Offbeat
पहिलो टी-२० मा नेपालमाथि युएईको जित
वर्षाले प्रभावित नेपालविरूद्धको पहिलो टी-२० खेलमा युएई विजयी भएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले नेपालमाथि ६ विकेटको जित निकालेको हो। वर्षाका कारण १० ओभरमा ७८ रनको लक्ष्य पछ्याएको युएईले ८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
युएईका लागि कप्तान तथा ओपनर मोहमद वासीमले १५ बलमा ३३ रन जोडे। उनले पहिलो ओभरमा डेब्यू खेलाडी हेमन्त धामीलाई २० रन प्रहार गरेका थिए।
बलिङमा नेपालमा सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ८ रन खर्चिएर ३ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहदा वर्षाले खेल रोकिएको थियो। जसका कारण खेल १० ओभरमा झारियो।
नेपालले खराब ब्याटिङ गर्दा लगातार विकेट गुमाएको थियो। तेस्रो ओभरमा अर्जुन साउद १३ रनमा बोल्ड भए। जुनइद सिद्धिकीबाट बोल्ड हुनुअघि उनले ११ बलमा ३ चौका प्रहार गरे।
दुई ओभरपछि सन्दीप जोरा पनि ६ रन बनाएर पेभिलियन फर्किए। पावरप्लेमा तेस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल छैटौं ओभरमा रनआउटको सिकार बने। उनले ९ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन बनाए।
कुशल मल्लले २१ बलमा १ चौकाको मद्दतमा १७ रन बनाउन सके। उनी ११औं ओभरमा जुबइरको एलबिडब्लूको धरापमा परे।
त्यसपछि बसिर अहमद ११ बलमा १४ रन जोडेर आउट भएका थिए। गुल्सन झाले १ रन मात्र जोड्न सके। त्यतिबेला नेपालले १६ ओभर चल्दै गर्दा छैटौं विकेट गुमाएको थियो।
सुस्त ब्याटिङ भइरहेको बेलमा नन्दन यादवले ७ बलमा २ छक्का प्रहार गरेर १३ रन जोडेका थिए। उनी १७औं ओभरमा दुई छक्का प्रहार गरे लगत्तै क्याच भए। अर्को ओभरमा शेर मल्ल शून्यमा आउट भएका थिए। खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रन बनाएर खेलिरहेका थिए।
बलिङमा युएईका जुहइबले ३ विकेट लिएका थिए।
अब दोस्रो खेल मंगलबार हुनेछ।
नेपाली टिम
कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी (कप्तान), बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने, हेमन्त धामी।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेलेको हो।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।











entertainment
जेनजी सहिद स्मृति दिवस
काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ।
जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम गृहमन्त्री सुधन गुरूङले उद्घाटन गरेका छन्।
कार्यक्रममा कानुन मन्त्री सोबिता गौतम, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूमि मन्त्री प्रतिभा रावल, पर्यटन मन्त्री गनेश पौडेल, नवप्रवर्तन मन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री निशा मेहतालगायत सहभागी छन्।
गत वर्ष भएको जेनजी आन्दोलनमा ७६ जनाको निधन भएको थियो।










entertainment
काठमाडौँ विश्वविद्यालयमा गुरुङ भाषामा स्नातकोत्तर डिप्लोमा कार्यक्रम
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनअन्तर्गत भाषा शिक्षा विभागले गुरुङ भाषा शिक्षणसम्बन्धी पोस्ट ग्राजुएट डिप्लोमा इन गुरुङ ल्याङ्ग्वेज टिचिङ (PGDE-GLT) कार्यक्रम अघि बढाएको छ।
तमु हुल छोज धीँ गुरुङ राष्ट्रिय परिषद्सँगको सहकार्यमा आयोजित सरोकारवाला गुरुङ समुदायसँगको परामर्श बैठकमा कार्यक्रमको उद्देश्य, संरचना र उपलब्धिका विषयमा छलफल गरिएको हो।
कार्यक्रमले गुरुङ भाषाका दक्ष शिक्षक, भाषाशास्त्री, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणकर्ता र अनुवादक उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै गुरुङ भाषा, लिपि, साहित्य र सांस्कृतिक सामग्रीको अभिलेखीकरण, मानकीकरण तथा डिजिटल संरक्षणमा समेत जोड दिइएको छ।
एक वर्षमा दुई सेमेस्टर पूरा हुने कार्यक्रममा विद्यालयमा आधारित प्रत्यक्ष शिक्षण अभ्यास र मेन्टरसिप प्रणालीसमेत समावेश गरिएको छ। कार्यक्रममार्फत विद्यालय तहदेखि विश्वविद्यालयसम्म गुरुङ भाषाको अध्ययन–अध्यापन विस्तार गर्ने लक्ष्य राखिएको छ।











Offbeat
चीनबाट नेपालमा राहत सामग्रीको तेस्रो खेप आइपुग्यो


रसुवा बाढी प्रभावितका लागि चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ वायुसेनाको वाई–२०ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् उद्धार र पुनर्स्थापनाका लागि आवश्यक सामग्री छन्। बेलीब्रिज जडानका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ।
यसैबीच, शव पहिचान प्रक्रियामा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञको टोली पनि नेपाल आएको छ। टोलीले नेपाली निकायसँग समन्वय गरी शव पहिचानमा प्राविधिक सहयोग गर्नेछ।




-
Offbeat2 weeks agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment4 weeks agoलगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी
-
entertainment3 weeks agoझिलिमिली सडक
-
entertainment2 weeks agoसुनसान बन्यो नागढुंगा
-
entertainment2 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
entertainment4 weeks agoविश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी
-
entertainment4 weeks agoबागलुङमा ग्यासको सास्ती
-
Auto3 weeks agoचांगनको नयाँ इलेक्ट्रिक एसयूभी ‘डिपल नेभो क्यू०५’


You must be logged in to post a comment Login