Theatre
ANTIGONE ON JOURNEY

Mandala Theatre’s classical play ‘Antigone’ is being staged in Biratnagar on its way to partake in ongoing 8th Theatre Olympics being held in India. The play, directed by Rajan Khatiwoda will travel to Guwahati and Delhi of India respectively after performing in Biratnagar and will return to Kathmandu after staging in Pokhara, Nepal. The play is considered as one of the greatest tragedies by Sophocles that presents the downfall of a King who fails to judge the situation and ruins everything by his poor decisions. A happy man after the houseful shows in Biratnagar, Khatiwoda explains the relevance of the play in the context of Nepal which is going through a transitional phase in the aftermath of constitution promulgation process.
















entertainment
सुदूरपश्चिमको लोकविश्वास र पलायनको कथा ‘श्री बिज्जो भूत’
स्ट्रीटनेपाल
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा सुदूरपश्चिमको भाषा, संस्कृति, लोकविश्वास र सामाजिक जीवनमा आधारित नाटक ‘श्री बिज्जो भूत : कथा सुदूरको..’ मञ्चन भइरहेको छ।
दिवस नाथको लेखन तथा बुद्धि तामाङ र आकाश नेपालीको निर्देशनमा तयार भएको नाटकले सुदूरपश्चिमको डोटेधुरा क्षेत्रको निङ्लाड गाउँमा पुस्तौंदेखि प्रचलित श्री बिज्जो भूतसम्बन्धी लोकविश्वासलाई कथाको आधार बनाएको छ।
स्थानीय जनविश्वासअनुसार श्री बिज्जो भूतको क्षेत्रमा गलत कर्म गर्ने व्यक्ति सजिलै उम्कन सक्दैन। यही विश्वासलाई केन्द्रमा राखेर नाटकले दर्शकलाई पचासको दशकतिरको सुदूरपश्चिमको सामाजिक परिवेशमा पुर्याउँछ।
तर नाटकको कथा भूत र लोकविश्वासमा मात्र सीमित छैन। रोजगारीका लागि भारत जानुपर्ने तत्कालीन बाध्यता, त्यसले परिवार र सम्बन्धमा पार्ने प्रभाव, गाउँमा बाँचेका परम्परा तथा भाषा, संगीत र संस्कृतिलाई नाटकले कथाको अभिन्न हिस्सा बनाएको छ।
नाटककी मुख्य पात्र आफ्ना बुबाको खोजीमा एक अपरिचित व्यक्तिसँग बम्बईतर्फको यात्रा तय गर्छिन्। यही यात्राका क्रममा उनले चाल्ने कदम र भोग्ने परिस्थितिले नाटकको कथालाई अघि बढाउँछ।
लेखक दिवस नाथले नाटकलाई आफ्नो गाउँठाउँको माटो, जीवनशैली, भाषा, कला, संस्कृति र पुस्तौंदेखि चलिआएका लोकपरम्पराको सानो दस्तावेजका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार दर्शकले नाटक हेर्दा कथा मात्र नभई आफ्नै गाउँ, मानिस, भाषा र संस्कृतिको झल्को महसुस गर्न सकून् भन्ने उद्देश्य छ।
मण्डला थिएटरले पनि नेपाली समाजका फरक भूगोल, समुदाय र जीवनका कथालाई रंगमञ्चमा ल्याउने आफ्नो प्रयासअन्तर्गत यसपटक सुदूरपश्चिमको कथा रोजेको जनाएको छ। मण्डलाका अध्यक्ष बुद्धि तामाङका अनुसार काठमाडौंमा मात्र केन्द्रित नरही देशका विभिन्न भूगोलका कथा र कलाकारलाई रंगमञ्चसँग जोड्ने प्रयासकै निरन्तरता ‘श्री बिज्जो भूत’ हो।
नाटकमा आदित्य मिश्र, सुस्मिता कुँवर, भूमि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मा, समृद्धि नेपाल, स्नेहा जोशी, सुशिला लुहार, दिवस नाथ, चिराग पनेरु र वर्षा भण्डारालगायत कलाकारले अभिनय गरेका छन्। सौरभ चालिसे, जीवन राई र हरिना नाथको प्रत्यक्ष संगीतले नाटकको वातावरण निर्माण गर्छ।
‘श्री बिज्जो भूत’ मण्डला थिएटर र युवा कलाकारहरूको समूह शुभकासको सहकार्यमा तयार भएको हो। शुभकासले यसलाई आफ्नो पहिलो नाटक ‘स्वन्दिश पछिको दोस्रो रंगमञ्चीय यात्रा भनेको छ।
नाटक २०८३ असोज ६ देखि २५ गतेसम्म मण्डला थिएटर, थापागाउँमा मञ्चन हुनेछ। सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे तथा शनिबार र आइतबार दिउँसो १:३० बजे पनि नाटक प्रदर्शन हुनेछ।











entertainment
मञ्चमा मिस मेनुका
शिल्पी थिएटरमा विश्वप्रसिद्ध फ्रान्सेली दार्शनिक तथा नाटककार झँ–पल सार्त्रको चर्चित नाटक La Putain Respectueuse (The Respectful Prostitute) को नेपाली रूपान्तरण ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ मञ्चन भईरहेको छ।
कल्पना घिमिरे नुरिस्सोँद्वारा नेपाली रूपान्तरण गरिएको नाटकलाई नेपाली सामाजिक, राजनीतिक र सांस्कृतिक परिवेशसँग जोडेर प्रस्तुत गरिएको छ। नाटकको निर्देशन पवित्रा खड्काले गरेकी छन्।
नाटकमा यौनकर्मी मेनुका बस यात्राका क्रममा एउटा घटनाको प्रत्यक्षदर्शी बन्छिन्। वास्तविक अपराधीलाई जोगाउन प्रभावशाली व्यक्तिहरूले निर्दोष व्यक्तिमाथि बलात्कार प्रयासको झुटो आरोप लगाउन उनलाई दबाब दिन्छन्। प्रहरी प्रशासन पनि उनीहरूकै पक्षमा उभिएपछि सत्य र न्यायको संघर्षको कथा अघि बढ्छ। नाटकले जातीय तथा सांस्कृतिक विभेद, लैङ्गिक असमानता, राजनीतिक भ्रष्टाचार, शक्तिको दुरुपयोग र न्यायमाथिको हस्तक्षेपजस्ता विषयलाई उठान गरेको छ।
निर्देशक पवित्रा खड्काले नाटकलाई मनोरञ्जन मात्र नभई समाजसँग संवाद गर्ने, प्रश्न उठाउने र आत्मचिन्तन गराउने माध्यमका रूपमा लिएको बताएकी छन्। उनले आफूलाई “महिला निर्देशक” भन्दा “निर्देशक” का रूपमा मूल्याङ्कन गरिदिन दर्शकसँग आग्रह गरेकी छन्।
नाटकमा सरिता गिरी (मेनुका), रूपेश मण्डल (अर्विन्द पासवान), घिमिरे युवराज (विवेक जंग शर्मा), प्रभाकर देव शर्मा (जगन्नाथ शर्मा), धनराज सुनार (सुधिर बस्नेत) र गोविन्द ओली (जनक थापा) को अभिनय रहेको छ।
‘मिस मेनुका’ साउन १३ देखि भदौ ६ गतेसम्म (मंगलबार बाहेक) शिल्पी कला समूह, बत्तीसपुतली–पुरानो बानेश्वरमा मञ्चन हुनेछ।
सन् १९४७ मा प्रकाशित सार्त्रको यो नाटक अमेरिकाको चर्चित “स्कट्सबरो भ्वाइज” घटनाबाट प्रेरित मानिन्छ। नेपाली रूपान्तरणमार्फत यसले नेपालको वर्तमान सामाजिक यथार्थसँग मेल खाने विषयवस्तुलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरिएको शिल्पी थिएटरले जनाएको छ।










Art
कौशी थिएटरमा प्रेमकथा ‘जोलिन्’
प्रेम, आसक्ति र विश्वासघातले मानिसलाई कहाँसम्म पुर्याउन सक्छ भन्ने विषय उठान गरिएको नाटक ‘जोलिन्’ अहिले टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।
फेड आउट पिक्चर्स र कथा घेराको सहकार्यमा तयार भएको नाटक साउन ८ देखि २१ गतेसम्म (मंगलबार बाहेक) हरेक साँझ ५:१५ बजे तथा शनिबार दिउँसो १ बजे पनि प्रदर्शन हुँदैछ।
नाटकमा गृहिणी मिरा, उनका श्रीमान् माधव र जोलिन्बीचको सम्बन्धमार्फत प्रेम, आसक्ति, ईर्ष्या र हिंसाको मनोवैज्ञानिक पक्ष प्रस्तुत गरिएको छ। कथा अघि बढ्दै जाँदा घटनाक्रम पागलपन र हत्यासम्म पुग्छ।
गीत, संगीत र नृत्यलाई कथासँग जोडेर प्रस्तुत गरिएको नाटकमा काल्पनिक ‘राष्ट्र प्रहरी माया विभाग’ ले प्रेमजन्य अपराधको अनुसन्धान गर्दै कथालाई फरक शैलीमा अघि बढाउँछ।
ऋषभ र बुद्धि पोखरेलको लेखन रहेको नाटकको निर्देशन ऋषभले गरेका हुन्। नाटकमा मिरा खड्का, अनोज पाण्डे, तार्रा, निशान खत्री, ऋषिकेश बस्याल, जीवन गौतम, निशान्त महत र तुफान थापाको अभिनय रहेको छ।










-
entertainment1 week ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment2 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
Feature4 weeks agoरसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री
-
entertainment4 weeks ago‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर
-
entertainment4 weeks agoभरतपुरको मुटु चौविसकोठी
-
entertainment4 weeks agoबाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्न बाध्य
-
Feature4 weeks agoबाढीपछि पृथ्वी राजमार्गमा आवागमन जोखिमपूर्ण, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
-
entertainment3 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक


You must be logged in to post a comment Login