lifestyle
YOUTH PROTESTED AGAINST RAPE
A youth group protested against rape in front of the Prime Minister’s residence. A few days back a girl revealed a video saying she was raped by one of the beauty pageant organizers. The girl has claimed that she was only 16 when she was victimized. They demanded strict rules against rape while protesting. Protestors also demanded to punish the culprit.




Feature
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ।
दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको थियो।

केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने भएको छ।
आन्दोलनमा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरे।

अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गर्नु गरेका छन्।
सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुइ हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।









lifestyle
एकादशीमा सजियो पशुपती
आज हरिबोधिनी एकादशी मनाइँदै छ। सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशी मनाउँछन्।
यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र सजाइएको छ।
हरिबोधनी एकादशीको दिन पशुपतिनाथ क्षेत्रमा बिहानै भक्तजनहरूले तोरण टाँगेर पूजापाठ गरेका छन्।
भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरे तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका छन्।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्।

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन्।








lifestyle
शुन्दर मुग्लिन–पोखरा सडक खण्ड
पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तार भइरहेकाले हाल बाटो अझ सहज र आकर्षक देखिन थालेको छ।

सडक विस्तारसँगै तनहुँका विभिन्न फाँटहरू र मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँधले राजमार्गको सौन्दर्यमा थप रंग भरेको छ। विशेषगरी तनहुँको एक्ले फाँट वरपर देखिने सफा र चिटिक्क सडक, हराभरा खेतबारीमा झुलिएका धानका बोटहरू र बाँधको मनमोहक दृश्यले यात्रुलाई रोकिएर हेर्नै बाध्य बनाउँछ।
यो प्राकृतिक र संरचनात्मक सौन्दर्यले पृथ्वी राजमार्गलाई अझ आकर्षक र रमणीय बनाएको छ।







