Connect with us

Feature

PEACE KATHMANDU

Published

on

Kathmandu is slowly coming back to it’s old self after long strict lockdown due to covid-19. After lockdown view from heights has became more clearer in Kathmandu. So here is some clean and clear few photos and videos from Gokarna Height after rainfall.

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह

Published

on

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको धारणा राखेका थिए।

न्युयोर्कमा रहँदा उनले नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत कार्यक्रममा समेत सहभागिता जनाएका थिए।

न्युयोर्कबाट दोहा हुँदै काठमाडौँ फर्किएका प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा प्रेस ब्रिफिङ गर्ने तयारी गरेको छ।

Continue Reading

entertainment

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

Published

on

डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ।

बहाव बढेसँगै बागलुङ, पर्वत र म्याग्दी प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मुस्ताङतर्फबाट लेदोसहितको बाढी नदीमा मिसिँदा बहाव बढेको प्रहरीले जनाएको छ। बेनी, नियरघाट, मालढुङ्गालगायत क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

पर्वतको मोदीवेणीमा कालीगण्डकीको पानी चेतावनी तहभन्दा माथि पुगेको छ। यहाँ ७ मिटर चेतावनी तह रहेकोमा पानीको सतह ७.७५ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

तीनवटै जिल्लाका प्रहरीले तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराइरहेका छन्।

Continue Reading

Auto

ललितपुरमा साझाका ५ ई–माइक्रोबस

Published

on

काठमाडौं उपत्यकामा साझा यातायातले थप ५ वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले किङलङ ब्रान्डका १६ सिट क्षमताका विद्युतीय माइक्रोबस खरिद गरेको हो।

नेपालका लागि किङलङको आधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार साझालाई यी ५ वटा माइक्रोबस हस्तान्तरण गरेको छ।

साझाका अनुसार यी माइक्रोबस ललितपुर महानगर क्षेत्रभित्रका विभिन्न रुटमा सञ्चालन गरिनेछन्।

रुट महानगरसँगको समन्वयमा टुंगो लगाइनेछ भने दशैंअघि नै सञ्चालनमा ल्याउने तयारी छ।

साझाले वातावरणमैत्री र किफायती सार्वजनिक यातायातलाई प्राथमिकता दिँदै आएको छ।

हाल साझाले काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com