Connect with us

lifestyle

गुरुङ जातीको एउटा मौलिक परम्परा

Published

on

गुरुङ जाति, गुरुङ समुदाय वा तमु नेपालको पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भुमिपुत्र मंगोल वर्ण को समुदाय हुन्।

मुख्यतय गुरुङ समुदाय गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ।

कोही बागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै विशिष्ट परम्परा अझैसम्म रहेको पाइन्छ।

यस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तर्गत, गुरुङहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, चैते दशैं, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।

यो गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने बार्पाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ मा पर्ने जराङ्ग गाउँको गुरुङ समुदायको चैते दशैँको पुजा हो।

प्रकृतिपुजक गुरुङ समुदायको पितृ तथा देवताहरु पौराणिककाल देखि नै वोन धर्म अनुसार बन जंगलमा नै हुन्छन। उनीहरु यसरि नै चाड वाडमा गोठ जंगलमा गैर सामुहिक रुपमा पुजाआजा गर्ने गर्छन। यो नै गुरुङ समुदायको मौलिक धर्म संस्कृति परम्परा हो।

साविक पन्द्रुङ्ग गाविस वडा नम्बर १ मा पर्ने यो गुरुङ समुदायले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत संस्कृतिलाई निरन्तरता दिएको छ। यस्तो संस्कृति सम्पदा नै उनीहरुको मौलिक सम्पत्ति हो। नयाँ पुस्ताले सिक्न र आफ्नो धर्म सस्कृति रितिरिवाज जान्न यस्ता चाड वाड मनाईराख्न जरुरि छ। यो गुरुङ समुदायको आफ्नो परम्परा भए पनि यसले सिंगो नेपालको अस्तित्व वोकेको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर

Published

on

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ।

दशैंलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी बत्ती जडान गरी आकर्षक बनाइएको हो।

दशैंको समयमा मैतीदेवी मन्दिरमा दर्शन तथा पूजा गर्न भक्तजनको भीड लाग्ने भएकाले मन्दिरलाई विशेष रूपमा सजाइएको हो।

साँझपख झिलिमिली बत्तीले मन्दिर परिसर थप आकर्षक देखिएको छ।

Continue Reading

entertainment

गीतमा इतिहास, चालमा संस्कृति : बाह्रमासे घाटु

Published

on

अनिता गुरुङ

काठमाडौँमा केही दिनअघि आयोजित एक सांस्कृतिक कार्यक्रममा गुरुङ समुदायको मौलिक बाह्रमासे घाटु प्रस्तुत गरियो। परम्परागत पहिरनमा सजिएका घाटुसरिहरूको समूहले गीत, संगीत र नृत्यमार्फत पुस्तौँ पुरानो सांस्कृतिक परम्परालाई राजधानीको मञ्चमा उतारे।

घाटु गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक हो। यसका विभिन्न स्वरूपमध्ये बाह्रमासे घाटु वर्षभरि विशेष अवसरअनुसार प्रस्तुत गर्न सकिने परम्पराका रूपमा लिइन्छ।

सती घाटु र कुसुण्डा घाटु निश्चित समय र अवसरमा नाचिने भए पनि बाह्रमासे घाटुको अभ्यास र प्रस्तुति आवश्यकता तथा अवसरअनुसार गर्न सकिन्छ।

कार्यक्रमस्थलमा घाटुसरिहरू परम्परागत गुरुङ पहिरनमा सजिएका थिए। घलेक, चोलो, पटुकी, शिरबन्दी तथा विभिन्न गरगहनाले उनीहरूको पहिरनलाई मौलिक रूप दिएको थियो। एउटै लयमा मिलेर अघि बढेका चाल, हातको भावभङ्गिमा र अनुहारमा देखिने एकाग्रताले प्रस्तुतिलाई थप आकर्षक बनाएको थियो।

घाटुको विशेषता यसको नृत्यसँगै गीतमा लुकेको कथामा पनि छ। पुराना लोककथा, राजा–रानीका जीवनगाथा, प्रेम, सुख–दुःख, त्याग र वियोगका प्रसंगलाई गीतका माध्यमबाट प्रस्तुत गरिने भएकाले घाटु मनोरञ्जन मात्र नभई मौखिक इतिहास र सांस्कृतिक स्मृतिको माध्यमसमेत हो।

घाटुसरिहरूले आँखा बन्द गरी गीतको लय र तालमा नृत्य गर्ने परम्परा छ। उनीहरूको शान्त भाव, एकनासको चाल र संगीतसँगको तालमेलले प्रस्तुतिमा छुट्टै गम्भीरता थपेको देखिन्थ्यो।

पछाडि बजिरहेको मादलको ताल र गुञ्जिरहेको परम्परागत भाकासँगै घाटुनीहरूका चाल अघि बढिरहेका थिए।

बदलिँदो समयसँगै नयाँ पुस्ताको जीवनशैली र मनोरञ्जनका माध्यम फेरिँदै गएका छन्। तर यस्ता कार्यक्रममार्फत बाह्रमासे घाटुको अभ्यास र प्रस्तुति निरन्तर हुनु यसको संरक्षणका लागि महत्वपूर्ण छ।

काठमाडौँको मञ्चमा प्रस्तुत बाह्रमासे घाटुका यी दृश्यले एउटा पुरानो सांस्कृतिक परम्परा अझै जीवित रहेको मात्र देखाउँदैनन्, आफ्नो भाषा, भेषभूषा, कथा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने गुरुङ समुदायको निरन्तर प्रयास पनि देखाउँछन्।

Continue Reading

entertainment

बबरमहलमा राखियो आकाशे पुल

Published

on

काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल जडान गरिएको छ। गएराति सडकमा पुलको मुख्य संरचना फिट गरिएको हो।

अब केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुलमा भर्‍याङ राख्ने काम भने बाँकी छ। भर्‍याङ जडान भएपछि पैदलयात्रीले सहज रूपमा पुल प्रयोग गर्न सक्नेछन्।

जिल्ला अदालत अगाडिको व्यस्त सडकमा दैनिक ठूलो संख्यामा पैदलयात्रीले सडक पार गर्ने गर्छन्। आकाशे पुल सञ्चालनमा आएपछि सडक पार गर्दा हुने जोखिम कम हुनुका साथै पैदलयात्रीलाई निकै सहज हुने अपेक्षा गरिएको छ। साथै, बबरमहल क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

default

default
default

default
Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com