Fashion
TALENT ROUND OF MISS LIMBU 2016

Miss Limbu International -2016 participants showed their talent at talent round yesterday. Event took place at Rock House Café Anamnagar. Twenty two contestants are fighting for the pageant this year. Result of the talent round will be announced on the final day. Finale of ‘Baraha Jewellery Miss Limbu International-2016 will take place on12th of Asoj. Contestants show their talent like singing, dancing, speech, acting etc at the talent round.











entertainment
अनन्तरूपवितानम्
नमुना कलेज अफ फेसन टेक्नोलोजीका २१औँ ब्याचका स्नातक डिजाइनरहरूले ‘अनन्तरूपवितानम्’ शीर्षकमा फेसन शो आयोजना गरेको छ।
‘जर्नी अफ फेसन’ अवधारणामा आधारित उक्त फेसन शोले नेपाली कला, वास्तुकला, संस्कृति, परम्परा र सम्पदालाई आधुनिक फेसनमार्फत प्रस्तुत गरेको छ।
‘कस्मिक थ्रेड्स अफ हेरिटेज : नेपाल बियोन्ड टाइम एन्ड युनिभर्स’ मूल विषय रहेको शोमा नेपाली पहिचान र पुर्ख्यौली सीपलाई समकालीन डिजाइनसँग जोडिएको छ।
फेसन शोमा परम्परागत कपडा, मौलिक आकृति, सांस्कृतिक प्रतीक र हस्तकलाबाट प्रेरित पहिरन प्रस्तुत गरिएको छ। हिमालदेखि प्राचीन मन्दिरसम्मका नेपाली सम्पदालाई आधुनिक डिजाइनमा समेट्दै परम्परा र नवीनताको संयोजन देखाउने प्रयास गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम नमुना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत २१औँ ब्याचका स्नातक डिजाइनरहरूले आयोजना तथा व्यवस्थापन गरेका हुन्।










entertainment
पृथ्वी राजमार्ग खुलाउन गलौँदीमा यसरी काटिँदैछ भित्ता
नेपाल फोटो लाइब्रेरी
पृथ्वी राजमार्गको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिँदा पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि पूर्ण अवरुद्ध छ ।
गजुरीबाट काठमाडौँतर्फ पाँच किलोमिटर टाढा ७० मिटर लम्बाइ र ४ मिटर सडक भासिएको नागढुंगा–मुग्लिन सडक योजनाको पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरले बताए ।
भित्तासम्मै चर्किएको र तत्काल बाटो खुलाउनुपर्ने भएकाले पाँच वटा एक्साभेटर, दुई वटा लोडर, ६ वटा टिप्पर प्रयोग गरेर ब्याक कटिङ थालिएको उनले बताए ।
राजमार्गमाथि गाउँ जाने शाखा बाटो रहेकाले सबै भित्ता कटिङ गर्न नमिलेको उनले सुनाए । ‘बेलुकासम्म एकातर्फी भएपनि खुल्ने योजनामा छौँ । शाखा बाटो रहेकाले त्यसलाई पनि बचाउने हिसाबले गरिरहेका छौँ । सुरूमा एक लेन र सकेसम्म भोलि दुईतर्फी खुलाउने प्रयास रहन्छ,’ उनले भने ।
दसैँको समयमा राजमार्ग अवरुद्ध हुँदा घर जाने यात्रुलाई मर्का परेको छ । गत भदौ १० मा भोटेकोशी हुँदै आएको बाढीपछि त्रिशूली नदीले कटान गर्दा राजमार्गमा सडक भासिने समस्या बढेको छ ।





entertainment
२१ किलोभन्दा बढी सुन बरामद
काठमाडौंको बुढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्राम सुन बरामद गरेको छ । र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले भाडामा लिएको घरलाई सुन प्रशोधन गर्ने स्थानका रूपमा प्रयोग गर्दै आएका थिए। प्रहरीले उक्त घरबाट सुन गाल्ने मेसिनसमेत बरामद गरेको छ ।
बरामद सुनमध्ये १० किलो ९९७ ग्राम तयारी अवस्थामा रहेको ठोस सुन र १० किलो ७५२ ग्राम अर्धठोस सुन रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।







-
entertainment2 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment6 days agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
entertainment3 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment4 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
Auto2 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस
-
entertainment4 days agoझिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर
-
entertainment4 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग


You must be logged in to post a comment Login