Offbeat
हरि धरेलको नेतृत्वमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसियन (एनसिएसए) नयाँ कार्यसमिती
नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसन) को छैटौं अधिवेशन सनिवार काठमाडौंको बसुन्धरा स्थित गोधुली फुडल्याण्ड एन्ड इभेन्टसको सभाहलमा सम्पन्न भएको छ ।
टुरिजम स्पोर्टसमा आबद्ध रहेर काम गर्दै आएका साझा संस्था एनसिएसएको यसै अधिवेशनमार्फत् हरि धरेलको नेतृत्वमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसियन (एनसिएसए) नयाँ कार्यसमिती सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ।
अधिवेशनका उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकरीले गरेका थिए। मेयर अधिकारीले एनसिएसएलाई आवश्यक परेमा क्लाइम्बिङ खेल सञ्चालनको लागि जग्गा उपलब्ध गराउने वाचा गरेका थिए। ‘एसोसिएसनले भूमिका दियो भने टोखामा यस खेलको लागि गराउनको लागि जग्गा उपलब्ध गराउँनेछौ। यसले टोखाको पर्यटन विकासको समेत टेवा पुग्नेछ,’ मेयर अधिकारीले भने।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेल्कुद परिषदका सदस्य सचिव टंक घिसिङले एउटै क्षेत्रका विभिन्न नाम गरेर संस्था राखेपमा दर्ता गर्न आएको वताउदै त्यसलाई चुस्त बनाउने उनको प्रयत्न रहेको बताए। ‘एनसिएसए नेपालको एड्भेन्चर स्पोर्टसको प्रतिनिधित्व गरेको संस्था भएकोले परिषदले यसको विकासमा पुर्णरुपमा सहयोग गर्ने बताए।’ प्रमुख अतिथि घिसिङले खेलकुद क्षेत्रका विसङ्गति र आगामी बाटोको बारेमा प्रष्ट कार्यनिति बनाई अघि बढ्न पर्ने बताएका थिए।
त्यस्तै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले यस खेलले पर्यटन विकासमा ठुलो योगदान पुर्याउने बताउँदै खेल प्रबर्द्धनको लागि सहयोग गर्न बोर्ड सदैव तयार रहेको बताए।
‘खेल जगतमा भएको उत्पीडनबारे तपाईंहरुले आजाव उठाउँदा राज्यले निषतेज गर्न सक्छ, त्यसैले तपाईंहरु एकजुट भएर अगाडि बढ्नुहोस्, म साथमा छु,’ उनले भने ।
यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य प्रकाश कुमार कुसारी(सम्राट) ले एनसीएसएको अभिभावकत्वको रुपमा राखेप रहेको बताए।
कुसारीले खेलकुद क्षेत्रको विकासको लागि निजी क्षेत्रले लगानी गर्ने वातावरण बन्दै गरेको जानकारी दिए। ‘कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत नीजी क्षेत्र, बैङ्क तथा बित्तिय सस्थाहरु सङ्ग खेलकुद अनिवार्य रुपमा लगानी गर्ने गरी कानुन बन्दै गरेको बताए । ‘त्यसको पनि राखेपले अग्रणी पहल कदमि लिने साथै आगामी आवबाट परिषदले नयाँ राष्ट्रिय प्रतियोगिता पनि सुरु गर्ने जानकारी गराए ।’
त्यस्तै बिशेष अतिथिहरु टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, गोबिन्द भट्टराई (माउन्टेन स्पोर्ट्स फेडेरेशन नेपाल) थिए। अतिथिहरुमा धन बहादुर गुरुङ (नेपाल पर्वतारोहण संघ), नारायण अर्याल (राखेप), कानुन शाखा (प्रमुख), नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजाल, राखेप बोर्ड सदस्य प्रकाश कुमार कुसारी, नेपाल चेस संघका उपाध्यक्ष मोनालिसा खम्बु, नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनका वागमती अध्यक्ष कल्पना महर्जन, सुदुरपष्चिम प्रदेश अध्यक्ष भरत बिक्रम शाह, कर्णाली प्रदेश अध्यक्ष लक्ष्मी भट्टराई, गण्डकी प्रदेश अध्यक्ष शेष कान्त शर्मा, हिमालयन उद्दार संघका गोबिन्द वस्याल, किप नेपालका अध्यक्ष देबि पन्त लगायतको उपस्थिती थियो।
अधिवेशनमा केन्द्रसहित सातै प्रदेशका प्रतिनिधिहरु सहभागी जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ कार्यसमिती खादा ओढाएर बधाई तथा शुभकामना दिएका थिए । यो संघ नेपालको सहासिक खेल पर्यटन भएकोले सिंगो राष्ट्रको विशेष चासोको रुपमा हेरिेएको उनले बताए। ‘अन्तराष्ट्रिय क्षेत्रमा मान्यता दिलाउन र प्रतियोगितामा प्रतिस्पर्धा दिलाउन ओलम्पक कमिटीले सहकार्य गर्ने छ ,’ उनले बताए ।
सनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष हरि प्रसाद धरेल, वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षहरुमा सुनार बहादुर गुरुङ निर्वाचित र उपाध्यक्ष ल्हाक्पा शेर्पा
मनोनीत भएका छन । त्यस्तै महासचिवमा सन्तोष मादेन, सचिवहरु सुजित कँडेल र सन्जिब गुरुङ, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्ष प्रणिल मान श्रेष्ठ, सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि, शिव बहादुर सापकोटा निर्वाचित भएका छन ।
नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकार प्रम नारायण अधिकारी मनोनीत गरिएको छ ।
राष्ट्रिय खेलकुद संघ (राखेप) पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले नेपालको आरोहण खेललाई अन्तराष्ट्रीय जगतमा पुराउन नेपाल ओलम्पिक कमिटीले सक्दो सहयोग बताए। साथै नवनिर्वाचित कार्यसमितिलाई खादा तथा अविर लगाएर शुभकामना दिएका थिए ।
Auto
भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो
काठमाडौँको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो जारी छ।
एक्सपोमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल, स्कुटर, कार र एसयूभी प्रदर्शनमा राखिएका छन्। नयाँ मोडल र अत्याधुनिक प्रविधिका सवारी हेर्न दैनिक हजारौँ दर्शक एक्सपोमा पुगिरहेका छन्।
विशेषगरी विद्युतीय सवारीतर्फ दर्शकको आकर्षण बढी देखिएको छ। ब्याट्री क्षमता, रेन्ज, सुरक्षा फिचर्स र मूल्यबारे धेरैले जानकारी लिइरहेका छन्।
एक्सपोमा कम्पनीहरूले विशेष छुट, बुकिङ अफर र फाइनान्सको सुविधा पनि दिएका छन्।









entertainment
सुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग
काठमाडौं, साउन १७ — नेपाल तमु गुरुङ विद्यार्थी सङ्घले सञ्चालन गरेको आर्थिक सहयोग अभियानबाट संकलित १ लाख ७५ हजार रुपैयाँ सुकुम्बासी तमु गुरुङ विद्यार्थी विश्वनाथ गुरुङ र उनको परिवारलाई हस्तान्तरण गरिएको छ।
१५ दिनसम्म सञ्चालन गरिएको अभियानबाट उठेको रकम शनिबार मित्रनगरस्थित तमु गुरुङ राष्ट्रिय परिषद्को सभाहलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएका तमु गुरुङ समुदायका १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै, नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्को वरिष्ठ उपाध्यक्षमा निर्वाचित नेपाल तमु गुरुङ विद्यार्थी सङ्घका पूर्वअध्यक्ष दिल तमुलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले शिक्षा र सामाजिक सहकार्यका माध्यमबाट विपन्न विद्यार्थीलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।




entertainment
ऐतिहासिक धरोहर रानीपोखरी ३६० डिग्री एरियल दृश्यमा
काठमाडौंको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) र त्यस वरपरको क्षेत्र पछिल्लो समय झन् आकर्षक देखिन थालेको छ।
३६० डिग्री एरियल दृश्यमा रानीपोखरी, घण्टाघर, त्रिचन्द्र क्याम्पस, खुलामञ्च आसपासको क्षेत्र तथा पुरानो काठमाडौंको शहरी संरचना एकै फ्रेममा मनमोहक रूपमा देख्न सकिन्छ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरीलाई परम्परागत मल्लकालीन शिखर शैलीमा पुनःनिर्माण गरिएको हो। पुनःनिर्माणपछि सर्वसाधारणका लागि खुला गरिएको यो ऐतिहासिक सम्पदा अहिले काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बनेको छ।
काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा रहेको रानीपोखरी परिसरमा बिहानदेखि साँझसम्म निःशुल्क प्रवेशको व्यवस्था छ। पोखरीको बीचभागमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिर भने वर्षमा एकपटक तिहारको भाइटीकाका दिन मात्र दर्शन तथा पूजाआजाका लागि खुला गरिन्छ।
नियमित सरसफाइ, हरियाली संरक्षण र आकर्षक प्रकाश व्यवस्थापनका कारण रानीपोखरीको सौन्दर्य अझ निखारिएको छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो सम्पदा काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।








-
entertainment4 weeks ago‘केसामी–नाम्सामी’ नाटकको पोस्टर र प्रदर्शन मिति सार्वजनिक
-
entertainment4 weeks agoनिर्माणको अन्तिम चरणमा पेप्सीकोला फुटबल ग्राउण्ड
-
Auto4 weeks agoपोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु
-
Auto4 weeks agoयामाहाको चर्चित XSR 155 नेपाल आउँदै, ‘रेट्रो’ लुक्सले बजारमा नयाँ प्रतिस्पर्धा थप्ने
-
entertainment4 weeks agoनेपालकै पहिलो ‘स्मार्ट सेफ्टी ब्यारेड’
-
entertainment4 weeks ago‘जिउँदो आकाश’को नियमित मञ्चन सुरु
-
entertainment4 weeks agoपशुपतिनाथमा भक्तजनको घुइँचो
-
entertainment2 weeks agoसुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग


You must be logged in to post a comment Login