Connect with us

lifestyle

UDHAULI PARVA

Published

on

Kirat community celebrated Udhauli Parva today with great ambience. They couldn’t celebrate Udhauli Parva in previous year due to pandemic. Nepal is multicultural country, it is rich in diversity. Multiple community lives here with various culture and tradition. Different community has diverse culture. They celebrate festivals on their own way. Today is full moon day on calendar. But this day is celebrated in different ways by different community. Kirat community called it Udhauli Parva where Newars called it Yomari Punhi, rest of them call it Dhanya Purnima. Kirat community worship and thank nature for good harvest and pay tribute to their ancestors on this day. 

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन बाट कोरियोग्राफर रोजिन शाक्य सम्मानित

Published

on

वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन द्वारा नेपाली वरिष्ठ फेसन कोरियोग्राफर रोजिन शाक्यलाई “सर्टिफिकेट अफ एक्सिलेन्स” प्रदान गर्दै सम्मानित गरिएको छ।

यो सम्मान २०२६ अप्रिल ३० मा काठमाडौंमा सम्पन्न २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहमा प्रदान गरिएको हो। नेपालमा फेसन, प्याजेन्ट्री र मोडलिङ क्षेत्रमा उनले पुर्‍याएको दीर्घकालीन योगदानलाई उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

विशेषतः मञ्चीय अभिव्यक्ति, रनवे कोरियोग्राफी र प्रभावकारी प्रस्तुतिमार्फत “प्रदर्शन” र “प्रस्तुति” बीचको दूरी घटाउने उनको क्षमता—“आर्ट अफ मुभमेन्ट” र “पावर अफ स्पिच” को संयोजन—लाई विशेष प्रशंसा गरिएको छ।

दुई दशकभन्दा बढी समयदेखि सक्रिय शाक्य बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी फेसन कोरियोग्राफर, कार्यक्रम सञ्चालक, मिडिया व्यक्तित्व, भ्वाइस–ओभर कलाकार, पत्रकार तथा प्रशिक्षकका रूपमा स्थापित छन्। हालसम्म उनले झण्डै १,४०० कार्यक्रमहरूको कोरियोग्राफी तथा समन्वय गरिसकेका छन्, जसमा ३०० भन्दा बढी फेसन शो र विभिन्न सौन्दर्य प्रतियोगिताहरू समावेश छन्। स्थानीयदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म उनले मञ्च व्यवस्थापन, रनवे प्रस्तुति र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।

उनका अन्तर्राष्ट्रिय संलग्नतामा मिस मरमेड सिङ्गापुर, हेरिटेज प्याजेन्ट्स, मोडल सुपरस्टार र मिस तामाङ वर्ल्ड जस्ता प्रतियोगिताहरू पर्छन्। साथै, उनले मिसेस नेपाल अष्ट्रेलिया २०२५ का आधिकारिक कोरियोग्राफरका रूपमा पनि काम गरेका छन्।

उनको योगदानलाई विभिन्न अवार्डहरूले पनि सम्मानित गरेका छन्। सन् २०१८ को इन्टरनेशनल प्रेसटिज ब्रान्ड अवार्ड, २०१९ को नेशनल युथ लिड अवार्ड, इन्टरनेशनल एक्सिलेन्स अवार्ड लगायतका पुरस्कारहरू उनले प्राप्त गरिसकेका छन्।

मिडिया क्षेत्रमा पनि उनको लामो अनुभव छ। उनले च्यानल नेपाल र एनटिभी प्लसबाट करियर सुरु गरी पछिल्लो १७ वर्षदेखि इमेज च्यानल टेलिभिजनसँग आबद्ध छन्, जहाँ उनले नेपाल भाषा समाचारमार्फत भाषाको संरक्षणमा योगदान दिएका छन्। साथै, उनले झण्डै १,७०० कार्यक्रम सञ्चालन गरिसकेका छन्।

यसरी, वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनबाट प्राप्त यो सम्मान शाक्यको सिर्जनशीलता, नेतृत्व र समर्पणको प्रतीकका रूपमा लिइएको छ।

Continue Reading

Feature

इतिहास बन्दै गरेको बल्खुको सुकुम्बासी बस्ती

Published

on

काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा अहिले बेग्लै दृश्य देखिएको छ। वर्षौँदेखि बागमतीको तिरमा सानो संसार बसाएका सुकुम्बासीहरू आज आफ्नै हातले आफ्नो आश्रय भत्काउन र सरसामान पोको पार्न विवश छन्।

सरकारले नदी किनार खाली गर्न माइकिङ गरेपछि यहाँका बासिन्दाहरू आफ्ना सरसामान सुरक्षित राख्न र उचित ठाउँको खोजीमा दौडधुप गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालयको सूचना र महानगरको सक्रियतापछि बिहीबार बिहानैदेखि बल्खु क्षेत्रमा सामान ओसार्नेको लर्को लागेको छ। कतै टहरा भत्काउँदै गरेको आवाज सुनिन्छ त कतै भविष्यको चिन्ताले भरिएका अनुहारहरू देखिन्छन्। नदी किनारलाई स्वच्छ र सुन्दर बनाउने सरकारी लक्ष्य भए पनि, आफ्नै थातथलो नभएकाहरूका लागि यो विस्थापन निकै चुनौतीपूर्ण बनेको छ।

बल्खुदेखि वंशीघाटसम्म फैलिएको यो अभियानले नदी किनारका अनधिकृत बस्तीहरू अब बिस्तारै इतिहास बन्ने संकेत दिएको छ। महानगरको यो कदमसँगै वर्षौँदेखिको बस्ती रित्तिँदै जाँदा त्यहाँका बासिन्दाहरू भने ‘अबको रात कहाँ बिताउने’ भन्ने अन्योल र पिरलोमा छन्।

Continue Reading

Feature

पूर्ण रूपमा हटाइयो थापाथलीको सुकुम्बासी बस्ती

Published

on

काठमाडौँको थापाथली स्थित सुकुम्बासी बस्ती पूर्ण रूपमा हटाइएको छ। शनिबार विहानै देखि सरकारले डोजर परिचालन गरेर सुकुम्बासी बस्ति हटाएको हो।


स्थानीय प्रशासनले केही घण्टा समय दिएर बासिन्दालाई सामान सुरक्षित रूपमा निकाल्न आग्रह गरेपछि डोजर प्रयोग गरी टहरा तथा अस्थायी संरचनाहरू भत्काइएको थियो। धेरै बासिन्दाले स्वयं पनि आफ्ना संरचना हटाउँदै सामान व्यवस्थापन गरेका थिए।

बस्ति हटाउने क्रममा ठूलो संख्यामा जनपद प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी बल परिचालन गरिएको थियो। सुरुमा दुई वटा डोजर प्रयोग गरिएकोमा पछि थप उपकरण ल्याइ तीनभन्दा बढी डोजर, क्रेन र टिपरसमेत परिचालन गरियो। कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको थियो।

बस्ती हटाइएपछि त्यहाँका परिवारलाई अस्थायी रूपमा दशरथ रंगशाला मा लगिएको छ। त्यहाँ प्रारम्भिक स्क्रिनिङपछि विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको छ।

पुनर्स्थापनाका लागि नागार्जुन लगायत विभिन्न क्षेत्रमा आवास युनिट तथा भवनहरू तयारी अवस्थामा राखिएका छन्। साथै, कीर्तिपुर, भक्तपुर (बोडे), खरीपाटी र चाँदबाग क्षेत्रमा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

सरकारले हटाइएका परिवारलाई खानाको व्यवस्था मिलाउनुका साथै पानी, बिजुली र शौचालयजस्ता आधारभूत सुविधा सुनिश्चित गरिएको जनाएको छ। साथै, वास्तविक सुकुम्बासीको पहिचान गरी डिजिटल प्रणालीमार्फत विस्तृत विवरण संकलन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com