Connect with us

Feature

गुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने २३ युवा सम्मानित

Published

on

यस वर्षको स्प्रिङ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल २३ जना गुरुङ आरोहीलाई सम्मान गरिएको छ।

गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन) सँगको सहकार्यमा राजधानीमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा गुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तित्व मोतिलाल गुरुङ ले आरोहीहरूलाई प्रशंसापत्रसहित सम्मान गर्नुभयो। उहाँले हिमाल पर्यटनमा व्यावसायिक रूपमा सक्रिय रहन र आफ्नो सीप तथा क्षमता थप विकास गर्न युवाहरूलाई प्रेरित गर्नुभयो।

यस वर्ष सयौं आरोहीले सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। तीमध्ये गुरुङ समुदायका दुई दर्जनभन्दा बढी युवाले पनि ऐतिहासिक सफलता हासिल गरेका छन्। विशेषगरी गोर्खाको धार्चे गाउँपालिका–४ लाप्राक र संखुवासभाको भोटखोला गाउँपालिकाका युवाहरूको उल्लेख्य सहभागिता रहेको छ। साथै तनहुँ, कास्की र ताप्लेजुङका आरोहीले पनि सगरमाथा चुम्न सफल भएका छन्। गुरुङ समुदायबाट एकै सिजनमा यति धेरै आरोहीले सगरमाथा आरोहण गरेको यो पहिलो अवसर मानिएको छ।

सम्मानित आरोहीमध्ये पुरबहादुर गुरुङले १० पटक, सुमन गुरुङले ८ पटक, इमान गुरुङ र अनुप गुरुङले ७–७ पटक तथा प्रकाश गुरुङले ६ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ। कास्कीका तेजेन गुरुङ गुरुङ समुदायबाट १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो आरोहीका रूपमा परिचित हुनुहुन्छ।

कार्यक्रममा बोल्दै मोतिलाल गुरुङले हिमाल क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढ्दो रूपमा देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। “मेरो समयमा फेरिचेदेखि नै बाक्लो हिउँ देखिन्थ्यो, अहिले सगरमाथाको चुचुरोमै हिउँ कम देखिन थालेको छ,” उहाँले भन्नुभयो। हिमालको प्राकृतिक स्वरूप जोगाउनु नेपालका लागि अपरिहार्य रहेको उहाँको भनाइ थियो।

यसै अवसरमा एटजोन काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको थियो। नवीन बाबु गुरुङ अध्यक्ष रहेको नयाँ कार्यसमितिमा किशोर गुरुङ, पिम गुरुङ, सृष्टि गुरुङ, अनुप गुरुङ, रत्न गुरुङ र अपेक्षा गुरुङ रहनुभएको छ। साथै जुली गुरुङ संयोजक रहेको मिडिया डेस्क गठन गरिएको छ भने गरिमा गुरुङलाई जिटिन सद्भावना दूत घोषणा गरिएको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

परम्परागत शैलीमा बन्दै गरेको ट्राफिक बिट

Published

on

गत वर्षको आन्दोलनका क्रममा तोडफोड भई क्षतिग्रस्त बनेको काठमाडौँको थापाथली चोकस्थित ट्राफिक बिटको अहिले पुनर्निर्माण भइरहेको छ।

सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयहरूको संयुक्त पहलमा बनिरहेको यो नयाँ संरचनालाई विशेष आकर्षणका साथ मौलिक शैलीमा तयार पारिएको छ।

यसको पर्खाल परम्परागत शैलीको इँट्टा प्रयोग गरेर लगाइएको छ भने यसमा आकर्षक तथा बुट्टेदार परम्परागत पिलरहरू राखिएको छ।

अझै व्यवस्थित र प्रविधिमैत्री बन्दै गरेको यस ट्राफिक बिटको निर्माणले थापाथली क्षेत्रको यातायात व्यवस्थापनलाई सहज बनाउनुका साथै यसको सौन्दर्यलाई समेत थप झल्काएको छ।

Continue Reading

entertainment

पोखरामा फ्लाइ दुबईको व्यावसायिक उडान सुरु

Published

on

नेपाल फोटो लाईब्रेरी

फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको छ। आज दुबईबाट ११३ जना यात्रु बोकेर आएको विमान पोखरामा अवतरण गरेको हो।

विमानलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो। पोखरेलीले यात्रुहरूलाई पनि स्वागत गरे भने आफन्तहरू उनीहरूलाई लिन विमानस्थल पुगेका थिए। फर्किँदा यही विमानले १५३ जना यात्रु लिएर दुबई जानेछ।

Continue Reading

entertainment

तमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग

Published

on

तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थामा आबद्ध ५२ जना दाताबाट संकलित रकम पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रदान गरिएको हो। संस्थाका सदस्य कृष्ण गुरुङले अर्थ मन्त्रालय पुगेर सम्बन्धित निकायमार्फत सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

तमु परिवार न्यूयोर्कले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com