entertainment
“UPIYAKO NIBANDHA” BY KEDAR SHRESTHA
“Upiyako Nibandha”, a play directed by Kedar Shrestha, revolves around a school going boy named Mahesh. The play is about the relationships between a teacher and his students in a traditional Nepali classroom. “Upiyako Nibandha” is currently being staged at Theatre Mall, Sundhara.
There is a Nepali teacher in the drama who is a rigid man, very strict to students and does not allow any kinds of creativity in the class.
“Upiyako Nibandha” leaves you with a pressing feeling of urgency and sadness in between the laughs.
The play is scheduled to continue till July 17 everyday (except Wednesdays) at 5:30 pm at Theatre Mall, Sundhara.











entertainment
नयाँ प्रविधि सहित फेरी खुल्यो जय नेपाल हल
काठमाडौंको हात्तिसारस्थित ऐतिहासिक जय नेपाल चलचित्र हल पुनः सञ्चालनमा आएको छ।
करिब ७५ वर्ष पुरानो इतिहास बोकेको यो हल केही वर्षदेखि बन्द अवस्थामा थियो भने कोभिडपछि झन्डै खण्डहरजस्तै बनेको थियो। अब भने नयाँ पुस्ताका युवाहरूको पहलमा आधुनिक सुविधासहित यसलाई नयाँ स्वरूपमा पुनर्जीवित गरिएको छ।
वि.सं. २००९ सालतिर स्थापना भएको मानिने जय नेपाल नेपाली चलचित्र संस्कृतिको महत्वपूर्ण प्रतीकका रूपमा परिचित छ। दरबारमार्ग र नारायणहिटी संग्रहालय नजिक रहेको यो हलले दशकौँसम्म नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
हलका निर्देशक संजय श्रेष्ठका अनुसार पुरानो इतिहास र सांस्कृतिक विरासत जोगाउने उद्देश्यले हलको पुनःनिर्माण गरिएको हो। अहिले यहाँ आधुनिक साउण्ड सिस्टम, आरामदायी सिट, सहज पार्किङ र सुरक्षित संरचना जस्ता सुविधा थपिएका छन्। युरोपबाट ल्याइएको अत्याधुनिक साउण्ड सिस्टमले दर्शकलाई उत्कृष्ट चलचित्र अनुभव दिने दाबी गरिएको छ।
हलका अर्का सञ्चालक हरिकृष्ण श्रेष्ठले जय नेपाल केवल चलचित्र हेर्ने स्थान नभई नेपाली समाजको सम्झना र इतिहास बोकेको धरोहर भएकाले यसको संरक्षण आवश्यक रहेको बताए। पहिलेको ‘स्पेशल’ र ‘बाल्कोनी’ संस्कृतिलाई अहिले ‘गोल्ड’ र ‘प्लाटिनम’ सिटमार्फत नयाँ पुस्तासामु प्रस्तुत गरिएको छ।
दुई तले संरचना रहेको जय नेपाल हल अहिले नेपालमा दुर्लभ मानिने पुराना सिनेमाघरमध्ये एक हो। साथै, हलभित्र नेपाली उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय ब्रान्डका सामग्रीसमेत राखिएका छन्।
सञ्चालकहरूले नयाँ पुस्ताका युवालाई यहाँ आएर पुरानो समयको सिनेमाघरको अनुभव लिन आग्रह गरेका छन्। पुरानो पुस्ताको सम्झना र नयाँ प्रविधिको संयोजन बनेको जय नेपाल हल फेरि एकपटक नेपाली चलचित्र संस्कृतिको जीवित इतिहासका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।\




entertainment
चेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी
दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ।
प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदाका आकर्षक तस्बिरहरू समेटिएका छन्।
पर्यटन पत्रकारितामा सक्रिय लामा लामो समयदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यका तस्बिर र आलेखमार्फत प्रचार–प्रसार गर्दै आएका छन्।
प्रदर्शनीमार्फत उनले चेर्दुङको प्राकृतिक सौन्दर्य, अध्यात्मिक महत्व तथा पदयात्रा पर्यटनको सम्भावना उजागर गर्ने प्रयास गरेका छन्।
दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा जन्मिएका लामा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि व्यावसायिक पत्रकारितामा सक्रिय भएका हुन्। उनी ‘कालिञ्चोक सन्देश’ साप्ताहिकबाट फोटो पत्रकारितामा परिचित बनेका थिए।
प्रदर्शनी जेठ १४, १५ र १६ गते क्रमशः बिहीबार, शुक्रबार र शनिबार आयोजना गरिने आयोजकले जनाएको छ।




Art
किम्फको २३ औं संस्करण सुरु
काठमाडौंमा बुधबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अर्थात् किम्फको २३ औं संस्करण सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सव ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना भइरहेको छ।
यस वर्षको किम्फ भारतकी निर्देशक त्रिवेणी राईको चर्चित फिल्म ‘छोरा जस्तै’ अर्थात् ‘सेप अफ मोमो’ को नेपाल प्रिमियरबाट उद्घाटन गरिएको हो। महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्म प्रदर्शन हुँदैछन्।
‘नेपाल पानोरमा’ खण्डमा नेपाली समाज र समकालीन जीवन झल्काउने फिल्महरू पनि समावेश गरिएको छ। आयोजकका अनुसार यस वर्ष मनोरञ्जनसँगै सामाजिक मुद्दामाथि गम्भीर बहस सिर्जना गर्ने उद्देश्य राखिएको छ।
महोत्सवमा ‘एलिफेन्ट्स इन द फग’, ‘शाम्बाला’ लगायतका फिल्मसँग सम्बन्धित विशेष अन्तरक्रिया, सेन्सरशिपमाथिको छलफल, जापानी फिल्म ‘क्लाइम्बिङ फर लाइफ’ को विशेष प्रदर्शन तथा युवा केन्द्रित विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिँदैछन्।







-
entertainment4 weeks agoहङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’
-
Offbeat3 weeks agoबबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा
-
entertainment1 week agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
Feature3 weeks agoपर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान
-
Feature3 weeks agoशहरको भीडबीच सुस्ताउने ठाउँ शंख पार्क
-
Auto2 weeks ago‘पेट्रोल सुँघाए पुग्छ’ भन्दै बजाजले ल्याएको नयाँ बाइक
-
Art4 weeks agoविक्रम श्रेष्ठको ‘रातो मच्छिन्द्रनाथ’ एकल कला प्रदर्शनी सुरु
-
Auto3 weeks agoनेपाली सडक लक्षित गर्दै रोयल इन्फिल्डको नयाँ ‘गुरिल्ला ४५०’ सार्वजनिक


You must be logged in to post a comment Login