Offbeat
WATCH: “TIMI SANGA” TRAILER
Feature
प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारी पूरा
काठमाडौं, फागुन २०, २०८२ – निर्वाचन आयोगले भोलि फागुन २१ गते (मार्च ५, २०२६) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
देशभरका २२ हजारभन्दा बढी मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका, अन्य सामग्री तथा कर्मचारीहरू पुगिसकेका छन्। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सुरक्षा व्यवस्था, व्यवस्थापकीय काम सबै पूरा भएको र अवस्था सामान्य रहेको जानकारी दिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई उत्साहपूर्वक र निर्भय भएर मतदान गर्न आग्रह गरेका छन्। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।










Feature
बसन्तपुरमा होलीको रौनक
रंगहरूको पर्व होली आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा हर्षोल्लासका साथ मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा फागुपूर्णिमाको दिन विशेष रूपमा रंगीन उत्सवको रूपमा मनाइने यो पर्वमा हजारौं स्थानीय तथा विदेशी पर्यटकहरू सहभागी भएका छन्।
बसन्तपुरमा बिहानैदेखि रंग, अबिर र पानीका फोहोराले एकअर्कालाई रंगाउने क्रम चलिरहेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यो ऐतिहासिक क्षेत्रमा युवाहरूको ठूलो भीड जम्मा भई नाचगान र रमाइलो गरेको देखिन्छ।
विदेशी पर्यटकहरूले पनि नेपालीहरूको साथमा रंग खेल्दै उत्सवको मजा लिएका छन्।

चीर ठड्याइएको फागुन १२ देखि नै होलीको औपचारिक सुरुवात भएको थियो। सुरक्षा व्यवस्था कडा पारिए पनि उत्सव शान्तिपूर्ण र रंगीन बनेको छ। बसन्तपुरलाई नेपालकै सबैभन्दा भव्य होली मनाइने ठाउँ मानिन्छ। यो वर्ष पनि रंगहरूले भरिएको यो क्षेत्रले वसन्तको उमंग र सद्भावको सन्देश फैलाएको छ।












Offbeat
राष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैंचा’
राष्ट्रप्रेम, एकता र सामूहिक जिम्मेवारीको भावनाले ओतप्रोत देशभक्ति गीत ‘देश हो बगैंचा’ सार्वजनिक भएको छ।
देशलाई सुन्दर बगैंचासँग तुलना गर्दै हरेक नागरिकलाई त्यसको ‘माली’ का रूपमा चित्रण गरिएको यस गीतले गुनासोभन्दा कर्म र समर्पणलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
गीतकार बलदेव थापा ले लेखेको यस गीतमा बबिना भट्टराई को स्वर तथा संगीत रहेको छ। उनलाई स्वरमा प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु र निर्मल दियालीले साथ दिएका छन्। सामूहिक स्वर प्रयोगले गीतमा एकता र सहकार्यको भाव थपिएको छ। एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् भने ड्रिम्स स्टुडियोमा प्रकाश के.सीले रेकर्ड, मिक्सिङ र मास्टरिङ गरेका छन्।
‘बबिना भट्टराई’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रेम खनालसहित कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोमा राष्ट्रिय झण्डासहित प्रस्तुत दृश्यहरूले राष्ट्रभावलाई थप सशक्त बनाएको छ।
गीतको अडियो इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले सञ्चालन गर्ने ‘मेचीदेखि महाकालीसम्म’ कार्यक्रममा प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिएको थियो। कार्यक्रममा सर्जकहरूले गीतको सन्देशबारे चर्चा गरेका थिए।

गीतमा नेपालको प्राकृतिक वैभव, हिमाल–पहाड–तराईको विविधता र सामाजिक सद्भावको महत्त्वलाई काव्यात्मक रूपमा प्रस्तुत गरिएको छ। “देश हो बगैंचा, हामी सबै हौं माली” भन्ने स्थायी हरफमार्फत गीतले राष्ट्रप्रेमलाई भावनात्मक नाराभन्दा माथि उठाएर जिम्मेवार नागरिकको भूमिकामा जोड दिएको छ।
निर्वाचनको माहोलबीच सार्वजनिक भएको यो गीतले सकारात्मक ऊर्जा थप्दै देश निर्माणमा सक्रिय सहभागिताको सन्देश प्रवाह गरेको छ। ‘देश हो बगैंचा’ केवल सांगीतिक प्रस्तुति मात्र नभई नागरिक दायित्व र एकताको अभियानात्मक अभिव्यक्ति बनेको छ।

-
Feature3 weeks agoबाबुराम गुरुङको नेतृत्वमा जिटिन
-
entertainment4 weeks agoचलचित्र जुनकिरीको फर्स्ट लुक सार्वजनिक
-
entertainment4 weeks agoनयाँ कौडा गीत ‘हाँसी राखन माया बोली राखन’ (भिडियो)
-
Feature1 week agoनाटक प्राइमा फेसिए
-
lifestyle4 weeks agoटुँडिखेलसहित सात स्थानमा नेपाल–इंग्ल्यान्ड खेलको प्रत्यक्ष प्रसारण, नेपाल ४ रनले पराजित
-
Feature3 weeks agoभारत–नेपाल चुनाव सहकार्य: गाडी हस्तान्तरण
-
Offbeat4 weeks agoक्रिकेट महिला टिमको नयाँ जर्सी सार्वजनिक
-
Art1 week agoबागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२





