलको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसले नेपाललाई साहसिक पर्यटन मात्र नभई वेलनेसको विश्वव्यापी केन्द्रका रूपमा चिनाउन मद्दत पुर्याउनेछ।
प्रतियोगितामा प्रत्येक प्रदेशबाट एक–एक जना विजेतालाई नगद ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। सहभागीहरूले २०८३ वैशाख २ भित्र आफ्नो भिडियो पेश गर्नुपर्नेछ।
उक्त प्रतियोगिता #photoNepal अभियानअन्तर्गत सञ्चालन गरिएको हो। यस अभियानमार्फत सञ्चालित photonepal.org मा हाल ११ हजारभन्दा बढी सदस्यले २५ हजारभन्दा बढी तस्बिर तथा भिडियोहरू अपलोड गरिसकेका छन्।
सन् २०१६ मा स्विस भूगर्भविद् टोनी हागन को फोटो प्रदर्शनीबाट सुरु भएको यस पहलले नेपालको प्राकृतिक, सांस्कृतिक तथा मानवीय विविधतालाई विश्वसामु प्रस्तुत गर्दै आएको छ।
Feature
जीर्णोद्धार हुदै गरेको घण्टाघर
काठमाडौंस्थित ऐतिहासिक घण्टाघर हाल जीर्णोद्धारको प्रक्रियामा रहेको छ।
प्रधानमन्त्री वीरशमशेर जंगबहादुर राणा शासनकालमा निर्माण गरिएको यो धरोहर २०७२ सालको नेपाल भूकम्प २०७२ बाट गम्भीर रूपमा क्षतिग्रस्त बनेको थियो। भूकम्पपछि लामो समयसम्म पुनर्निर्माणमा ढिलाइ हुँदा संरचना झन् जीर्ण बन्दै गएको थियो।
हाल पुरातत्त्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ले विस्तृत परियोजना तयार गरी पुनर्निर्माणको काम अगाडि बढाइरहेका छन्। सोही क्रममा त्रिचन्द्र क्याम्पस का ऐतिहासिक भवनहरूसँगै घण्टाघरको पुनःनिर्माण भइरहेको छ।
भूकम्पले त्रिचन्द्र क्याम्पसका भवनहरूमा समेत ठूलो क्षति पुर्याएको थियो। पुनर्निर्माणमा भएको ढिलाइप्रति विद्यार्थी तथा पूर्वविद्यार्थीहरूले “सेभ त्रिचन्द्र” जस्ता अभियानमार्फत दबाब सिर्जना गरेका थिए।
त्यसपछि २०७८/७९ को बजेटमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ले पुरानै स्वरूप झल्किने गरी पुनर्निर्माण गर्ने घोषणा गरेका थिए।




Auto
रोयल एन्फिल्डको ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपालमा सार्वजनिक
रोयल एन्फिल्डले नेपाली बजारमा ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नामक नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ।
बोबर–प्रेरित डिजाइनमा तयार गरिएको यो मोडलले स्वतन्त्र र खुला जीवनशैली झल्काउने लक्ष्यसहित राइडर–केन्द्रित सुविधाहरू समेटेको कम्पनीले जनाएको छ।
नयाँ बाइकमा ३४९ सिसी एयर–अयल कुल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपिएममा २०.२ बीएचपी शक्ति र ४,००० आरपिएममा २७ एनएम टर्क उत्पादन गर्छ। इन्जिनलाई आरामदायी र स्मुथ राइडिङ अनुभवका लागि विशेष रूपमा ट्युन गरिएको बताइएको छ।

यसमा ५–स्पिड गियरबक्सका साथै असिस्ट–एन्ड–स्लिपर क्लच, यूएसबी टाइप–सी चार्जिङ पोर्ट जस्ता आधुनिक फिचरहरू उपलब्ध छन्, जसले सहरदेखि राजमार्गसम्म सहज यात्रा अनुभव दिने कम्पनीको दाबी छ।
डिजाइनतर्फ सिंगल–सिट बोबर स्टाइल, फ्लोटिङ राइडर सिट, ट्युबलेस स्पोक ह्विल, चोपर–स्टाइल फेन्डर र स्ल्यास–कट एग्जस्टले यसलाई प्रिमियम र आकर्षक लुक प्रदान गरेका छन्।
कम्पनीका अनुसार ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुनेछ।
मूल्यतर्फ ‘स्याक ब्ल्याक’ र ‘पर्पल हेज’ भेरियन्टको मूल्य पाँच लाख ९८ हजार रुपैयाँ तोकिएको छ भने ‘ट्रिप टिल’ र ‘रेभ रेड’ संस्करणका लागि छ लाख २ हजार रुपैयाँ कायम गरिएको छ।
-
Feature4 weeks agoआदिवासी जनजाति महासंघ (नेफिन) को ११औँ राष्ट्रिय महाधिवेशन शुरु
-
Feature4 weeks agoपाटनको घोडेजात्रा
-
Offbeat2 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
Fashion3 weeks agoविविधायन सौन्दर्यम
-
Auto3 days agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
lifestyle3 weeks agoएरिका गुरुङ तमु धी युकेको गुडविल एम्बासडर
-
entertainment2 weeks agoशोले निर्माण कथा निफमा
-
Feature3 weeks agoचैते छठ






