entertainment
TIMI HUNCHHAU JAHA JAHA TRAILER RELEASED
The trailer of “Timi Hunchhau Jah Jaha” is finally out. Written and directed by Vikash Basyal, the film is co-produced by Madan Dawadi, Dal Chandra Dawadi and Hari Prasad Adhikari under B&B Films Production. Going by the two-minutes-fifty-one-seconds long trailer, the film looks promising and is expected to leave the audiences in tears.
The film stars Manish Sundar Shrestha, Malina Joshi and Swaroop Purush Dhakal in key roles.The film is set to release on Asar 8/June 22.
entertainment
‘केसामी–नाम्सामी’ नाटकको पोस्टर र प्रदर्शन मिति सार्वजनिक
एक थिएटर नेपालले आफ्नो आगामी नाटक ‘केसामी–नाम्सामी’ को पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको छ। नाटक साउन १८ देखि भदौ १३ गतेसम्म (बुधबार बाहेक) मञ्चन हुनेछ।
नाटकको निर्देशन अनिल सुब्बा ले गरेका छन् भने नाट्य रूपान्तरण यासेली योङ्हाङ ले गरेका हुन्।
निर्माण टोलीका अनुसार पुस्तौँदेखि मौखिक परम्परामा जीवित रहेको मुन्धुम को ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने उद्देश्यले नाटक तयार गरिएको हो।
निर्देशक सुब्बाका अनुसार नाटकले परम्परा र वर्तमानबीचको संवाद, मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको सम्बन्ध, मानवीय संवेदना र पहिचानका विविध पक्षलाई रंगमञ्चमार्फत उजागर गर्ने प्रयास गरेको छ।
entertainment
नेपालकै पहिलो ‘स्मार्ट सेफ्टी ब्यारेड’
ललितपुरको जावलाखेलमा नेपालमै पहिलोपटक स्मार्ट सेफ्टी ब्यारेड परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ।
यो प्रणालीले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक काट्न सहयोग गर्छ। ट्राफिक लाइट रातो हुँदा ब्यारिकेट आफैं खुल्छ र पैदलयात्रीले जेब्रा क्रसिङबाट सडक पार गर्न सक्छन्।
गाडीका लागि हरियो बत्ती बल्नेबित्तिकै ब्यारिकेट बन्द हुन्छ। यसले जथाभावी सडक काट्ने बानीलाई रोक्न मद्दत गर्छ।
यसमा विशेष सेन्सर पनि जडान गरिएको छ। यदि कुनै व्यक्ति सडकको बीचमा रहेको अवस्थामा सिग्नल परिवर्तन भयो भने, सेन्सरले त्यसलाई पहिचान गर्छ र ब्यारिकेट तुरुन्त बन्द हुन दिँदैन। यसले दुर्घटनाको जोखिम कम गर्छ।
ललितपुर महानगरपालिकाका अनुसार यो प्रविधिले पैदलयात्रीको सुरक्षा बढाउने, ट्राफिक नियमको पालना गराउने र सडक दुर्घटना घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
परीक्षण सफल भएमा यो प्रणाली अन्य व्यस्त चोकहरूमा पनि विस्तार गरिनेछ।





entertainment
पशुपतिनाथमा भक्तजनको घुइँचो
साउन महिनाको पहिलो सोमबार भगवान् शिवको आराधना गर्न देशका विभिन्न स्थानबाट आएका हिन्दू धर्मावलम्बीहरूको घुइँचो पशुपतिनाथ मन्दिर क्षेत्रमा लागेको छ।
बिहानैदेखि श्रद्धालुहरू जल चढाउन, पूजा–आराधना गर्न तथा दर्शनका लागि लामबद्ध भएका छन्।
साउन महिनाका सोमबारहरू शिवभक्तका लागि विशेष महत्त्वका मानिने भएकाले प्रत्येक वर्ष यस दिन पशुपतिनाथ क्षेत्रमा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने गर्दछ।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने दर्शनलाई सहज बनाउन आवश्यक व्यवस्थापन गरिएको छ।









-
Art3 weeks agoरंगमञ्चमा स्यालसिंह
-
entertainment3 weeks agoकमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार
-
Art4 weeks ago‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा
-
entertainment4 weeks agoकाठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’
-
Art4 weeks agoझण्डा कला महोत्सव २०८३
-
entertainment4 weeks agoसानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा
-
entertainment3 weeks agoलोभलाग्दो माइतीघर–बानेश्वर खण्ड
-
entertainment2 weeks agoपरम्परागत बत्तीले झिलिमिली बन्यो न्युरोड


You must be logged in to post a comment Login