Offbeat
टौदह (तस्विरहरु)
काठमाडौं उपत्यकाको एउटा ऐतिहासिक तथा पर्यटकीय पोखरी हो टौदह।
टौदह करिब २१० मिटर लामो र १८० मिटर चौडा छ । नेवारी भाषामा ‘तः दह’ भनेको ‘ठूलो पोखरी’ हो । पछि ‘तः दह’ को अपभ्रंश हुँदै ‘टौदह’ भएको मानिन्छ । यस दहको विभिन्न धार्मिक तथा पौराणिक कथा तथा मान्यताहरु रहेको बताइन्छ।
यो पोखरी काठमाडौंको चोभारबाट डेढ किलोमिटर दक्षिण कीर्तिपुर नगरपालिकाको वडा नम्बर १५ मा पर्छ।
काठमाडौंमा उतिबेलाको नेपाल खाल्डोको पानी बाहिर जाने क्रममा बनेको किम्बदन्ती छ।
करिब सय रोपनी क्षेत्रफलमा यो फैलिएको छ । राजधानीको नजिकै रहेर पनि चर्चामा आउन नसकेको टौदहको सुन्दरता अहिले बढको छ। उपत्यकामा घुम्नलायक गन्तव्यमा यो पनि परेको छ। वरिपरि रिसोर्टहरु बनाइएको छ। पर्यटनको सम्भावना देखेरै स्थानीयले टौदहको संरक्षण गरेका छन्।
प्रत्येक वर्ष नागपञ्चमीका दिन टौदहमा मेला लाग्ने गर्दछ। ३८ जातका बोटबिरुवा ३६ जातका किरा र १ सय १६ प्रकारका पंक्षी यस क्षेत्रमा रहेका हुँदा टौदह जैविक अनुसन्धानका लागि वरदान सावित भएको बताइन्छ।



Auto
अब ट्राफिक नियम तोड्न सजिलो छैन!
काठमाडौंका सडकमा ट्राफिक प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। मुख्य सडक मात्रै होइन, भित्री गल्लीसम्म ट्राफिक प्रहरीको निगरानी विस्तार भएको छ।
लेन मिच्ने, रातो बत्ती उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने वा सडक अनुशासन विपरीत सवारी चलाउने चालकलाई तत्काल कारबाही भइरहेको छ। अझ सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा समेत नियम उल्लंघन गर्ने चालकलाई कानुनी दायरामा ल्याउन थालिएको छ।
दुर्घटना बढी हुने स्थान, समय र चालकको व्यवहारको विश्लेषण गर्दै ट्राफिक प्रहरी परिचालन गरिएकाले अहिले कारबाही अझ प्रभावकारी बनेको छ। काठमाडौं उपत्यकामा दैनिक करिब १,६०० ट्राफिक प्रहरी खटिने र औसत २,५०० सवारी साधन कारबाहीमा पर्ने गरेका छन्।
अब काठमाडौंका सडकमा नियम उल्लंघन गर्दा प्रहरीको नजरबाट बच्न झन् कठिन बन्दै गएको छ।





Feature
भक्तपुरको सबैभन्दा चर्चित अधुरो भवन
भक्तपुरको मध्यपुर थिमि–राधे राधे चोकमा रहेको अग्लो र अधुरो भवन धेरै वर्षदेखि स्थानीय तथा यात्रुहरूको चासोको विषय बनेको छ।
अरनिको राजमार्गबाट सजिलै देखिने यो भवन करिब १७ तला अग्लो छ र भक्तपुर क्षेत्रकै एक प्रमुख चिनारीजस्तै बनेको छ।
सुरुमा यस भवनलाई अत्याधुनिक लक्जरी होटलका रूपमा सञ्चालन गर्ने योजना बनाइएको थियो। होटलसँगै व्यापारिक कम्प्लेक्स र कार्यालयहरू पनि राख्ने लक्ष्य थियो। धेरै मानिसले यो भवन भारतीय अभिनेता गोविन्दाको भएको भन्ने विश्वास गरे पनि त्यो सत्य होइन।

गोविन्दा एक पटक भवन अवलोकनका लागि आएका कारण यस्तो हल्ला फैलिएको हो। वास्तवमा यो परियोजना नेपाली व्यावसायिक समूह शौरभ ग्रुप तथा अन्य लगानीकर्तासँग सम्बन्धित रहेको बताइन्छ।
निर्माण कार्य सन् २०१७ तिरबाट रोकिएको मानिन्छ। विदेशी लगानी, लगानीकर्ताबीचको विवाद, कानुनी प्रक्रिया तथा आर्थिक व्यवस्थापनका समस्या जस्ता कारणले काम अघि बढ्न नसकेको बताइन्छ।
साथै, यति ठूलो संरचना निर्माण गर्दा आवश्यक पर्ने केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाले पनि परियोजना प्रभावित भएको चर्चा छ।
वर्षौंदेखि अधुरो अवस्थामा रहेको यो भवनको सुरक्षाबारे पनि चिन्ता व्यक्त हुँदै आएको छ। झ्याल–ढोका नलागेको र खुला अवस्थामा रहेको संरचना घाम, पानी र मौसमको असरमा परिरहेको छ।
स्थानीयवासी तथा प्राविधिकहरूका अनुसार यसको नियमित परीक्षण र उचित व्यवस्थापन आवश्यक छ। सांस्कृतिक सम्पदाले चिनिएको भक्तपुरमा यो अधुरो भवन अहिले पनि रहस्य र चासोको विषय बनेको छ।
entertainment
गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ
गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा दुई जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।
सुधन यसअघि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो। उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्।
महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका थिए।





-
Art3 weeks agoरंगमञ्चमा स्यालसिंह
-
entertainment2 weeks agoकमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार
-
Art4 weeks agoद टेस्ट अफ सेलरोटी
-
Art4 weeks ago‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा
-
entertainment4 weeks agoकाठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’
-
entertainment4 weeks agoनेपालकै पहिलो आर्क व्रिज
-
Art3 weeks agoझण्डा कला महोत्सव २०८३
-
entertainment4 weeks agoसानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा


You must be logged in to post a comment Login