Connect with us

Feature

नाटक प्राइमा फेसिए

Published

on

लैंगिक न्याय र कानुनी प्रणालीप्रतिको विश्वासमाथि प्रश्न उठाउने नेपाली रुपान्तरण नाटक प्राइमा फेसिए यतिबेला नियमित मञ्चनमा छ।

नाटक एक सफल आपराधिक वकिल टेस्साको कथामा आधारित छ, जसले यौन दुराचारका आरोपितहरूको पक्षमा वकालत गर्दै न्याय प्रणालीप्रति दृढ विश्वास राख्छिन्। तर आफू नै यौन हिंसाको शिकार भएपछि अदालतको प्रक्रिया, प्रमाणको कठोर मापदण्ड र पितृसत्तात्मक संरचनाप्रति उनको दृष्टिकोण बदलिन्छ। यही अन्तरद्वन्द्वमार्फत नाटकले यौन हिंसाका मुद्दामा पीडितले भोग्ने कानुनी जटिलता र सामाजिक दृष्टिकोणको अन्तर उजागर गर्छ।

नेपाली संस्करणमा कलाकार पशुपति राई एकल अभिनयमा देखिएकी छन्। अनुवाद दुर्गा कार्कीले गरेकी हुन् भने निर्देशन आकांक्षा कार्कीले सम्हालेकी छन्।

मूल नाटककी लेखिका Suzy Miller ले #MeToo आन्दोलनपछिको सन्दर्भमा कृति लेखेकी हुन्, जुन विश्वका विभिन्न देशमा मञ्चन भइसकेको छ। नेपालमा नेपाली भाषामा यसको प्रस्तुति हुनु महत्वपूर्ण मानिएको छ।

फागुन ७ गतेदेखि सुरु भएको नाटक फागुन १६ (फेब्रुअरी १९–२८, २०२६) सम्म मञ्चन हुनेछ। हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ। १३ वर्षमाथिका दर्शकका लागि उपयुक्त मानिएको नाटकमा ‘ट्रिगर वार्निङ’ समेत उल्लेख गरिएको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

बत्ती जडानपछि यस्तो देखियो न्युरोड

Published

on

काठमाडौंको न्युरोडस्थित इन्द्रचोकदेखि विशाल बजार बसन्तपुर लगाएतको सडकमा परम्परागत शैलीका सडकबत्ती जडान भएको छ।

यहाँ का घरहरुमा पुरनो शैलीको रंग लगाए पश्चात सडकमा पनि पुरानै शैलीको बत्तिहरु जडान गरिएको हो।

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रको मौलिक पहिचान जोगाउँदै सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले यी बत्ती जडान गरेको हो।

बत्ति जडान पश्चात यहाँको शुन्दरतामा निखाए आएको देखिन्छ।

Continue Reading

Art

झण्डा कला महोत्सव २०८३

Published

on

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एक सातासम्म चलेको ‘झण्डा कला महोत्सव २०८३’ सम्पन्न भएको छ।

नेपाली राष्ट्रिय झण्डालाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले कला, संस्कृति र राष्ट्रिय पहिचानलाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो।

‘नेपाली राष्ट्रियता र संस्कृति’ भन्ने मूल नारासहित आर्ट बुमले आयोजना गरेको महोत्सवमा हजारौँ दर्शकको सहभागिता रहेको थियो।

प्रदर्शनीमा नेपाली राष्ट्रिय झण्डाको कलात्मक स्वरूपलाई विभिन्न शैलीमा चित्रण गरिएका आकर्षक कलाकृतिहरू राखिएका थिए, जसले दर्शकको विशेष ध्यान खिच्यो।

त्यसैगरी, नेपालको ऐतिहासिक सम्पदा, हिमाल, पहाड, तराई, धार्मिक स्थल, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेटिएका चित्रकलाले पनि प्रदर्शनीलाई थप विशेष बनाएको थियो।

कलाकारहरूले आफ्ना सिर्जनामार्फत नेपालीपन, राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार यो महोत्सव केवल कला प्रदर्शनी मात्र नभई नयाँ पुस्तालाई राष्ट्रिय झण्डाको महत्व, नेपाली मौलिक कला र सांस्कृतिक सम्पदाप्रति थप सचेत बनाउने प्रयास पनि हो।

एक सातासम्म सञ्चालन भएको यस महोत्सवले कला पारखी र सर्वसाधारण दुवैबाट उत्साहजनक प्रतिक्रिया पाएको आयोजकले जनाएको छ।

Continue Reading

entertainment

सानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा

Published

on

लितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ।

एकान्तकुना–कलङ्की सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने रेलिङ, सिँढी र अन्य फिनिसिङका काम जारी रहेका छन्।

वर्षौँदेखि अलपत्र रहेको यो आयोजना पछिल्लो समय तीव्र गतिमा अघि बढाइएको हो। निर्माण कम्पनीले पुलको स्टिल संरचना जडान तथा अन्य प्रमुख प्राविधिक काम पूरा गरिसकेको जनाएको छ।

अब बाँकी रहेका साना प्राविधिक तथा सौन्दर्यकरणका काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

व्यस्त चक्रपथ क्षेत्रमा दैनिक हजारौँ पैदलयात्रीले सडक पार गर्नुपर्ने भएकाले पुल सञ्चालनमा आएपछि आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

साथै, सडकमा हुने पैदलयात्रीको चाप घटेर ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com