Connect with us

Feature

SORATHI / MARUNI

Published

on

A special dance form called SORATHI/MARUNI is performed at various festivals and traditional occasions in Gurung community. SORATHI is also known as folk drama and it has its own unique kind of tune and beat.

Sorathi is performed by singing the stories of historical and mythical god/ goddesses. Sorathi and Maruni dance looks similar. Six men perform SORATHI/MARUNI as Maruni, Fursunge and Madale. Fursunge has different and unique attire who leads two MARUNIs.

Two men adorning in women attire are called Maruni. Sorathi/Maruni dance is performed at weaning ceremony, wedding, first hair cut ceremony (Bratabandha), death ritual (Arghu) and many other occasions. Sorathi\Maruni team reaches to the place they were invited by the host family to perform dance.

They leave from there only after receiving offerings from family as per their financial capacity.

 

 

 

 

 

 

 

 

 

 

Do not copy, print or save any of the images. You are, of course, welcome to share a link to this page if you wish.

 

 

 

 

Art

ऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)

Published

on

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन, हजारौँ भक्तजन र दर्शकहरूको उपस्थितिमा बहुप्रतीक्षित भोटो जात्रा सम्पन्न भएको छ।

सयौँ वर्ष पुरानो परम्पराअनुसार मणिमाणिक्य जडित रहस्यमय भोटो सर्वसाधारणलाई देखाइयो। भोटो देखाउने क्षण हेर्न जावलाखेलमा जनसागर उर्लिएको थियो।

विशेष समारोहमा राष्ट्रपति राम चन्द्र पौडेल, उपराष्ट्रपति राम साहाय यादव,प्रधामन्त्री बालेन शाह तथा अन्य विशिष्ट व्यक्तित्वहरू सहभागी भए। ललितपुरकी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेपछि भोटो दर्शनको कार्यक्रम सम्पन्न भयो।

लिच्छवीकालदेखि चलिआएको विश्वास गरिएको यो जात्राले केवल धार्मिक आस्था मात्र होइन, काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतलाई पनि जीवन्त राख्दै आएको छ।

भोटो देखाइएसँगै उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध जात्रा रातो मछिन्द्रनाथ जात्रा यस वर्षका लागि औपचारिक रूपमा सम्पन्न भएको छ।

Continue Reading

entertainment

जावलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ

Published

on

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ बुधबार ललितपुरको लगनखेलस्थित ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको ऐतिहासिक रथजात्रा विभिन्न स्थान हुँदै शुभ साइतअनुसार केही दिन ठटी टोलमा रोकिएको थियो। परम्पराअनुसार अब रथ जावलाखेलको ललितमण्डपमा राखिनेछ, जहाँ भक्तजनहरूले दैनिक पूजाआजा गर्नेछन्।

रथ जावलाखेल पुगेको चार दिनपछि मनाइने भोटो जात्रा यस वर्ष असार ६ गते शनिबार हुनेछ। सो अवसरमा राष्ट्र प्रमुखको उपस्थितिमा परम्परागत रूपमा भोटो प्रदर्शन गरिनेछ।

काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो र लामो जात्रामध्ये एक मानिने रातो मच्छिन्द्रनाथ रथजात्रा वर्षा, सहकाल र समृद्धिको कामनासहित मनाइन्छ। भोटो देखाउने कार्यक्रम सम्पन्न भएसँगै यस वर्षको जात्रा औपचारिक रूपमा समापन हुनेछ।

DCIM\107MEDIA\DJI_0428.JPG

Continue Reading

entertainment

मगर समुदायले मनाए भूम्या पर्व

Published

on

काठमाडौँको खुलामञ्चमा मगर समुदायले भूम्या पर्व मनाएको छ।

प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।

पानी जमेको र घाँसपात उम्रिएको खुलामञ्चमा मगर युवायुवतीसहित सबै उमेर समूहका व्यक्तिहरु सांस्कृतिक झाँकी र मौलिक भेषभुषामा सजिएर रमेका थिए ।

आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरिन्छ ।

यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् ।

मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ ।

उपत्यकासहित विभिन्न जिल्ला र विदेशमा समेत मगरहरुले भूम्या पर्व मनाएका छन् ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com