Connect with us

Offbeat

न्युयोर्कमा तमु ल्होसार (तस्विरहरु)

Published

on

न्युयोर्क पुष २३ । तमु परिवार न्युयोर्कले गत शनिवार न्युयोर्कमा ल्होछार तथा सांस्कृति साँझ २०८० भब्यरुपमा मनाएको छ ।

३० डिसेम्बरको दिन न्युयोर्कको क्विन्स स्थित टिबेटन कम्युनिटी सेन्टरको हलमा तमु परिवार न्युयोर्कले हि ल्होको बिदाइ र मुप्ह्री ल्हो तमू ल्होछार कार्यक्रमको आयोजना गरिएको हो।

अध्यक्ष मनिता गुरुङको अध्यक्षता एवं कार्यक्रम संयोजक सरोज गुरुङ सक्रियतामा भव्यताका साथ सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष मनिता देबी गुरुङले कार्यक्रममा बोल्दै संस्थाका आजीवन सदस्यहरुले समाजप्रति देखाएको दाइत्वलाई उच्च सम्मान सहित प्रशंसा गर्नु भयो ।

संस्थाका सचिब देबी जंग गुरुङ औपचारिकता गरेका कार्यक्रममा संस्थाका सल्लाहकार अर्जुन घलेले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाको हितको निमित्त अहोरात्र कार्यगरेको बिशेष मुल्यांकन गर्दै दीपक गुरुङ र किर्ती घलेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सोहि कार्यक्रममा रूथमान गुरुङ र गुरुङ समुदायलाई नेतृत्व गरि नेपाली गीति संगीतमा उल्लेख्य योगदान पुर्याई आफुलाई एक सफल गायिकाको रुपमा स्थापित गराउन सफल भएकोले गायिका तृष्णा गुरुङ लाई बिशेष सम्मान गरेको थियो ।

https://www.facebook.com/AnitaGurung0529/videos/877067057295538

दोश्रो चरणको मनोरंजन कार्यक्रममा आफ्नै समुदायका गुरुङ कलाकारहरुले बिशेष प्रस्तुती दिएका थिए । मनोरंजन कार्यक्रमलाई सांस्कृतिक कार्यक्रम संयोजक सरोज गुरुङले अनुमती प्रदान गर्दै सुरुवात भएको कार्यक्रमको संचालन माया गुरुङ र शक्ति राज गुरुङ गरेका थिए । संस्कृतिक कार्यक्रममा घाँटु नाच, तमु गीत नृत्य तथा नेपाली गीतमा प्रस्तुती राखेका थिए ।

संस्कृतिक कार्यक्रमका नृत्यको कोरियोग्राफी बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई र गौरी लामाले गर्नु भएको थियो ।

गत वर्ष तमु परिवारले कृष्ण चरित्र नाच लाईभ प्रस्तुत गरेकोमा यस वर्ष लाईभ घाँटु नाच प्रस्तुत गरेको थियो । घाँटु सरीहरू सोफिया गुरुङ र आइरिस घले अमेरिकामै जन्मिएर पनि आफ्नो मौलिक संस्कार र संस्कृति प्रती रुची देखाऊँदा अभिभावक हरु पनि हर्सित् भएको घाँटु गरुले बताऊँनु भयो ।

संभवत संयुक्त राज्य संघ अमेरिकामा लाईभ कृष्ण चरित्र र घाँटु नाच प्रस्तुत गर्ने पहिलो संस्था हुनु पर्छ ।

उक्त लाईभ घाँटु नाचमा घाँटु गुरु लाल बहादुर गुरुङ, संस्थापक घाँटु गुरुआमा तथा तमुपरिवारको आजिवन सदस्य चिनु घले, गुरुआमाहरु लाल माया गुरुङ, चन्द्र काशी गुरुङ, ज्ञानु गुरुङ घाँटुसरी सोफिया गुरुङ, आईरिस घले बाध्यवादन तथा गायनमा मनित गुरुङ, प्रेम गुरुङ र अन्य साथी हरुले घाँटु गुरुलाई साथ दिनु भएको थियो भने कार्यक्रममा त्रिशूल घले, राजेन्द्र गुरुङ, लाहुरे कान्छा (अर्जुन), मनित गुरुङ, ज्योति गुरुङ र तृष्णा गुरुङले गीत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष तथा तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुङले कार्यक्रममा पाल्नु भएका सम्पुर्ण पाहुना, सघाउ पुर्याउनु भएका सम्पुर्ण सहयोगीहरु, स्वयंसेवकहरु, आयोजक समितीका सदस्यहरु र कलाकारहरुलाई धन्यवाद ब्यक्त गर्नु भएकी थिईन् ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Feature

भक्तपुरको सबैभन्दा चर्चित अधुरो भवन

Published

on

भक्तपुरको मध्यपुर थिमि–राधे राधे चोकमा रहेको अग्लो र अधुरो भवन धेरै वर्षदेखि स्थानीय तथा यात्रुहरूको चासोको विषय बनेको छ।

अरनिको राजमार्गबाट सजिलै देखिने यो भवन करिब १७ तला अग्लो छ र भक्तपुर क्षेत्रकै एक प्रमुख चिनारीजस्तै बनेको छ।

सुरुमा यस भवनलाई अत्याधुनिक लक्जरी होटलका रूपमा सञ्चालन गर्ने योजना बनाइएको थियो। होटलसँगै व्यापारिक कम्प्लेक्स र कार्यालयहरू पनि राख्ने लक्ष्य थियो। धेरै मानिसले यो भवन भारतीय अभिनेता गोविन्दाको भएको भन्ने विश्वास गरे पनि त्यो सत्य होइन।

DCIM\107MEDIA\DJI_0049.JPG

गोविन्दा एक पटक भवन अवलोकनका लागि आएका कारण यस्तो हल्ला फैलिएको हो। वास्तवमा यो परियोजना नेपाली व्यावसायिक समूह शौरभ ग्रुप तथा अन्य लगानीकर्तासँग सम्बन्धित रहेको बताइन्छ।

निर्माण कार्य सन् २०१७ तिरबाट रोकिएको मानिन्छ। विदेशी लगानी, लगानीकर्ताबीचको विवाद, कानुनी प्रक्रिया तथा आर्थिक व्यवस्थापनका समस्या जस्ता कारणले काम अघि बढ्न नसकेको बताइन्छ।

साथै, यति ठूलो संरचना निर्माण गर्दा आवश्यक पर्ने केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाले पनि परियोजना प्रभावित भएको चर्चा छ।

वर्षौंदेखि अधुरो अवस्थामा रहेको यो भवनको सुरक्षाबारे पनि चिन्ता व्यक्त हुँदै आएको छ। झ्याल–ढोका नलागेको र खुला अवस्थामा रहेको संरचना घाम, पानी र मौसमको असरमा परिरहेको छ।

स्थानीयवासी तथा प्राविधिकहरूका अनुसार यसको नियमित परीक्षण र उचित व्यवस्थापन आवश्यक छ। सांस्कृतिक सम्पदाले चिनिएको भक्तपुरमा यो अधुरो भवन अहिले पनि रहस्य र चासोको विषय बनेको छ।

Continue Reading

entertainment

गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ

Published

on

गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा दुई जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।

सुधन यसअघि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो। उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्।

महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका थिए। 

Continue Reading

entertainment

‘सियोधागो’मा दलित आन्दोलन र संघर्षका कथा

Published

on

युवा दलित अधिकारकर्मी प्रदीप परियार द्वारा लिखित पुस्तक ‘सियोधागो’ गत बिहीबार काठमाडौंमा लोकार्पण गरिएको छ।

फाइन प्रिन्ट द्वारा प्रकाशित उक्त पुस्तकमा सामाजिक न्याय र दलित अधिकारका लागि गरिएको आन्दोलनका क्रममा लेखकले भोगेका संघर्ष, अनुभव तथा जीवनका विभिन्न आरोह–अवरोह समेटिएका छन्।

‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८३’ को अवसरमा आयोजित कार्यक्रममा लेखक परियारले पुस्तकको अंश वाचन गर्दै आफ्ना हजुरबुवाले भोगेको बालीप्रथासम्बन्धी अनुभव सुनाएका थिए।

कार्यक्रममा कलाकार किरण नेपाली ले सांगीतिक प्रस्तुति दिएका थिए भने जातीय विभेदसम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

पुस्तकले दलित समुदायको संघर्ष, सामाजिक विभेदविरुद्धको आवाज र समानताका लागि भएका आन्दोलनका अनुभवलाई पाठकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com