lifestyle
HARKA SAMPANG TOOK OATH

The newly elected mayor of Dharan Sub-metropolitan city Harkaraj Sampang Rai has taken an oath today. Independent candidate for Mayor, Rai has defeated other political party candidates in local level elections. This is why Rai has been attracting a lot of attention recently. He has made a rebellious image among the public. Rai was adorned in traditional attire while taking the oath.

lifestyle
देशभर बकर इद पर्व मनाइँदै

- नेपाल फोटो लाइब्रेरी
आज मुस्लिम समुदायले दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइरहेका छन्। इदुल फित्र अर्थात रमजानको ७० औँ दिन पर्ने यो पर्व इस्लामिक पात्रोअनुसार दिल हिज्जाको १० औँ दिन मनाइन्छ।
शनिबार बिहान काठमाडौँको घण्टाघरस्थित काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई सामूहिक नमाजमा सहभागी भएका थिए। नमाजपछि एकअर्कासँग अङ्कमाल गर्दै शुभकामना साटासाट गरिएको थियो।




lifestyle
भोटो कसको ?

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न
ललितपुरको जावलाखेलमा आइतबार वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाएर रथ यात्रा सम्पन्न गरिएको छ। थटिटोलबाट जावलाखेल ल्याइएको रथको चौथो दिन विशेष समारोहबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न जात्रामा हजारौं भक्तजनको भीड लागेको थियो। लिच्छवीकालदेखि चल्दै आएको भोटो देखाउने परम्परा अनुसार ‘यो भोटो कसको हो?’ भन्ने सांकेतिक प्रश्नसहित जात्रा समापन गरिएको हो।














Feature
काठमाडौँमा सावित्री बरसाइत

काठमाडौँमा पनि महिलाहरूले परम्परागत रूपमा वट सावित्री (बरसाइत) पर्व श्रद्धापूर्वक मनाए।
व्रत बसेर वरको रुखको पूजा गर्ने यो पर्वमा महिलाहरूले श्रीमानको दीर्घायु र सौभाग्यको कामना गर्दै मिथिलाका महिलाहरुले काठमाडौँमा यो पर्व मनाएका हुन्।
शास्त्र अनुसार वरको रुखमा ब्रह्मा, विष्णु र महेशको वास रहन्छ भने सावित्रीको प्रतीक रूपमा यसको पूजा गरिन्छ। सावित्रीले यमराजबाट आफ्नो पति सत्यवानको प्राण फर्काएको कथालाई स्मरण गर्दै महिलाहरूले यो पर्वमा व्रत बस्ने परम्परा रहेको छ।
राजधानीमा रहेका मिथिला समुदायका महिलाहरूले पनि नजिकका बरवृक्षमा पूजा गर्दै पर्व मनाएका थिए।










-
lifestyle2 weeks ago
भोटो कसको ?
-
Art3 weeks ago
हरिप्रसाद शर्माका कृति नेपाल आर्ट काउन्सिलमा
-
Feature4 weeks ago
शिल्पी नाटकघरमा ‘लस्ट एण्ड फाउन्ड’(तस्विरहरु)
-
Feature3 weeks ago
कलाकारिता यात्रामा लागेकी जोनिशा
-
entertainment4 days ago
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
-
Feature3 weeks ago
सति घाँटु
-
Offbeat2 days ago
नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन
-
Feature2 weeks ago
नागढुंगा सुरुङ (भिडियो)