Connect with us

entertainment

BHARAT SITAULA’S “BAISHAMA”

Published

on

bharat-sitaula

Famous singer Bharat Sitaula’s latest music video “Baishama” is released recently. The song is taken from his recent music album “Baishama”. Singer himself has created music, lyric of the song and he has acted with model Barsha Siwakoti. In direction of Bibhor Pokhrel Anil Manandhar has captured the video and edited by Tekendra Shah. This video is released on you tube along with Nepali Television channels.


Barsha-siwakoti

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

‘जिउँदो आकाश’को नियमित मञ्चन सुरु

Published

on

काठमाडौंको थापागाउँस्थित एक थिएटर नेपालमा चर्चित नेपाली नाटक ‘जिउँदो आकाश’को नियमित मञ्चन सुरू भएको छ।

यौनिक तथा अल्पसंख्यक समुदायको जीवन, पहिचान र उनीहरूले समाजमा भोग्ने विभेदको कथा प्रस्तुत गर्ने नाटक ‘जिउँदो आकाश’ साउन १ गतेदेखि नियमित मञ्चनमा आएको हो।

वि.सं. २०७३ जेठ २९ गते दोलखाको चरीकोटबाट पहिलो पटक मञ्चन भएको यो नाटक यौनिक तथा अल्पसंख्यकको विषयवस्तुमा आधारित पहिलो नेपाली नाटकका रूपमा परिचित छ।

नेपालका विभिन्न सहरमा ८६ भन्दा बढी पटक मञ्चन भइसकेको यो नाटक भारतको दिल्ली र गुवाहाटीमा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत प्रस्तुत भइसकेको छ।

लेखक चन्द्रप्रसाद पाण्डेले पुरूष शरीर लिएर जन्मिए पनि स्त्री स्वभाव भएकी ‘गरिमा’ (गौरव) को कथामार्फत समाज, परिवार र विद्यालयबाट भोग्नुपरेको अस्वीकृति तथा संघर्षलाई नाटकमा प्रस्तुत गरेका छन्। निर्देशक आर.के. मेहताका अनुसार नाटकले लैंगिक पहिचानभन्दा माथि उठेर मानवतालाई केन्द्रमा राख्ने सन्देश दिन्छ।

नाटकमा कलाकार अनिल सुब्बाले गरिमाको भूमिकामा अभिनय गरेका छन्। रेनुका कार्की सह-निर्देशक रहेकी छन् भने किरण चाम्लिङ राईको संगीत परिकल्पनासँगै युकेश राई, सोनाम तामाङलगायतले प्रत्यक्ष संगीत प्रस्तुत गरिरहेका छन्।

साउन १ देखि १२ गतेसम्म बुधबारबाहेक हरेक दिन साँझ ५:३० बजे नाटक मञ्चन हुनेछ। दर्शकको सुविधाका लागि शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ।

Continue Reading

entertainment

घारी बनेको चक्रपथ

Published

on

चक्रपथ दोस्रो खण्ड विस्तार ढिलाई हुँदा अधिकांश ठाउँमा घारी बनेको देखिन्छ।

वर्षौंदेखि रोकिएको यो चक्रपथको दोस्रो खण्डमा अहिले —कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार अब चिन सरकारको सहयोगमा अघि बढ्ने भएको छ।

८.२ किलोमिटर लामो यस खण्डमा चिन सरकारको सहयोगमा सडक र पुल निर्माण हुने भएको हो।

यो परियोजाको लागी चीन सरकारले करिब ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ।

यो परियोजना नयाँ भने होइन। सम्झौता त २०७५ सालमै पनिभइसकेको थियो।

त्यसयता कहिले कोरोना महामारी त कहिले साइट क्लियर नभएको बहानामा चिनियाँ पक्षले काम अघि बढाएन।

२०७९ पुसमा साइट निरीक्षण गर्न आएको चिनियाँ टोलीले पनि वरपरका मन्दिर नहटाई काम नगर्ने अडान राख्दै फर्किएको थियो।

यता सडक विभागले भने आफ्नो दायित्व पूरा गरिसकेको छ—तीन वर्षअघि नै दायाँबायाँका संरचना हटाइसकिएको छ, र सर्भिस लेन तथा ढल निकासको काम पनि आंशिक रूपमा गरिएको छ।

तर पटक–पटकको ताकेता बेवास्ता गर्दै चिनियाँ पक्ष आएन, र खाली राखिएको जग्गामा अहिले बर्खायामको झाडी उम्रिसकेको छ।

अब सम्झौता नवीकरण भएसँगै काम वास्तवमै सुरू हुन्छ कि फेरि अलपत्र बस्छ, हेर्न बाँकी छ।

Continue Reading

entertainment

‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ सार्वजनिक

Published

on

माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक भएको छ।

गुरुङ समुदायको पहिरन, संस्कृति र गाउँले जीवनशैलीलाई झल्काउने यो गीतमा दयाहाङ राई, बुद्धि तामाङलगायतका कलाकार देखिएका छन्। शब्द हर्क साउदको र संगीत मनोज थापा मगरको रहेको छ।

भदौ २६ गते हरितालिका तीजको मौकामा प्रदर्शनमा आउने यो चलचित्रले प्रेम, संघर्ष र पारिवारिक सम्बन्धको कथा बुनेको छ।

यसको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङ, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा पहिले नै बिक्री भइसकेको छ, र अन्य देशसँग पनि छलफल जारी रहेको निर्माणपक्षले जनाएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com